19/05/2024
सवैको लागि भरोसा ठूलो शक्ति हो।
हौसला र प्रेरणाले हाम्रो कार्य गति तिव्र बनाउँछ।
पछाडीबाट हात्तीलाई धकेल्ने मान्छेले न त धकेलेर ट्रकमा चढाउन सक्छ,न त उसले हात्ती लड्न लाग्यो भने थाम्न नै सक्छ। तर पनि उसले पछाडी हात लगाई दिदा हात्तीलाई मेरो पछाडी पनि कोही छ भन्ने हौसला मिल्छ र हात्तीको आत्मविश्वास बढ्छ अनि हात्ती ट्रकमा उक्लिन्छ ।
मान्छेलाई पनि यसरी नै हात दिने र हौसला दिने हो भने उसले पनि नसोचेको नतिजा प्राप्त गर्न सक्छ।आपसमा खुट्टा तानातान गर्नु भन्दा एक अर्काको आत्मविश्वास बढाउन यसरी नै हौसला दिने काम गरौ ,एक अर्काको सहयोगी बनौं। 🙏🙏
अहंकार र घमण्ड अनि अनावश्यक आशक्तिले अन्ततः आफैलाइ धोका दिन्छ।।।