22/05/2026
कोरियामा करिब ११ वर्ष काम गरेको अनुभव गुराँस गाउँपालिका दैलेखमा प्रयोग गर्छु भनेर जोश बोक्नुभएका एक कृषि उद्यमी काे फिल्डमा उहाँलाई हौसला दिन कृषि अधिकृत निर्मल भुसाल आज गुराँस गाउँपालिका वार्ड नं ५ जिल्लानेको एक कृषि फर्ममा पुग्नुभएको छ। कृषि उद्यमी भीम घिमिरे व्यावसायिक किवी खेती गर्ने उद्देश्य ले २३० बोट किवी लगाउनु भएको छ जहाँ किवीकाे बिरुवा नीकै राम्राे संग हुर्किएको छ। किविका साथै उहाँले ठूलो मात्रामा आलु बन्दा तथा अकबरे खुर्सानीकाे समेत खेती विस्तार गर्नुभएको छ। गुँरास गाउँ पालिका बाट आगामी आर्थिक वर्षमा उहाँको कृषि व्यवसायमा केही प्रविधि( technology )सहयोग गर्ने गरी कृषि शाखाले कार्यक्रम अगाडि बढाउने सोच बनाएको छ त्यसले गर्दा उहाँलाई नीकै राम्राे उत्प्रेरणा समेत मिल्ने जसले पालिकाको कृषिमा समेत टेवा पुग्ने देखिएको छ। उहाँलाई गुँरास गाउँपालिकाकाे तर्फबाट व्यावसायिक सफलताको लागि धेरै धेरै शुभकामना। जय कृषि 🙏🏻