नेकपा एमाले मोरङ-१

नेकपा एमाले मोरङ-१ जनताको बहुदलिय जनवाद जिन्दावाद

31/03/2026

नेकपा (एमाले) केन्द्रिय सचिवालयको २०८२ चैत्र १७ गते बसेको बैठक द्वारा गरिएका महत्त्वपूर्ण निर्णय ;
पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक को प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भर्त्सना गर्दै नेकपा (एमाले) सचिवालय बैठकले निम्न कार्यक्रमहरू तय गरेको छ:

१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने।

२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।

३. वैशाख ३ गते वडा तहमा भेला गर्ने।

४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।

५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।

६. सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।

७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइयो।

८. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।

९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।

भोलि विराटनगरमा सबै कमरेडहरु सहभागी हौँ
28/03/2026

भोलि विराटनगरमा सबै कमरेडहरु सहभागी हौँ

28/03/2026

"सरकार आ*गो तिमि नचलाउ, हामी आ*गोबाटै जन्मिएको, हामीलाई चलाउने दुश्साहस नगर।" नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापाको चेताव*नी ।

28/03/2026

I got over 24,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉

हार्दिक धन्यवाद !
05/03/2026

हार्दिक धन्यवाद !

02/03/2026

मोरङ १ को विकास र सम्वृद्धिको संवाहक,
इमान र निष्ठाको अर्को नाम घनश्याम ।
नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नम्बर १ का उम्मेदवार घनश्याम खतिवडाले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्हमा अमूल्य मत दिइ विजयी गराउनु हुन सम्पूर्ण क्षेत्रबासी महानुभावहरुमा अपिल गर्नु भएको छ ।

02/03/2026

घनश्याम खतिवडा, काठमाडौँमा मोरङ १ को आवाज बोल्ने मान्छे । उत्तरी मोरङमा विकासको बहार ल्याउने मान्छे ।

फागुपूर्णिमा अर्थात होली पर्वको शुभकामना ।
02/03/2026

फागुपूर्णिमा अर्थात होली पर्वको शुभकामना ।

01/03/2026

यसपटक घनश्याम खतिवडा एक्लै आएनन्.......

घनश्याम खतिवडाले २०७४ को चुनावमा भोट माग्दै गर्दा कच्चि थिए जाँते खेरुवाका सडकहरु, पुल विहीन थिए तेली र मोरङ्गे खोला । आज फेरि घनश्याम खतिवडा भोट माग्दै आएका छन् । तर यसपटक उनी एक्लै आएनन्, मदन भण्डारी राजमार्गको फराकिलो कालोपत्रे चौडा सडक लिएर आए, खोलाहरुमा १७ वटा पुल बनाएर आए ।
जनताको मत पाएर घनश्याम खतिवडाले पुनः जित्नेछन् अनि अर्को पटक आउँदा मदन भण्डारी राजमार्गै राजमार्ग केराबारीबाट कालोपत्रे सडक हुँदै मधुमल्लासम्म पुग्ने गरिको बाटो बनाएर आउने छन् । तर अर्को पटक उनी आफुलाई होइन अर्को कुनै युवा र अनुभवि उम्मेद्वारका लागि भोट माग्दै आउनेछन् ।

01/03/2026

घनश्याम खतिवडाद्वारा लेटाङ ८ जाँते बजारमा मतदातासँग भेटघाट

लेटाङ । नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडाले लेटाङ ८ जाँते बजारमा पुगेर मतदातासँग भेटघाट गर्नु भएको छ । भेटघाटका क्रममा स्थानीयवासीले पार्टी र आस्था जता भएपनि यसपटक विकासप्रेमी निष्ठावान नेता घनश्याम खतिवडालाई जिताउने प्रतिवद्धता जनाएका छन् ।

01/03/2026

केराबारीमा ठूलो संख्यामा युवाहरु एमालेमा प्रवेश, उम्मेद्वार घनश्याम खतिवडाले गरे स्वागत

केराबारी । मोरङको केराबारीमा ठूलो संख्यामा युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई जिताउन भन्दै विभिन्न पार्टी परित्याग गरि केराबारीका ६० जना भन्दा बढी युवाहरु नेकपा एमालेमा समाहित भएका हुन् ।
नेकपा एमालेमा प्रवेश गरेका युवाहरुलाई उम्मेदवार घनश्याम खतिवडा, नेता खड्ग बस्नेत, डिल्ली शर्मा अधिकारी, शान्ति लिम्बू लगायतले टीका लगाएर पार्टीमा स्वागत गर्नुभयो
नवप्रवेशी युवाहरुले खासगरि राष्ट्रियताको विषयमा नेकपा एमालेले लिएको अडान तथा केराबारी क्षेत्रको विकासका लागि घनश्याम खतिवडाले पुर्याएको योगदानको मूल्याँकन गर्दै एमालेमा प्रवेश गरेको बताएका छन् ।
केराबारी ५ का राष्ट्रिय युवा संघका नेता सनम थेगिम लगायतको सक्रियतामा युवाहरु नेकपा एमालेमा एकजुट भएर घनश्याम खतिवडालाई जिताउने अभियानमा लागेका हुन् ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रमसँस्कृति पार्टी लगायतका दलमा आवद्ध तथा समर्थक युवाहरु नेकपा एमालेमा प्रवेश गरेको राष्ट्रिय युवा संघ मोरङका सचिव विवेक भुजेलले जानकारी दिनुभयो ।
हिमचुली सामुदायिक वनमा करिव ३ सय युवाहरुको उपस्थितिमा भएको कार्यक्रममा ६० जना युवाहरु औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो ।

Address

Letang
Biratnagar

Telephone

+9779842197241

Website

Alerts

Be the first to know and let us send you an email when नेकपा एमाले मोरङ-१ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेकपा एमाले मोरङ-१:

Share