Aasha Jha

Aasha Jha आशा झा को फ्यान पेज हो यो । This is me Birendra Kumar Shah.

09/02/2026

जय घण्टी

जनताको विश्वास जित्दै मोरङ–५ मा आशा झावीरेन्द्रकुमार साह बिराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यक...
31/01/2026

जनताको विश्वास जित्दै मोरङ–५ मा आशा झा
वीरेन्द्रकुमार साह
बिराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएकी आशा झाको चुनावी अभियान यतिबेला तीव्र गतिमा अघि बढिरहेको छ। टोलदेखि गाउँ र सहरसम्म दैनिक मतदाता भेटघाटमा सक्रिय रहेकी झा छोटो समयमै मतदातामाझ परिचित अनुहार बन्न सफल भएकी छन्।

घरदैलो कार्यक्रम, सामूहिक छलफल र स्थानीय सरोकारका मुद्दामा केन्द्रित संवादका कारण उनको अभियान प्रभावकारी देखिएको स्थानीय बासिन्दाहरू बताउँछन्। शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई मुख्य एजेन्डा बनाएकी झाले “पुराना शैलीको राजनीतिभन्दा परिणाममुखी काम आवश्यक रहेको” सन्देश दिँदै मत मागिरहेकी छन्।

मतदाताहरूको प्रतिक्रियाले पनि उनको पक्षमा माहोल बन्दै गएको संकेत गर्छ।
“धेरै वर्षदेखि उही अनुहारलाई भोट दियौं, तर परिवर्तन देखेनौं। यसपालि नयाँ सोच भएकालाई मौका दिनुपर्छ भन्ने लागेको छ, त्यसैले घण्टीमै मतदान गर्ने सोच बनाएको छु,” विराटनगरका एक मतदाताले भने।
“उहाँ घरदैलोमा आउँदा ठूला भाषणभन्दा पनि हाम्रो समस्या सुन्नुहुन्छ। यस्तो शैली पहिले कमै देखियो,” रंगेली क्षेत्रका अर्का स्थानीयले प्रतिक्रिया दिए।
“युवापुस्तालाई अवसर दिनुपर्छ भन्ने लाग्छ। आशा झाले विकास र पारदर्शिताको कुरा गर्नुभएको छ, त्यसैले यसपालि घण्टी रोज्ने निर्णयमा पुगेका छौं,” एक महिला मतदाताको भनाइ छ।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार मोरङ–५ मा यसपालि परम्परागत दलहरूबीच मात्र होइन, वैकल्पिक राजनीतिक शक्तिहरूबीच पनि प्रतिस्पर्धा चर्को बन्दै गएको छ। विगतमा स्थापित दलहरूको प्रभाव रहेको यस क्षेत्रमा नयाँ मतदाताको झुकाव निर्णायक बन्न सक्ने आँकलन गरिएको छ।

यही सन्दर्भमा रास्वपाकी उम्मेदवार झाको निरन्तर घरदैलो, प्रत्यक्ष संवाद र मुद्दाकेन्द्रित प्रचारशैलीले उनलाई प्रतिस्पर्धामा बलियो बनाउँदै लगेको देखिन्छ। चुनाव नजिकिँदै जाँदा मतदाताको धारणा अझ स्पष्ट हुने भए पनि हालसम्मको गतिविधि र जनस्तरको प्रतिक्रियाले उनको जितको सम्भावना प्रबल बन्दै गएको संकेत मिलिरहेको छ।

29/01/2026

मोरङ क्षेत्र न-५ को जनताको रोजाई यसपाली घण्टी ।

18/01/2026

Address

Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Aasha Jha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Aasha Jha:

Share

Category