Biratnagar Metropolitan City

Biratnagar Metropolitan City Unofficial Page of Biratnagar Metropolitan City Official Page of Biratnagar Metropolitan City

21/09/2024
दु:खद खबर विराटनगर महानगरपालिका वडा नम्बर ३ मा कार्यरत कर्मचारी मनोजकुमार विश्वासको माेटरसाइकल दुर्घटना परी घटनास्थलमै न...
06/02/2024

दु:खद खबर
विराटनगर महानगरपालिका वडा नम्बर ३ मा कार्यरत कर्मचारी मनोजकुमार विश्वासको माेटरसाइकल दुर्घटना परी घटनास्थलमै निधन भएको छ । यस दुखद घडीमा मृतात्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।.............
विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब २८ करोड ५० लाखविराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/२०८१ का लागि तीन अर्ब...
26/06/2023

विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब २८ करोड ५० लाख

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/२०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरपालिकाका उपप्रमुख शिल्ला निराला कार्कीले आइतबार नगरसभामा कुल व्यय, मुख्य कार्यक्रम र स्रोत व्यवस्थापनका लागि अनुमानित बजेट प्रस्तुत गरेकी हुन्।

आगामी वर्षका लागि महानगरपालिकाले चालु खर्चतर्फ १ अर्ब ५९ करोड ८३ लाख २५ हजार र पूँजीगत खर्चतर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार बजेट प्रस्तुत गरिन्।

प्रशासनिक खर्चतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार बिनियोजन गरिएको छ ।

यसैगरी सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार, रहेको छ। जसमा स्वास्थ्यतर्फ १३ करोड ६७ लाख, शिक्षातर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण विपद् व्यवस्थापनतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यसैगरी वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगरस्तरीय आयोजनाका लागि २० करोड, बहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमागत योजनाको भुक्तानीका लागि ६५ करोड, सडक मर्मतका लागि १० करोड, सडक बत्तितर्फ १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६५ लाख र समपुरक कोषका लागि २ करोड बिनियोजन गरिएको छ।

व्यय अनुमानलाई खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, बाँडफाँड प्राप्त राजस्वतर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयतर्फ ९९ करोड ५० लाख, जहसहभागितातर्फ १० करोड, आन्तरिक ऋणतर्फ १० करोड, संघसंस्थातर्फ ३ करोड र नगद मौज्दात २ करोड हुने अनुमान गरिएको छ।

विराटनगर महानगरपालिकाले नक्सा पास नगरी बनाइएका पर्खाल भत्काउन सुरु गरेको छ । सडक निर्माणमा समेत अवरोध हुने गरी मापदण्ड म...
23/12/2022

विराटनगर महानगरपालिकाले नक्सा पास नगरी बनाइएका पर्खाल भत्काउन सुरु गरेको छ । सडक निर्माणमा समेत अवरोध हुने गरी मापदण्ड मिचेर बनाइएका पर्खाल पनि महानगरले भत्काएको छ । महानगरले नक्सा पास नगरेका पर्खालको नक्सा पास गर्न भन्दै सूचनासमेत जारी गरिसकेको छ ।

प्रदेश सांसदमा निर्वाचित हुनुभएकोमा विराटनगरका पुर्व मेयर भिम पराजुलीलाई बधाई , अब मुख्य मन्त्रीको लागि तयारी गर्नुहोस् ...
25/11/2022

प्रदेश सांसदमा निर्वाचित हुनुभएकोमा विराटनगरका पुर्व मेयर
भिम पराजुलीलाई बधाई , अब मुख्य मन्त्रीको लागि तयारी गर्नुहोस् !
शुभकामना

06/05/2020

मन्त्रिपरिषद्को बैठकले जारी लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को ब...

24/08/2019

आज विराटनगरमा भगवान श्री राधाकृष्णको रथ यात्रा निस्किदै छ । अपरान्ह ३:३० बजे निकालिने राधाकृष्णको रथयात्राका ला....

10/07/2019

विराटनगरसहित पुर्वका बिभिन्न स्थान र देशको मध्य र पश्चिमी भागमा आज विहान देखि पानी परिरहेको छ । सूर्योदय नहुँदै .....

Address

Main Road (North)
Biratnagar
56700

Website

Alerts

Be the first to know and let us send you an email when Biratnagar Metropolitan City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category