समृद्ध पथरी शनिश्चरे

समृद्ध पथरी शनिश्चरे मेरो देश प्यारो नेपाल 🇳🇵

बालुवाटारबाट 'भागेको'विषयमा KP ओलीले भने- “उसबेला लाक्षा गृहभित्र हालेर पाण्डवहरूलाई ज'लाएर मा'र्न खोजेका थिए। एकतिरबाट ...
12/12/2025

बालुवाटारबाट 'भागेको'विषयमा KP ओलीले भने- “उसबेला लाक्षा गृहभित्र हालेर पाण्डवहरूलाई ज'लाएर मा'र्न खोजेका थिए। एकतिरबाट आ'गो लगाए, उनीहरू अर्कातिरबाट भागे। भागेकै हुन् पाण्डवहरू-काँतर भएर भागेका होइन, बुद्धि पुर्‍याएर भागेका हुन्।

बहादुर भएर हातमा धनुवाण समातेर ‘म ज'ल्छु तर भाग्दिनँ’ भनेको भए उनीहरू ज'ल्थे। ज'ल्न हुँदैनथ्यो। त्यस्ता परिस्थिति आउँदो रहेछ। दुष्टहरूको घेराबन्दी तोड्नुपर्ने रहेछ। त्यस्ता प्रयासलाई असफल पार्नुपर्ने रहेछ-जस्तै पाण्डवले पारेका थिए।

म भदौ २४ गते भागेको होइन, मैले बालुवाटार मात्रै छाडेको हुँ।”

श्रोत: ताजा खबर

Kp Sharma oli saying  “बारा मा होस् कि फारा मा, एमाले लाई हान्छ भने, भाग्ने हैन फर्केर दिने हो । “
21/11/2025

Kp Sharma oli saying “बारा मा होस् कि फारा मा, एमाले लाई हान्छ भने, भाग्ने हैन फर्केर दिने हो । “

कुनै दलप्रतिको आस्था सहजै जन्मिँदैन,वर्षौंको भरोसा, विचार र त्यागबाट जरा गाडिन्छ।कहिलेकाहीँ एउटा तस्बिरलेहजार भाषणलाई जि...
19/11/2025

कुनै दलप्रतिको आस्था सहजै जन्मिँदैन,
वर्षौंको भरोसा, विचार र त्यागबाट जरा गाडिन्छ।

कहिलेकाहीँ एउटा तस्बिरले
हजार भाषणलाई जितिदिन्छ।

छोटो समयमै भब्य रंगशाला निर्माण गरेको भन्दै CAN अध्यक्ष चतुरबहादुर चन्दले केपी ओलीलाई सार्वजनिक रूपमा धन्यवाद दिनुभएको छ...
17/11/2025

छोटो समयमै भब्य रंगशाला निर्माण गरेको भन्दै CAN अध्यक्ष चतुरबहादुर चन्दले केपी ओलीलाई सार्वजनिक रूपमा धन्यवाद दिनुभएको छ। खेल क्षेत्रका लागि यो ऐतिहासिक कदम भएको उनको दाबी रहेको छ।

16/11/2025
एमालेको बाइक र्‍याली इतिहासकै ठुलो हुने ! नेकपा एमाले मोरङले कार्तिक २९ गते आयोजना गर्न लागेको जिल्लाव्यापी मोटरसाइकल र्...
13/11/2025

एमालेको बाइक र्‍याली इतिहासकै ठुलो हुने !
नेकपा एमाले मोरङले कार्तिक २९ गते आयोजना गर्न लागेको जिल्लाव्यापी मोटरसाइकल र्‍यालीलाई अहिलेसम्मकै विशाल प्रदर्शनका रुपमा आयोजना गरिने जनाइएको छ ।
विहीबार युवा संघ मोरङले उर्लाबारीमा कार्यकर्ता भेटघाट गरी मोटरसाइकल र्‍यालीको पुर्व तयारीबारे जानकारी गराएको छ । युवासंघ मोरङका अध्यक्ष प्रवीण घिमिरेले पुर्वी मोरङको मिक्लाजुङ, उर्लाबारी र रतुवामाईबाट बढीभन्दा बढी कार्यकर्ता सहभागी हुन अपिल गर्नुभयो । मिक्लाजुङबाट सुरु हुने र्‍याली उर्लाबारी हुँदै पथरी, लेटाङ र बेलबारी पार गर्दै विराटचोक आइपुग्नेछ । त्यस्तै, रतुवामाईबाट सुरु भएको अर्को र्‍याली सडक मार्ग हुँदै विराटनगरतर्फ प्रस्थान गर्नेछ। दुवै टिम विराटनगरको तीनपैनीमा एकीकृत भएर बजार परिक्रमा गर्ने र अन्त्यमा विराटनगरको महेन्द्रचोकमा पुगेर सभामा परिणत हुने जनाइएको छ । विराटनगर महानगरको टोली भने पुष्पलालचोकबाट प्रस्थान गरी र्‍यालीमा मिसिने बताइएको छ । २९ गतेको मोटरसाइकल र्‍याली यसअघि जिल्लामा कहिल्यै आयोजना नभएको संख्यामा उल्लेख्य हुने घिमिरेले दाबी गर्नुभयो ।
र्‍याली तयारीका क्रममा युवासंघले उर्लाबारीमा सघका पुर्वी मोरङ पालिकाका अध्यक्षहरुसंग समन्वय बैठक गरेको छ । सहभागी युवा अगुवाहरूले र्‍यालीलाई भव्य र अनुशासित बनाउनका लागि उल्लेख्य सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । बैठकमा बोल्दै संघका जिल्ला अध्यक्ष प्रवीण घिमिरेले कुनैपनि व्यवस्था, विधि, प्रक्रिया, जनमतको आधारमा मात्र परिवर्तन हुने भएकाले प्रतिगमन र अराजक गतिविधिको विरोधमा कार्यक्रम तय गरिएको बताउनुभयो । गुण्डागर्दीको भरमा, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड लुटपाट तथा हत्या हिंसाको भरमा एमालेलाई कमजोर पार्ने दिवास्वप्न नदेख्न उहाँले विरोधीहरुलाई चेतावनी दिनुभयो । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भिष्मा रेग्मी, ज्योति चौहान, उर्लाबारी नगर कमिटी उपाध्यक्ष सुरेश शाक्य, सचिव चेतन सिग्देल, युवा संघका केन्द्रिय सदस्य सुवास न्यौपाने, युथ फोर्स मोरङ इञ्चार्ज किशन चाम्लिङ राई, संघका जिल्ला प्रवक्ता मनोज दाहाल, सहसचिव इन्द्र श्रेष्ठ, रिटर्नी फेडेरेशन मोरङ अध्यक्ष इन्द्र दाहाल, युवा संघ मिक्लाजुङका अध्यक्ष सन्तोष खम्बुसहित विभिन्न तहमा रहेका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।
युवासंघ उर्लाबारी अध्यक्ष नितम चौहानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

11/11/2025

नेकपा एमाले पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा वृहत जनसभा सम्पन्न भएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिकामा  नेकपा एमालेले बृहत जनसभाको आयोजना गरेको छ।आज मंगलबार दिउँसो पथरी शनिश्चरे नगर कमिटीको ...
11/11/2025

मोरङको पथरी शनिश्चरे नगरपालिकामा नेकपा एमालेले बृहत जनसभाको आयोजना गरेको छ।
आज मंगलबार दिउँसो पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा उक्त जनसभा आयोजना गरेको हो।
एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा आयोजित जनसभा र्याली अन्तर्गत र्याली वडा नम्बर १ को मन्दिर लाइनदेखि सुरु भई बुद्धचोक - लोकतान्त्रिक चोक - सब्जी लाइन हुँदै रत्नचोकमा आएर कोणसभामा परिणत भएको छ। विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना भएको थियो।
उक्त र्‍यालीमा नेकपा एमाले जिन्दाबाद, जनताको बहुदलीय जनवाद जिन्दाबाद, प्रतिगामी षड्यन्त्र मुर्दाबाद, हत्या हिंसा आतंक बन्द गर, तोडफोड र आगगजनी गर्नेलाई कारबाही गर, विघठित प्रतिनिधिसभा पुनःस्थापना गर जस्ता विभिन्न नाराहरू लागेका थिए।

वेमौसमी वर्षाका कारण पथरी शनिश्चरेको अधिकांश क्षेत्रमा धानबालीमा ठूलो क्षति भए पनि क्षति नपरेका ठाउँका कृषकहरू अहिले धान...
07/11/2025

वेमौसमी वर्षाका कारण पथरी शनिश्चरेको अधिकांश क्षेत्रमा धानबालीमा ठूलो क्षति भए पनि क्षति नपरेका ठाउँका कृषकहरू अहिले धान काट्ने कार्यमा व्यस्त छन् ।

क्षति भएको स्थानमा पथरी शनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको कार्यपालका बौठकले 'पाक्न लागेको धानबालीमा भएको क्षतिको विवरण संकलन गरी प्रदेश सरकार र संघीय सरकार समक्ष क्षतिपुर्ती माग गर्ने' निर्णय अनुसार कृषकहरूले राहत महसुस गरेका छन् ।

नेकपा एमाले पथरी शनिश्चरे नगर कमिटीको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । आज (बुधबार) रत्नचोकस्थित मनोहर होटलमा बसेको बैठकल...
05/11/2025

नेकपा एमाले पथरी शनिश्चरे नगर कमिटीको चौथो पूर्ण बैठक सम्पन्न भएको छ ।
आज (बुधबार) रत्नचोकस्थित मनोहर होटलमा बसेको बैठकले कार्तिक २२ गते नगरका सबै वडाहरूमा वडा भेला आयोजना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कार्तिक २५ गते नगरस्तरीय शक्ति प्रदर्शन गर्ने निर्णय बैठकले गरेको नगर कमिटीका सचिव विरोज मगरले जानकारी दिए ।

उनका अनुसार संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी बनाउन बैठकमा विभिन्न विषयमा छलफल भएको थियो ।

Address

Biratnagar
56603

Website

Alerts

Be the first to know and let us send you an email when समृद्ध पथरी शनिश्चरे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share