Laxminiya Youth Club लक्ष्मिनिया युवा क्लब

  • Home
  • Nepal
  • Biratnagar
  • Laxminiya Youth Club लक्ष्मिनिया युवा क्लब

Laxminiya Youth Club  लक्ष्मिनिया युवा क्लब (1978). It is also affiliated to the rular Municipality. .

Laxminiya Yuwa Club is the first youth club of Jahada Gaupalika established in Asadh 20, 2075 BS with the initiation of a group of youths and representatives from non profit organization (NGOs) working in various fields of youth development. Laxminiya Youth Club is the first Youth club of Jahada Gaupalika established in Asadh 20, 2075 BS with the initiation of a group of youth and representatives from Non-Governmental Organization (NGOs) working in various fields of youth development and their development and right use in the country. It is generally called LYC in short which is an Youth NGOs working in social, environmental and youth volunteer sector in Jahada Rular Municipality, Morang, Nepal, and is registered with the Chief District Office Morang, Government of Nepal as a non-profit making and non-political Non-Governmental Organization as per the Organization Registration Act of 2034 B.S. Laxminiya Youth Club is now working to promote the aims, values and principles of Youth Volunteer and coordinate, activate and foster inter NGOs relationships working for youth development by providing them linkage for different development throughout the kingdom.

14/08/2026

📣सदस्यता खुला सम्बन्धी सूचना📣
लक्ष्मिनिया युवा क्लबमा सदस्यता खुला गरिएको छ। सामाजिक कार्य तथा समाजसेवामा रुचि राख्ने इच्छुक युवाहरूले सदस्य बन्न सम्पर्क गर्नुहोला।
Laxminiya Yuwa Club

🎉 लक्ष्मिनिया युवा क्लब (LYC) को ८औँ वार्षिकोत्सवको हार्दिक शुभकामना! 🎉आज हामी गौरवका साथ हाम्रो संस्थाको ८औँ स्थापना दि...
04/07/2026

🎉 लक्ष्मिनिया युवा क्लब (LYC) को ८औँ वार्षिकोत्सवको हार्दिक शुभकामना! 🎉

आज हामी गौरवका साथ हाम्रो संस्थाको ८औँ स्थापना दिवस मनाइरहेका छौँ। यो यात्रा सम्भव हुनुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, विश्वास र प्रेरणा दिनुहुने सम्पूर्ण संस्थापक सदस्य, पूर्व तथा वर्तमान पदाधिकारी, सदस्य, शुभेच्छुक एवं सम्पूर्ण गाउँवासीप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

विगतका उपलब्धिबाट प्रेरणा लिँदै, अनुभवबाट सिक्दै र नयाँ ऊर्जा तथा दृढ संकल्पका साथ हामी समाज सेवा, युवा सशक्तीकरण र सकारात्मक परिवर्तनको यात्रालाई अझ प्रभावकारी रूपमा निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौँ।

आउनुहोस्, एकताबद्ध भएर समृद्ध, सभ्य र विकसित समाज निर्माणमा हातेमालो गरौँ।

८औँ वार्षिकोत्सवको हार्दिक शुभकामना! 💐❤️

– लक्ष्मिनिया युवा क्लब (LYC) परिवार

हामी युवाहरूलाई NTDs (Neglected Tropical Diseases) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम तथा समुदायमा विद्यमान कलंक (Stig...
06/06/2026

हामी युवाहरूलाई NTDs (Neglected Tropical Diseases) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम तथा समुदायमा विद्यमान कलंक (Stigma) न्यूनीकरण गर्ने उद्देश्यले CBR विराटनगरद्वारा सञ्चालित सङ्कल्प परियोजना अन्तर्गत उपयोगी तथा ज्ञानवर्द्धक तालिम प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

यस कार्यक्रमले NTDs सम्बन्धी हाम्रो ज्ञान, चेतना र समुदायप्रतिको जिम्मेवारीलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। विशेष गरी कार्यक्रमको सफल समन्वय तथा व्यवस्थापन गर्नुभएकोमा पूजा जी प्रति आभार व्यक्त गर्दछौँ।

06/05/2026
लक्ष्मीनिया युवा क्लबको आयोजनामा तथा जहदा गाउँपालिकाको कार्यालयको सहयोगमा सम्पन्न “जहदा कप क्रिकेट टुर्नामेन्ट २०८३” सफल...
04/05/2026

लक्ष्मीनिया युवा क्लबको आयोजनामा तथा जहदा गाउँपालिकाको कार्यालयको सहयोगमा सम्पन्न “जहदा कप क्रिकेट टुर्नामेन्ट २०८३” सफलतापूर्वक समापन भएकोमा हामी अत्यन्त हर्षित छौं।

यस वर्षको प्रतियोगितामा विजेता बन्न सफल धनपालथान–७ तथा उपविजेता बन्न सफल जहदा–७ टिमलाई लक्ष्मीनिया युवा क्लबका तर्फबाट हार्दिक बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गर्दछौं।

यस प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण सहयोग गर्नुहुने जहदा गाउँपालिकाको कार्यालयप्रति तथा विशेषगरी गाउँपालिका अध्यक्ष श्री जितेन्द्र प्रसाद साहज्यू तथा प्रमुख प्रशासकीय अधिकृत श्री रोशन गुप्ता ज्यू प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

फाइनल खेलमा प्रमुख अतिथिको रूपमा उपस्थित भई कार्यक्रमलाई गौरव प्रदान गर्नुहुने जहदा गाउँपालिकाका अध्यक्ष श्री जितेन्द्र प्रसाद साहज्यू, विशिष्ट अतिथिको रूपमा उपस्थित रहनुभएका धनपालथान गाउँपालिकाका अध्यक्ष श्री जिवछ गच्छदारज्यू, साथै जहदा र धनपालथानका विभिन्न वडाका वडा अध्यक्षज्यूहरू, वडा सदस्यज्यूहरू, सम्पूर्ण अतिथिगण, पत्रकार मित्रहरू, खेलाडीहरू, युवा साथीहरू तथा उत्साही दर्शकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

यसैगरी प्रतियोगिता सफल बनाउन अहोरात्र खटिनुहुने अम्पायर, स्कोरर, उद्घोषक तथा स्थानीयवासीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछौं।

अन्त्यमा, यस प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति लक्ष्मीनिया युवा क्लब हार्दिक कृतज्ञता प्रकट गर्दछ। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछौं।

धन्यवाद!

अध्यक्ष
नितेश कुमार साह
लक्ष्मीनिया युवा क्लब

जहदा कप क्रिकेट प्रतियोगिताको आज तय गरिएको फाइनल खेल वर्षाका कारण स्थगित भई अब भोलि अर्थात् २०८३ वैशाख २० गते आइतबार हुन...
02/05/2026

जहदा कप क्रिकेट प्रतियोगिताको आज तय गरिएको फाइनल खेल वर्षाका कारण स्थगित भई अब भोलि अर्थात् २०८३ वैशाख २० गते आइतबार हुने छ।

28/04/2026

Jahada Cup Cricket Tournament 2083 Opening Day Highlights

28/04/2026

पहिलो खेलमा जहदा–२ लाई पराजित गर्दै धनपालथान–७ तथा दोस्रो खेलमा धनपालथान–१ लाई पराजित गर्दै जहदा–३ सेमिफाइनलमा प्रवेश गरेको छ।

28/04/2026

आज देखि क्वार्टर फाइनल खेल सुरु भएको छ। पहिलो खेल जहदा–२ र धनपालथान–७ बीच हुनेछ भने दोस्रो खेल जहदा–३ र धनपालथान–१ बीच हुनेछ।

28/04/2026

हिजोको पहिलो खेलमा जहदा–७ र दोस्रो खेलमा धनपालथान–१ विजयी हुँदै क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।

Address

Biratnagar
56613

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Telephone

+9779819349007

Alerts

Be the first to know and let us send you an email when Laxminiya Youth Club लक्ष्मिनिया युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Laxminiya Youth Club लक्ष्मिनिया युवा क्लब:

Shortcuts

Share