District Administration Office Dailekh

District Administration Office Dailekh This is the authorized page by District Administration Office Dailekh, Nepal.

दैलेख जिल्लाको संक्षिप्त परिचय

दैलेख जिल्ला नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलको एक जिल्ला हो । यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो । यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा मनमोहक महावुलेक, दक्षिण र पश्चिममा कर्ण

ाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला, शीरस्थान, नाभिस्थान, पादुका, कोटीला, धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पञ्चकोशी तीर्थस्थलका नामले प्रसिद्ध क्षेत्रहरू रहेका छन् । भैगोलिक रूपमा विकट रहेता पनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ ।

भौगोलिक अवस्थिति

अक्षांस: २८.३५ डिग्री देखि २९.८ डिग्री उत्तर
देशान्तर: ८१.२५ डिग्री देखि ८१.५३ डिग्री पूर्वमा
सिमाना: पूर्व जाजरकोट, पश्चिम अछाम, उत्तर कालिकोट, दक्षिण सुर्खेत जिल्ला
क्षेत्रफल: १५०२ वर्ग कि.मि. (देशको कुल भूभागको १.०२%)
होचो भाग: समुद्र सतहबाट ५४४ मिटर (तल्लो डुङ्गेश्वर)
अग्लो भाग: ४१६८ मिटर (महाबुलेक)

भूगोल

राजनैतिक हिसावले यस जिल्लालाई ५५ गा.वि.स., १ नगरपालिका, २ निर्वाचन क्षेत्र र ११ वटा इलाकाहरूमा विभाजित गरिएको छ:- नदी तटदेखि हिमालयसम्म फैलिएको यहाँको धरातलीय स्वरूपलाई निम्न लिखित ३ भागमा विभाजित गर्न सकिन्छ ।
नदी निर्मित तट (५४४–१०००मि.),
मध्य पहाडी क्षेत्र (१०००–२१००मि.)
महाभारत श्रृंखला एवं पर्वतीय भूभाग (२१००मि. भन्दा माथि)

यी धरातलीय स्वरूपहरूले जिल्लाको क्रमसः करिव १०%, ३७%, र ५३% भूभाग ओगटेका छन् । मध्य पहाडी क्षेत्रमा जिल्लाको ८५% भन्दा बढी जनसंख्या एवं बस्ती केन्द्रित छ ।

प्रशासनिक विभाजन
निर्वाचन क्षेत्र संख्या = २
इलाका क्षेत्र संख्या = ११

Address

Dailekh

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when District Administration Office Dailekh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Administration Office Dailekh:

Share