मैनवत्ति साहित्य

मैनवत्ति साहित्य Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मैनवत्ति साहित्य, City Hall, Roadshesh Chowk, Biratnagar.

हमत बिक गेलियै दहेज मे
13/12/2019

हमत बिक गेलियै दहेज मे

19/09/2016

आयु कस्ले पो देखेको छर
सोर्ग या नर्क कस्ले पो देखेको छर
जिउनु त छ यो जिवन
मृत्यु कस्ले पो देखे छर

13/08/2015

एउटा गजल लेख भन्थीयौ
अरूका नीमती हइन
केवल मैरै लागी लेख भन्थीयौ
हरेक शबदमा म मात्र समाउ नी भन्थीयौ
लेखनमा केही डीलाई भएकैहो म बाट
शबद खोजन गार्हो भयो म बाट
अनी जब तीमी टाडीयौ
शबद नी भेटीयो
गजल नी लेखीयौ
तर गजलको भाब बुझने
र सुनी दीने
ति साथहरू नी मेटीयो ॥

Coordinator Bijay Mandal lighting a candle before event.
22/11/2014

Coordinator Bijay Mandal lighting a candle before event.

14/11/2014

लामो समय पछी पुन: मैनवत्ति साहित्यको शृखंला चल्दैछ युथ फर ब्लड विराटनगरको कार्यालयमा । आज झापाका केहि युवा श्रष्टाहरुको सहभागीता पनि रहेको छ ।
यो शृखंला हरेक साताको शुक्रबार ४:३० बजे देखि सञ्चालन हुनेछ ।
थप जानकारीका लागि ९८४२२९९५२७

13/11/2014

के तपाईलाइ साहित्य मनपर्छ ? यदि मनपर्छ भने र तपाई गीत , गजल ,कविता , मुक्तक, रुवाई आदि केहि लेख्नुहुन्छ र वाचन गर्न मञ्च खोज्दैहुनुहुन्छ भने तँपाइको खोज्ने क्रम समाप्त भएको छ किनभने अब विराटनगरमा हरेक शुक्रवार वेलुकी ४:३० बजे देखि ६ बजेसम्म यूथ फर ब्लडको कार्यलयमा मैनवत्ति साहित्य साँझ हुदैछ ।
यदि तपाई पनि हामीसंग जोडिन चाहनुहुन्छ भने नम्बर ९८४२२९९५२७ मा सम्पर्क गर्न सक्नु हुनेछ साथै थप अन्य जानकारीका लागि www.facebook.com/mainbattisahityaमा पनि हेर्न सक्नु हुनेछ ।
भोलिको मिति 2071-07-28 देखि सुरु हुदैछ — at youthforblood
Youth for Blood

20/10/2014

पर्देशमा म
अफु देखि टाडा भएर आँखा चिम्मगर्छु
अनी देखदछु त्यो देश
त्यो सहर
त्यो गाउ
त्यो घर
अनि त्याह बसेका हरेक बस्तु जुनमा
म बसेको छु र म मा उ सब

छम छम पानी मा धान रोपदै
एक अर्कालाइ हिलो छेपदै
त्यहि नै छु जस्तो
उ र म

कालो बादल झै
आखा भरि रिसिलो पनी बोकी
कम्पन ओटहरुले नजान गुहारदै
गरेको महसुस
गडिको झयाल बाट उतिर हेर्दै
बढदै गएको गडिको दुरि संगै
धुन्धीलो उस्को अनुहार
अझै गाडिको झयालबाट हेरे जस्तो

भरखरै एक बर्ष लागी ताथै ताथै गर्दे
आमाको छेउ उबिएर रुदै गरेको
त्यो रोदन कानमा गुन्जीदै छ
आबत उ स्कुलनी जाने भइसके छरे
मेरो पुन्टे

गोठमा गाई बस्तु भोकले कराउदा
बाले गाई बस्तु संगै गनगन गर्दे
घास खुवाउदै जस्तै उनिहरुपनि
बाको आवाज सुन्न कराइ रहे जस्तो

हजुरबा बिते संगै अन्स भन्डा भए पछि
बाले सम्पतीको नाममा जोडेको हाम्रो
घर
काठको दुइतलै मर्मत नगरेको पनि
बर्षो भइसकेको बर्खामा रातभर
ओडार मुनि लुकेको छण
विहान हुदा सब आ आफना काम संगै
ब्यसत हुन्थै र म रातभरको बर्खाले
विगारेको छानो मिलाउने कोसिस गर्थे
तल पिडिमा बसेर मकैको खोर्सा केलाउदै
आमाले भन्थिन ठुले यो सम्पती तेरैहो
यसमा अन्स लागदैन

सायद घरको छानो जस्ताको भएको
छरे गाउदेखि छ घण्टा हिडे पछि
सदरमुकाममा काकाको पसलको फोन
बाट बाले भन्नु भाथियो

गाउले जिवन पनि कति कस्टकर
याहाको बसाईले होला पृथवि देखिनै
वेगलै
तर पनि म बसेको गाउनै प्यारो
आफनो सहर
आफनो देश
किनकि त्याहा मन छ म छु

मुवाइलको आलाम बजछ
आखा खोलेर मुवाइलको लाइटमा
सिरानि भिजेको रहेछ सायाद
आसुले होला
आलामले विहानको
पाच बजेको संकेत गरि सकेको
रहेछ काममा जाने वेला भई
सकेको रहेछ ।

–बिजय मण्डल
[email protected]


Youth for Blood

25/05/2014

युथ फर ब्लडले आफ्नो स्थापनाको ३ वर्ष सफलताका साथ पुरा गरेको जानकारी गराउन पाउँदा हामी निक्कै हर्षित छौं । २०६८ ज्येष्ठ १४ गते देखि निरन्तर रगत अभावमा रहेका बिरामीहरुका लागि रक्तदाता खोजिदिने अभियानमा जुटेका हामी युवाहरुको अभियान विराटनगरबाट सुरु भइ अहिलेसम्म नेपालको १२ वटा शहरमा सञ्चालित भइरहेको छ । तिन वर्षको अवधिमा हामीले ४ हजार भन्दा धेरै जिवन जोगाइ हजारौ नेपाली अनि भारतबाट उपचार गर्न आएकाहरुको परिवारमा हाँसो छर्ने कार्य गरिसकेकाछौं ।
यहि उत्साहका साथ हामी हाम्रो तेस्रो वार्षिक उत्सव अन्य सहरहरुका साथै युथ फर ब्लडको उद्गमस्थल विराटनगरमा पनि भव्यताका साथ स्थापना समारोह मनाउन गैरहेका छौ र उक्त अवसर पारेर यही बुधबार हाम्रो नियमित कार्यक्रम ‘मैनबत्ति साहित्य’ बार्षिकोत्सब बिशेस बनाउने सोचका साथ तेश्रो बार्षिकोत्सब सुरुवात गर्दैछौ ्र यस कार्यक्रममा यहाँको महत्वपूर्ण उपस्थितिको साथै साहित्य रचनाको कामना गर्दछौ ।
स्थान ः युथ फर ब्लड कार्यलय
रोडषेस चौक विराटनगर
मिति ः २०७१ जेष्ठ १४ बुधबार
समपर्क ः ०२१४७२५५७, ९८४२२९९५२७

16/05/2014

तिम्रो मायाले
जीवन जिउन सिकायो
लडेर उठ्न सिकायो
पुन: हिँड्न सिकायो ।
जीबन उमङ्ग ले छाएको छ।
नयाँ तरङ्ग आएको छ ।
तिमीले, हिँड्ने वाटो सजिलो पारिदिएपछि
तिमीले माँया दिएर सुम्सुम्याएपछि
जीबनमा माया नै माया भरिएको छ|
प्राणमा उर्जा थपिएको छ ।
तिम्रो माया छ र त म छु ।
Ashma Kafley

16/05/2014

मेरा चोटका गितहरुमा

तिम्रो खुसीको संगीत हाली

कोहि गुन्गुनौछ मेरो ओरिपरि

त्यो तिम्रो प्रतिबिब होईन

म भन्न सक्दिन

हिजो भन्दा अलिक बढी

सायद आजभन्दा अलिकति थोरै

दुखेको छ मुटु आहिले पनि



मेरा छातीमा बिझियेका काडाहरु

तिम्र दुर्भाब र अबहेलनाहरु

मेरा मनमा आझ रहेको एउटा झिनो आशा

मायाको एउटा रुप होईन

म भन्न सक्दिन



मेरा बिकराल ढुंगायान जस्ता

पहिरो गएको परिभेश भित्र

कतै तिम्रो कथा बोल्दछ

जो अभिवेक्ति नपाई

संकुचित भएर निसासिरहेको छ

त्यो प्रेमको पहिलो अनुभब हैन

म भन्न सक्दिन



त्यो अनुभूति ,त्यो मौनताको स्पर्स

त्यो स्पर्सको संगीत पुरानो भाको छैन

गर्हुङ्गो हुन्छ मुटु अनायासै हुन्छ सकस

तिमीसंग बिताएका पलहरु आझै धमिलिएको छैन

तिमीलाई पाउने त्यो अब्बेक्त्य चाहना

तिम्रै निम्ति देखेको ति सपनाहरु

त्यो तिमिपर्तीको मोह हैन

म भन्न सक्दिन



एउटा मुटुले केहि सब्द,केहि दुकदुकीबाट

एउटा माला उनेको छ

त्यो अपूर्ण माला छ जो पूर्णताको परखईमा छ

पोखरी बनाएको छ नयनमा पनि झैँ भएर

दृस्टी टोलाएको छ छितिजपारीको एउटा मिलन देखेर

आखाको त्यो टोलाई ,त्यो लट्यई

त्यो बिचिप्तिता,त्यो एकाग्ग्र्ता

तिम्रो मायाको पर्खाई होईन

म भन्न सक्दिन
Ashma Kafley

13/03/2014

के तपाईलाइ साहित्य मनपर्छ ? यदि मनपर्छ भने र तपाई गीत , गजल ,कविता , मुक्तक, रुवाई आदि केहि लेख्नुहुन्छ र वाचन गर्न मञ्च खोज्दैहुनुहुन्छ भने तँपाइको खोज्ने क्रम समाप्त भएको छ किनभने अब विराटनगरमा हरेक शुक्रवार वेलुकी ५ बजे देखि ६ बजेसम्म यूथ फर ब्लडको कार्यलयमा मैनवत्ति साहित्य साँझ हुदैछ ।
यदि तपाई पनि हामीसंग जोडिन चाहनुहुन्छ भने हाम्रो नम्बर रहेको छ ९८४२२९९५२७ साथै हाम्रो फेस बुक पेज पनि रहेकोछ www.facebook.com/mainbattisahitya
भोलिको विष्यबस्तु रहेको छ “रङ्ग (collar) ”

Address

Roadshesh Chowk
Biratnagar
0977

Alerts

Be the first to know and let us send you an email when मैनवत्ति साहित्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category