22/09/2025
“Dashain Special Outdoor Futsal Tournament 2082” आयोजक: इटहरा एकता क्लब तथा युथ युनाइटेड इटहराहसन्दह युवा क्लबले आज सम्पन्न खेलमा सिद्धार्थ युवा क्लब, रतुवामाई- ६ विरुद्ध प्रतिस्पर्धा गर्दै ४–१ को अन्तरले पराजय व्यहोर्नु परेको छ।यद्यपि नतिजा प्रतिकूल भए पनि हाम्रा युवा खेलाडीहरूले देखाएको समर्पण, प्रतिबद्धता र उत्कृष्ट प्रदर्शन प्रशंसनीय छ। यसले हाम्रो क्लबको भविष्य उज्ज्वल रहेको स्पष्ट संकेत गरेको छ। तर, यससँगै हामीले उचित प्रशिक्षणको अभाव, दक्ष प्रशिक्षकको न्यूनता तथा सम्बन्धित निकायहरूको बेवास्ता जस्ता गम्भीर चुनौतीहरूलाई पनि अनुभूत गरेका छौँ तसर्थ सबैभन्दा महत्वपूर्ण, उचित खेलमैदानको अभाव – जसको विषयमा सम्बन्धित निकायको ध्यान आवश्यक छ।हसन्दह युवा क्लब दृढ विश्वास गर्दछ—यदि सम्बन्धित निकायहरूले आवश्यक सहयोग, सुविधा र प्राविधिक समर्थन उपलब्ध गराएमा हाम्रा युवा खेलाडीहरूले आगामी दिनमा वडा, नगर, जिल्ला, प्रदेस हुदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत महत्वपूर्ण सफलता हासिल गर्नेछन्। #हसन्दहयुवाक्लव🤝 💛 🌟⚽🔥 ातृभूमि🇳🇵🇳🇵🇳🇵 #जययुवा 🤝💪🌟🇳🇵🔥 #राष्ट्रियनिर्माण🇳🇵🇳🇵 #जयनेपालआमा! 🇳🇵🇳🇵💛