DPO JHAPA, NEPAL

DPO JHAPA, NEPAL Welcome to District Police Office, Jhapa Offcial page, For Emergencies, Dial 100 For Police Support.
(1)

"सत्य सेवा सुरक्षणम् "
अपराधरहित समाजको सुनिश्चितता, नेपाल प्रहरीको प्रतिबद्धता, समाजमा शान्ति सुरक्षा कायम राखि जनताको जीउधनको सुरक्षा, अमन, चयन, अपराध रोकथाम, नियन्‍त्रण गरी स्वच्छ, समृद्ध, समुन्नत र अपराधरहित समाज निर्माण र झन्झटरहित प्रहरी सेवा प्रबाहमा जिल्ला प्रहरी कार्यालय सदैब कटिबद्ध रहने छ ।

02/06/2026
धन्यावाद तथा शुभकामना कार्यक्रम सम्पन्नः **********जेठ १८, जिल्ला प्रहरी कार्यालय झापा ।          नेपाल प्रहरी प्रधान का...
01/06/2026

धन्यावाद तथा शुभकामना कार्यक्रम सम्पन्नः
**********
जेठ १८, जिल्ला प्रहरी कार्यालय झापा ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.न.७०८६ मिति २०८३।०२।०१ गतेको पत्रले जिल्ला प्रहरी कार्यालय, झापाबाट काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्ज सरुवा भएका प्रहरी नायव उपरीक्षक श्री खगेन्द्र बहादुर खड्काज्यूलाई यस कार्यालयबाट आयोजित एक कार्यक्रमका बिच धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
सरुवा भएका प्रहरी नायव उपरीक्षकलाई कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्री बशुन्धरा खड्काज्युले धन्यवाद सहित आगामी दिनको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

शंकाष्पद अवस्थामा फेला परेको महिलाको सव पहिचान कार्यमा सहयोग गरिदिनुहु अनुरोध !
30/05/2026

शंकाष्पद अवस्थामा फेला परेको महिलाको सव पहिचान कार्यमा सहयोग गरिदिनुहु अनुरोध !

सरसफाई कार्यक्रम सम्पन्न :**********जेठ १४, जिल्ला प्रहरी कार्यालय झापा ।           मिति २०८२।०२।१४ गते जिल्ला झापा भद्र...
28/05/2026

सरसफाई कार्यक्रम सम्पन्न :
**********
जेठ १४, जिल्ला प्रहरी कार्यालय झापा ।
मिति २०८२।०२।१४ गते जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ८ रजत चोक एरियामा गणतन्त्र दिवशको अवसरमा जिल्ला समन्वय समिती झापाका प्रमुख विश्वनाथ बरालज्यु र जिल्ला सुरक्षा समिति झापाका प्रमुख तथा सदस्यहरुको उपस्थितिमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
सरसफाई कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालज्युको प्रमुख आतिथ्यता तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालज्यु लगायत जिल्ला स्थितका सुरक्षा निकायहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको उपस्थिति रहेको थियो ।

28/05/2026

बकर ईद (ईद-उल-अज्हा) को हार्दिक शुभकामना !

“प्राकृतिक बिपद व्यवस्थापन सम्बन्धी एकिकृत अभ्यास “मनसुन-६” सम्पन्न :**********जेष्ठ १३, जिल्ला प्रहरी कार्यालय झापा ।  ...
27/05/2026

“प्राकृतिक बिपद व्यवस्थापन सम्बन्धी एकिकृत अभ्यास “मनसुन-६” सम्पन्न :
**********
जेष्ठ १३, जिल्ला प्रहरी कार्यालय झापा ।
मिति २०८३।०२।१३ गते १२:०० बजेबाट जिल्ला झापा मेचिनगर नगरपालिका वडा नं. १३ र १४ स्थित रहेको निचाझोडा सिमसारमा नेपाली सेना , नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी झापा र जिल्ला जनस्वास्थ्य कार्यालय झापाको संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल ज्यूको प्रमुख आतिथ्यमा जिल्ला सुरक्षा समिति झापाका प्रमुख तथा पदाधिकारीहरु, बिभिन्न राजनैतिक दलका सदस्य तथा प्रतिनिधिहरु, पत्रकार, बिभिन्न संघ-सस्थाका सदस्य तथा प्रतिनिधिहरु, NCC संग आबद्द बिभिन्न बिद्यालयका बिधार्थीहरु र स्थानियबासिहरु समेत अ. ४०० जनाको उपस्थितिमा “प्राकृतिक बिपद व्यवस्थापन बाडी र डुवान सम्बन्धी डेमो अभ्यास” सुरु भई ऐ. १३:०० बजे सम्पन्न भएको ।
तस्विरहरु.........

बालबालिकाको हक अधिकार तथा बालबालिका विरुद्ध हुने अपराधको विषयमा सचेतनामूलक कार्यक्रम :जेठ ११, जिल्ला प्रहरी कार्यालय झाप...
25/05/2026

बालबालिकाको हक अधिकार तथा बालबालिका विरुद्ध हुने अपराधको विषयमा सचेतनामूलक कार्यक्रम :
जेठ ११, जिल्ला प्रहरी कार्यालय झापा।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अवधरणा अन्तर्गत आज मिति २०८३।०२।११ गते जिल्ला झापा कचनकवल गाउँपालिका वडा नं ०३ स्थित रहेको श्री मोती माद्यमिक विद्यालयमा कचनकवल गाउँपालिका न्यायिक समितिको आयोजना तथा जिल्ला प्रहरी कार्यालय झापाको सहकार्यमा प्रहरी निरीक्षक दुर्गा बहादुर भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले सोही बिद्यालयमा अध्ययनरत अ. ८० जना विद्यायार्थीहरु लगायत शिक्षक, शिक्षिकाहरुलाई बालबालिकाको हक अधिकार तथा बालबालिका विरुद्ध हुने अपराधको विषयमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको छ ।

धन्यावाद तथा शुभकामना कार्यक्रम सम्पन्नः           नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन श...
23/05/2026

धन्यावाद तथा शुभकामना कार्यक्रम सम्पन्नः
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.न.७०८६ मिति २०८३।०२।०१ गतेको पत्रले इलाका प्रहरी कार्यालय अनारमनी, झापाबाट जिल्ला प्रहरी कार्यालय सिन्धुली सरुवा भएका प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठलाई यस कार्यालयबाट आयोजित एक कार्यक्रमका बिच धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
सरुवा भएका प्रहरी नायव उपरीक्षकलाई कार्यालय प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्का ज्युले धन्यवाद सहित आगामी दिनको सफल्ताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

Address

Jhapa
Chandragadhi
57203

Alerts

Be the first to know and let us send you an email when DPO JHAPA, NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to DPO JHAPA, NEPAL:

Share