Lions Club Of Butwal Elite

Lions Club Of Butwal Elite Lions Club of Butwal Elite

नागपञ्चमीको हार्दिक शुभकामना!
17/08/2026

नागपञ्चमीको हार्दिक शुभकामना!

13/08/2026

Lions Club Of Butwal Elite World youth day Program

🏏 विश्व युवा दिवसको अवसरमा मैत्रीपूर्ण क्रिकेट सम्पन्न! 🎉​आज विश्व युवा दिवसको उपलक्ष्यमा लायन्स क्लब अफ बुटवल इलिटद्वार...
12/08/2026

🏏 विश्व युवा दिवसको अवसरमा मैत्रीपूर्ण क्रिकेट सम्पन्न! 🎉
​आज विश्व युवा दिवसको उपलक्ष्यमा लायन्स क्लब अफ बुटवल इलिटद्वारा आयोजित मैत्रीपूर्ण क्रिकेट खेल भव्यताका साथ सम्पन्न भएको छ। यस कार्यक्रमले क्लबका सदस्यहरूबीच आत्मीयता बढाउन ठूलो भूमिका खेलेको छ।
​प्रमुख अतिथि AOG लायन कृष्ण पाण्डेज्यूको उपस्थितिमा सम्पन्न यस कार्यक्रमको उत्कृष्ट व्यवस्थापन संयोजक लायन सुदिप खरेलले गर्नुभएको थियो। कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्नुहुने लायन सुदिप खरेल र लायन सुरेश थापाज्यूलाई विशेष धन्यवाद! 🙏
​🏆 खेलको नतिजा:
इलिट 'ए' र इलिट 'बी' बीच भएको कडा प्रतिस्पर्धामा, क्याप्टेन लायन सुरेश थापाको नेतृत्वमा रहेको इलिट 'बी' ले सानदार जित हासिल गरेको छ। विजेता टिमलाई हार्दिक बधाई! 🎊
​कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट 325P अन्तर्गत जोन ९ का लायन्स क्लब अफ बुटवल सिटी र लायन्स क्लब अफ बुटवल साउथका सदस्यहरूको उत्साहजनक सहभागिताले कार्यक्रम थप रोमाञ्चक बन्यो। सम्पूर्ण उपस्थित लायन मित्रहरूमा हार्दिक आभार!

Happy International Youth Day
12/08/2026

Happy International Youth Day

09/08/2026
आज Lions Club of Butwal Elite को सानो समाज सेवाको काम
07/08/2026

आज Lions Club of Butwal Elite को सानो समाज सेवाको काम

🙏 केही सानो सहयोगको प्रयास 🙏मानवीय सेवाको भावनासहित रुपन्देही दृष्टिविहीन संरक्षण केन्द्र, बेलबास मा भोजन तथा खाद्यान्न ...
07/08/2026

🙏 केही सानो सहयोगको प्रयास 🙏

मानवीय सेवाको भावनासहित रुपन्देही दृष्टिविहीन संरक्षण केन्द्र, बेलबास मा भोजन तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

आफ्नो क्षमता र समयअनुसार गरिएको सानो सहयोगले पनि कसैको अनुहारमा खुसी ल्याउन सक्छ भन्ने विश्वासका साथ यो कार्यक्रम आयोजना गरिएको हो। सेवा नै मानवताको सबैभन्दा ठूलो धर्म हो भन्ने भावनालाई आत्मसात् गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ।

यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरू, सदस्यहरू तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏❤️

कार्यक्रम:
🍚 भोजन तथा खाद्यान्न वितरण कार्यक्रम
📍 रुपन्देही दृष्टिविहीन संरक्षण केन्द्र, बेलबास

लायन्स क्लब अफ बुटवल ईलिटद्वारा प्रतीक्षालय निर्माण तथा वातावरणमैत्री झोला वितरण
03/08/2026

लायन्स क्लब अफ बुटवल ईलिटद्वारा प्रतीक्षालय निर्माण तथा वातावरणमैत्री झोला वितरण

बुटवल–१७ । लायन्स क्लब अफ बुटवल ईलिटले तिलोत्तमा नगरपालिका–२, शंकरनगर चोकमा सार्वजनिक प्रयोगका लागि प्रतीक्षाल...

तपाईंको जीवन सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् समाजसेवा र मानवीय सेवाप्रतिको तपाईंको समर्पण अझ उर्जाशील र प्रेरणाद...
02/08/2026

तपाईंको जीवन सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् समाजसेवा र मानवीय सेवाप्रतिको तपाईंको समर्पण अझ उर्जाशील र प्रेरणादायी बनिरहोस् भन्ने शुभेच्छा सहित लायन सागर खनाल ज्यूलाई जन्मदिनको शुभकामना ।

Address

Yogikuti,Butwal
Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club Of Butwal Elite posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category