जिल्ला समन्वय समिति, सिन्धुपाल्चोक

  • Home
  • Nepal
  • Chautara
  • जिल्ला समन्वय समिति, सिन्धुपाल्चोक

जिल्ला समन्वय समिति, सिन्धुपाल्चोक यो जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आधिकारिक पेज हो |
This is the Official Page of District Coordination Committee, Sindhupalchowk.

नेपालको कुल क्षेत्रफल मध्ये १.७३% भू-भाग ओगटेको सिन्धुपाल्चोक जिल्ला मध्यमाञ्चल विकास क्षेत्रको १९ वटा जिल्लाहरु मध्ये क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो (२५४२ वर्ग कि.मि.) जिल्ला हो । यस जिल्लाको क्षेत्रफल २५४२ वर्ग मि.मि. रहेको छ । विश्व मानचित्रमा २७.२७ डिग्री देखि २८.१३ डिग्री उत्तरी अक्षांश र ८५.२७ डिग्री देखि ८६.०६ डिग्री पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ । यस जिल्लाको पूर्वमा मित्र राष्ट्र

चीनको स्वशासित क्षेत्र तिव्वत र दोलखा जिल्ला रहेको छ । दक्षिणमा काभ्रेपलाञ्चोक र रामेछाप जिल्ला, पश्चिममा काठमाडौं र नुवाकोट जिल्लालाई छोएको छ भने उत्तर तर्फ रसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको छ । सदरमुकाम चौतारा समुद्री सतहबाट १४१८ मिटरको उचाईमा अवस्थित छ । जिल्लाको पुर्व पश्चिम तर्फो औसत चौर्डाई ४९.३८ कि.मि. र उत्तर दक्षिण तर्फो औसत लम्बाई ५३.०६ कि.मि. रहेको छ ।

सिन्धुपाल्चोक जिल्ला प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले अधिराज्यका उत्कृष्ठ जिल्लाहरुको दाँजोमा आउँदछ । यस जिल्लाका प्रमुख प्राकृतिक विशेषताहरुमा जलश्रोत, जङ्गल र हिमाली टाकुराहरु प्रमुख हुन् । तातोपानी धारा, बञ्जीजम्प र हेलम्बु लगायतका सु-विख्यात पर्यटकीय स्थलहरुको उपस्थितिले जिल्लाको पहिचानलाई देश भित्र र देश बाहिर समेत उजिल्याएको छ । जिल्लाको उत्तरमा रहेको चर्चित भन्सार विन्दु तातोपानी यसै जिल्लामा पर्दछ । कोदारी राजमार्ग मुलुकका लागि प्रमुख पारवहन मार्ग हो भने जिल्लाका निम्ति गौरव गर्ने विषय वनेको छ ।

जिल्लाको कुल भू-भाग मध्ये लाङटाङ राष्ट्रिय निकुञ्जले करिब एक चौथाई भूभाग ओगटेको छ । शिवपुरी राष्ट्रिय निकुञ्जको सानो क्षेत्र समेत यस जिल्लामा पर्दछ । लाङपोघ्याङ (२३२३८ फिट) जिल्लाकै सबभन्दा अग्लो टाकुरा हो भने साँगाचोक गा.वि.स. स्थित माझीगाउँ र बिन्दीटार आसपास सुनकोशी नदीतटमा सबभन्दा होचो -२४५० फिट) भूसतह रहेको छ । भोटेकोशी, सुनकोशी, इन्द्रावती, बलेफी, मेलम्ची, सिन्धुखोला, हाँडीखोला, झयाँडीखोला, महादेवखोला आदि यहाँका प्रमुख नदीनाला तथा खोलाहरु हुन् ।

Address

Chautara Municipality
Chautara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97711620102

Alerts

Be the first to know and let us send you an email when जिल्ला समन्वय समिति, सिन्धुपाल्चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला समन्वय समिति, सिन्धुपाल्चोक:

Share