31/08/2026
निर्णय
मिति २०८३/०५/१० (२६ अगस्ट २०२६), बुधवार का दिन चीन–नेपाल सीमा अन्तर्गत रसुवा नाकाबाट आएको महाप्रलयकारी बाढीका कारण ले गर्दा रसुवा,नुवाकोट,धाधिग,चितवन,लगायत अन्य क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। उक्त दुःखद प्राकृतिक विपद्मा अधिकांश नेपाली नागरिकका साथै विश्वका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटक तथा नागरिकहरूले समेत ज्यान गुमाउनुपरेको छ। साथै, घाइतेहरूको उपचार तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य भइरहेको अवस्था छ।
यस दुःखद घटनाप्रति नोना कोइराला स्मृति प्रतिष्ठान गहिरो दुःख व्यक्त गर्दछ।
उक्त प्राकृतिक विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, घाइते तथा बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएका व्यक्तिहरूको यथाशीघ्र खोजी भई सुरक्षित रूपमा उद्धार हुन सकून् भन्ने कामना गर्दछौँ।
यस विपद्को घडीमा नेपाल सरकारले उद्धार, राहत, उपचार तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा आफ्नो तर्फबाट कुनै कमी–कमजोरी हुन नदिई प्रभावकारी रूपमा कार्य गरिरहेको छ र आगामी दिनमा पनि यस कार्यलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिनेछ भन्नेमा यस प्रतिष्ठान पूर्ण विश्वस्त रहेको छ।
विपद्को यस विषम परिस्थितिमा सदैव देश र जनताको सेवामा तत्पर रहँदै आएको यस प्रतिष्ठानले आफ्नो सामाजिक तथा नैतिक दायित्वलाई आत्मसात् गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली रुपैयाँ १,००,०००/- (अक्षरेपी एक लाख रुपैयाँ मात्र) सहयोग रकम जम्मा गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको QR कोड तथा खाता नं. ००१००१०५२००२७० (A/C No. 00100105200270) संलग्न गरिएको छ।