राष्ट्रिय स्वतन्त्र पार्टी बिरगंज

  • Home
  • Nepal
  • Birgunj
  • राष्ट्रिय स्वतन्त्र पार्टी बिरगंज

राष्ट्रिय स्वतन्त्र पार्टी बिरगंज देश र जनताको लागि सधै साथ दिने छ

28/08/2026

वीरगन्ज हेल्थकेयरले प्रधानमन्त्री दैवीप्रकोप राहतकाेषमा सहयाेग गरेपछि सांसद हरि पन्तले दिए धन्यवाद !

#पर्सा #हरिपन्त

🕊️ हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना 🙏प्रतिनिधिसभाका माननीय सांसद श्री टेकबहादुर शाक्यज्यूका पूजनीय पिता रामबहादुर ...
28/08/2026

🕊️ हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना 🙏

प्रतिनिधिसभाका माननीय सांसद श्री टेकबहादुर शाक्यज्यूका पूजनीय पिता रामबहादुर शाक्यज्यूको १०० वर्षको उमेरमा आज भएको दुःखद निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छु।

उहाँको निधनसँगै माननीय सांसद श्री टेकबहादुर शाक्यज्यू तथा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा पितृशोक पर्न गएकोमा गहिरो दुःख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गर्दछौँ।

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा यो अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौँ।

दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। 🙏

🇳🇵 राष्ट्रिय स्वतन्त्र पार्टी

क्षेत्र नं. ४ परिवार

भोटेकोसीमा आएको बाढीको कारण भएको ठुलो जनधनको क्षतिप्रती गहिरो  दु:ख प्रकट गर्दै बिरगंज हेल्थ केयर हस्पिटल प्रालिका तर्फब...
28/08/2026

भोटेकोसीमा आएको बाढीको कारण भएको ठुलो जनधनको क्षतिप्रती गहिरो दु:ख प्रकट गर्दै बिरगंज हेल्थ केयर हस्पिटल प्रालिका तर्फबाट डा. अबुलेस अन्सारिज्युले प्रधानमन्त्री दैबिक प्रकोप उद्दार कोषमा दस लाख रुपैया सहयोग प्रदान गर्नु भएको छ । यस मानविय तथा समाजिक सेवा प्रती उहाँलाई हार्दिक धन्यवाद दिदै उहाँको सहयोग रकम सम्बन्धित खातामा जम्मा गरिने जानकारी गराउदछु।

बाढीपहिरोको त्रास र दुःखका बीच आएको जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वले हामी सबैको जीवनमा रक्षा, सुरक्षा र नयाँ आशाको सञ्च...
28/08/2026

बाढीपहिरोको त्रास र दुःखका बीच आएको जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वले हामी सबैको जीवनमा रक्षा, सुरक्षा र नयाँ आशाको सञ्चार गरोस्। विपद्मा परेकाहरूलाई राहत र सहानुभूति, अनि सम्पूर्णमा जनैपूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना!

27/08/2026

विलासी हेलिकप्टरको साटो गाडी चढेरै बाढी प्रभावित क्षेत्र पुगे प्रधानमन्त्री बालेन

26/08/2026

�� सबैको जानकारीका लागि — रास्वपाको स्थानीय तह उम्मेदवार छनोट प्रक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। उम्मेदवार बन्न इच्छुक व्यक्तिले सम्बन्धित **‘क्यान्डिडेट क्लब’**मार्फत आवेदन दिनुपर्नेछ।

� कुन पदका लागि?
पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष तथा वडाध्यक्ष र वडा सदस्य।

� मुख्य योग्यता
� नेपाली नागरिक
� २१ वर्ष पूरा भएको
� सम्बन्धित पालिका/वडाको मतदाता
� पार्टीको विचार र सिद्धान्तप्रति प्रतिबद्ध
� अन्य दलको सदस्यता त्यागेको
� छनोट प्रक्रियाका सबै चरणमा सहभागी हुन तयार

� सदस्यता अवधि
� रास्वपाको सदस्य बनेको कम्तीमा ४५ दिन
� अन्य दलबाट प्रवेश गरेकालाई कम्तीमा ९० दिन
� विशेष क्षमता, स्वच्छ छवि वा विज्ञता भएका व्यक्तिका लागि **‘ल्याटर इन्ट्री’**को व्यवस्था हुन सक्ने।

� पारदर्शितामा जोड
उम्मेदवारले सम्पत्ति विवरण, प्रहरी रिपोर्ट, शैक्षिक प्रमाणपत्र तथा आफूविरुद्धका कानुनी विवादलगायत आवश्यक विवरण स्पष्ट रूपमा बुझाउनुपर्नेछ। आर्थिक अनियमितता, गम्भीर अपराध वा कानुनविपरीत गतिविधिमा संलग्न व्यक्तिलाई छनोट प्रक्रियाबाट बाहिर राखिनेछ।

� उम्मेदवार छनोटका ४ आधार

� लिडरसिप एकेडेमी — २५%
नेतृत्व क्षमता, नीति, संविधान, स्थानीय शासन तथा व्यवस्थापकीय ज्ञान।

� पलिटिकल प्रोक्सिमिटी — २५%
राजनीतिक/सामाजिक पृष्ठभूमि, जनसम्बन्ध, लोकप्रियता, आचरण, अनुभव तथा चुनाव जित्ने सम्भावना।

� समावेशिता — १०%
लैंगिक, जातीय, भौगोलिक, उमेर, अपाङ्गता तथा सामाजिक–आर्थिक विविधतालाई ध्यान।

� प्रारम्भिक निर्वाचन — ४०%
पार्टी सदस्यहरूले आफूले रोजेको उम्मेदवारलाई मतदान गर्नेछन्। यसलाई सबैभन्दा बढी ४०% अंक दिइएको छ।

� अन्तिम स्कोर
यी चारै चरणबाट प्राप्त अंक जोडेर उम्मेदवारको अन्तिम मूल्यांकन गरिनेछ र पार्टीले अन्तिम स्कोरबोर्ड सार्वजनिक गर्ने बताएको छ।

� आर्थिक लेनदेन, चलखेल र मतदानमा धाँधली निषेध
उम्मेदवार छनोट प्रक्रियामा आर्थिक चलखेल तथा धाँधली भए कडा कारबाही गरिने व्यवस्था गरिएको छ।

� योग्यता • क्षमता • लोकप्रियता • समावेशिता
यिनै आधारमा योग्य उम्मेदवार छनोट गर्ने लक्ष्य।

� जानकारी सबैसम्म पुर्�याऔँ। पोस्ट शेयर गरौँ।

#रास्वपा #राष्ट्रियस्वतन्त्रपार्टी #स्थानीयतहनिर्वाचन #उम्मेदवारछनोट #नेपाल

24/08/2026

आफ्ना बालबालिकालाई माया मात्र होइन, समय दिएर हेरचाह गरौँ।
copied - NEPALPOLICE

मृत्युदण्डको मागमा देखिएको आक्रोशलाई पनि म बुझ्छु । तर नेपालको संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिनेगरि कानुन...
22/08/2026

मृत्युदण्डको मागमा देखिएको आक्रोशलाई पनि म बुझ्छु । तर नेपालको संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिनेगरि कानुन बनाउन निषेध गरेको छ : गृहमन्त्री सुधन गुरुङ
#सुधन #गुरुङ

अत्यन्तै सहज अनि सरल ब्यक्तित्व सम्माननिय  सभामुख श्रद्देय डि पि अर्यालज्युलाइ जन्मदिनको हार्दिक शुभकामना ।।।
22/08/2026

अत्यन्तै सहज अनि सरल ब्यक्तित्व सम्माननिय सभामुख श्रद्देय डि पि अर्यालज्युलाइ जन्मदिनको हार्दिक शुभकामना ।।।

रास्वपा संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनित, जगदीश खरेल प्रवक्ता । सहमहामन्त्रीमा पुरुषोत्तम यादव, कोषाध्यक्षमा ...
21/08/2026

रास्वपा संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनित, जगदीश खरेल प्रवक्ता ।
सहमहामन्त्रीमा पुरुषोत्तम यादव, कोषाध्यक्षमा मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल र सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरी मनोनित भएका छन्।
।। सम्पूर्णलाई धेरै धेरै बधाई तथा शुभकामना ।।

Address

Birgunj/19
Birgunj
0977

Telephone

9779845554945

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी बिरगंज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share