08/07/2025
मन्थन!
सिद्धान्त, पथ, बिचारधार वा वादको विकासका चरण हुन्छन । तत्कालिन समाजको अन्तरविरोध, आवश्यकता, मौलिकता र एतिहासिक घटनाक्रमको श्रृङखलाले बिचारको उदय र स्थायित्वको निर्धारण गर्छ । हरेक शताब्दीले पुरानो बिचारको पुनर्लेखन वा शृजनसिल बिकासको अपेक्षा राख्दछ । यो बैज्ञानिक छ, बस्तुसंगत छ ।
हामीले तत्कालीन अवास्थामा समाजको मनोबिज्ञान बुझ्यौ कि बुझेनौ ? समाजको वर्तमानको आवश्यकताको सम्बोधन गर्यौ कि गरेनौ? वा भनौ हाम्रो आचारण र व्यभार हामीले अंगिकार गरेको बिचार अनुरुप छ कि छैन भन्ने प्रधान कुरा हो ।
बिश्व कम्युनिष्ट आन्दोलनमा कमरेड मदनद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको बिशिस्ट महत्व छ । सोभियत संघको बिघटन पश्चात् एकमाना भएको अझ भनौ रक्षात्मक अवस्थामा पुगेको क्रातिकारी धारलाई पुनर्जीवन दिन सफल जवज २१ औं शताब्दीमा मार्क्सवादको शृजनसिल बिकास हो भन्ने कुराको पुष्टि बहुदलवाद नमान्ने कम्युनिष्टलाई लोकतान्त्रिक अभ्यास मार्फत प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै समाजवादमा पुग्ने कार्यदिशामा पुर्याउनुले नै सिद्ध गर्दछ ।
कम्युनिष्ट व्यत्तिपुजक अवस्य होइनन् तर बिचारको बिकासका प्रणेतालाई सम्मान गर्छन, आदर्श मान्छन त्यही भएर मार्क्सले प्रतिपादन गरेको सिधाान्तलाई मार्क्सवाद र लेनिनले प्रतिपादन गरेको सिधाान्तलाई लेनिनवाद भन्छन । कमरेड मदनले जवजलाई मदनपथ, मदन बिचारधारा वा मदनवाद नामाकरण गरेनन् तर त्यसो भन्दैमा जवजको प्रणेता मदन होइन्न भन्ने बुझाई गलत हो, इतिहासको अवमुल्यन हो र मदनको योगदान प्रती अपमान हो ।
व्यत्तीगत कुण्ठा र महत्वाकांक्षा क्षणिक हो मुल त बिचार हो ।
अन्तिममा:
"सिद्धान्तको लागि जिवन होईन, जिवनको लागि सिद्धान्त हो ।"
अस्तु: