28/06/2020
यस संस्था संकल्प नेपालले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (covid-19) लाई मध्यनजर गर्दै 'कोरोना भाइरस सम्बन्धि ३ दिने जनचेतनामुलक कार्यक्रम' अन्तर्गत आज तेस्रो दिन विराटनगर वार्ड नम्बर ८ स्थित विराटेश्वर वृद्धआश्रममा कार्यक्रम गरिएको छ। उक्त आश्रममा N95 मास्क, सर्जिकल मास्क, सेनिटाईजर, ग्लब्स तथा बुबाआमाहरुलाई बिस्कुट र फ्रुटी समेत वितरण गर्नुका साथै स्वास्थकर्मीबाट कोरोना भाइरसबारे जानकारी गराईएको छ।