05/03/2026
आदरणीय डडेल्धुरावासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,
आज फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरा बासीले जुन उत्साह र सक्रियताका साथ सहभागिता जनाउनुभयो, त्यसले हाम्रो लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धतालाई पुनः एकपटक गौरवमय रूपमा अभिव्यक्त गरेको छ।
निर्वाचनको यो महाकुम्भमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण डडेल्धुरावासी का प्रती हार्दिक सम्मान सहित कृतज्ञता व्यक्त गर्दछौ। डडेल्धुरा बासीको यो सक्रिय उपस्थितिले एकातिर लोकतान्त्रिक प्रणालीप्रतिको गहिरो विश्वासलाई थप पुष्टि गरेको छ ।
समग्रमा शान्तिपूर्ण र सभ्य वातावरणमा निर्वाचन सम्पन्न गराउन अहोरात्र खटिनुहुने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी मित्रहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। यहाँहरूको कर्तव्यपरायणताले नै लोकतन्त्रको जग बलियो भएको छ।
जसले स्वतन्त्रता समानता लोकतन्त्र को रक्षा र बिकास तथा समृद्धि जग अझै बलियो बनेको छ।
पुनः एकपटक, लोकतन्त्रको यो उत्सवलाई सफल बनाउनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
जय नेपाल !
भीमबहादुर साउँद
सभापति
नेपाली कांग्रेस
डडेल्धुरा