08/09/2026
१५ औं महाधिवेशनको कार्यतालिका
१. गाउँ-नगर वडा अधिवेशन २०८३ असोज ३ गते शनिवार र ४ गते आइतवार (स्थानीय अनुकूलता अनुसार तय गरी सम्पन्न गर्ने)
• ६७४३ वटै वडामा अधिवेशन
• वडा कार्यसमितिको निर्वाचन
• क्षेत्रीय प्रतिनिधि चयन
२. गाउँ-नगरपालिका अधिवेशन २०८३ असोज ७ गते वुधवार
३. प्रदेश सभा क्षेत्रीय अधिवेशन/प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०८३ असोज १० गते शनिवार
४. केन्द्रीय महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते
• बाढी प्रभावित रसुवा, नुवाकोट र धादिंग जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसंगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने ।
• नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशहरूको अधिवेशन २०८३ असोज १० गतेभित्र सम्पन्न गर्ने ।
• जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समयतालिका दोस्रो चरणमा प्रकाशित गरिनेछ ।
Gagan Thapa