15/01/2024
जय सनातन संस्कृति
जय परशुराम भगवान
नेपाल मारवाडी ब्राह्मण युवा मंच विराटनगर द्वारा आज मिति २०८०/१०/०१ का दिन मानवसेवा आश्रम विराटनगर मा जाडोयाममा त्यहां रहनुभएका आमा हरु को लागि ६० थान स्वेटर वितरण गरिएको छ। उक्त कार्यक्रममा मंच का अध्यक्ष राहुल शर्मा,राष्ट्रिय मारवाडी युवा संगठन का केन्द्र सदस्य तथा मारवाड़ी युवा मंचका निवर्तमान अध्यक्ष जय शर्मा,कार्यक्रमको संयोजक मंचका उपाअध्यक्ष महेश छंगाणी, मारवाडी ब्राह्मण समाज विराटनगरका महासचिव शिवरतन जोशी र मंच का सदस्य हरु को उपस्थिति रहेको थियो।