विद्यालय कर्मचारी तथा Ecd शिक्षक युनियन, षडानन्द नगर कमिटी

  • Home
  • Nepal
  • Bhojpur
  • विद्यालय कर्मचारी तथा Ecd शिक्षक युनियन, षडानन्द नगर कमिटी

विद्यालय कर्मचारी तथा Ecd शिक्षक युनियन, षडानन्द नगर कमिटी यो पेज सामुदायिक विद्यालयमा कार्यरत ?

27/03/2026

सस्मित पोख्रेलज्यूलाई वधाई । इसिडी शिक्षक र विद्यालय कर्मचारीहरुले त वधाई दिँदै बस्ने त होला नि जो आएपनि ।

16/10/2025

माहवीर पुनलाई चिट्ठी
मन्त्री ज्यू, नमस्कार ।
वर्षौँदेखी सामुदायिक विध्यालयमा नेपालसरकारबाट मासिक १०,००० र १५,००० अनुदानमा कार्यालय सहयोगी र कार्यालय सहायक पदका कर्मचारी र १२०० मासिक अनुदानमा इसिडी शिक्षक विना दरबन्दी भविष्यको कुनै ग्यारेन्टीबिना सरकारबाट केही राम्रो व्यवस्था होला भन्ने आशमा न्यून वेतनमा काम गर्दै आएका छौँ । जब कि अन्य कार्यालयका सहयोगीले कम्तिमा २६००० र खरिदारले ३७००० खाइपाइ आइरहेका छन । त्यसैले अरुले जे जे भनेपनी अहिलेको १ नंबरमा संबोधन हुनु पर्ने माग भनेको सामुदायिक विद्यालयमा कार्यरत हामी कर्मचारी तथा इसिडी शिक्षकको माग हो, जसलाई कम्तिमा एउटा सानो परिवार सामान्य धान्न सक्ने सेवा सुविधा उपलव्ध गराइयोस । देशले नै तपाइँबाट आश गरिरहेको बेला हामीले पनि तपाइँबाट ठूलो आशा राखेका छौँ, भुइँमान्छेको अवस्था परिवर्तन गर्ने कार्यको लागि इतिहासले तपाइको नाम जुगौं जुग पुकारिरहनेछ । जय देश ।

09/09/2025

१. हिजो र आज देशको मुहार फेर्न ज्यानको आहुती दिनु भएका सम्पूर्ण महान सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना,
२. गरिब, निमुखा, सोझा जनतामारा भ्रष्ट, निरङ्कुस, नालायक ओलि एण्ड कम्पनिलाई घुँडा टेकाउँन सफल gen-z समूह लगायत हामी सबैलाई वधाई,
३. आन्दोलनको क्रममा सार्वजनिक सम्पतिहरुको विनास हुनु/गरिनु दुखद,
४. देशको अहिलेको स्थिती आउँनुमा राजनीतिक दल र राजनीतिज्ञ भनिने गवाँरहरुको जति हात छ त्यति नै हात र जिम्मेवारी ति नै गवाँरहरुको अरौटे-भरौटे धमिरा प्रवृत्तिका कर्मचारी तथा पुलिस नामका केही थान गुहेकिराहरुको पनि भएकाले त्यस्ता गुहे किराहरुमाथि पनि जनकारबाही गरिनु पर्ने,
५. देशको विषम परिस्थितिलाई निकास दिन अबको समयमा हदै सम्मको संयमता अपनाई अगाडि बढ्नु पर्ने, अन्यथा हिजो र आजका ती महान सहिदहरुको बलिदानको धज्जी उड्ने, आम जनताको दिनचर्यामा खास परिवर्तन नआउँने,
६. अन्त्यमा,
परिवर्तनका संवाहक युवा पुस्ता (gen-z) लाई सलाम ।

सबैजना आफ्नो हक हितको लागि अनिवार्य काठमाडौं जाऔँ।
06/04/2025

सबैजना आफ्नो हक हितको लागि अनिवार्य काठमाडौं जाऔँ।

नि:शब्द र स्तब्ध छौँ । शैक्षिक क्षेत्र सुधारमा चाल्नु भएको कदम, गरिएको आन्दोलनमा साथ र सहयोगको कुनै लेखाजोखा छैन ।  सहयो...
26/07/2023

नि:शब्द र स्तब्ध छौँ । शैक्षिक क्षेत्र सुधारमा चाल्नु भएको कदम, गरिएको आन्दोलनमा साथ र सहयोगको कुनै लेखाजोखा छैन । सहयोग, सद्भाव र प्रेरणाको श्रोतले भरिपूर्ण एक शैक्षिक धरोहरको अन्त्यले हामी सबैलाई मर्माहत बनाएको छ । तपाइको आत्माको चिर शान्तिको कामना अनि परिवारजनमा गहिरो समवेदना सुबास सर ।

उपस्थित हुनु हुने तमाम कर्मचारी सर/मिसहरुलाई धन्यवाद, अनि धन्यवाद शिक्षा विकास तथा समन्वय इकाई, भोजपुरलाई पनि ।
05/06/2023

उपस्थित हुनु हुने तमाम कर्मचारी सर/मिसहरुलाई धन्यवाद, अनि धन्यवाद शिक्षा विकास तथा समन्वय इकाई, भोजपुरलाई पनि ।

भोजपुर जिल्ला भरीको सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरु तथा शुभचिन्तक ज्यूहरु भोलि मिति २०८० जेठ २२ गते भो...
04/06/2023

भोजपुर जिल्ला भरीको सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरु तथा शुभचिन्तक ज्यूहरु भोलि मिति २०८० जेठ २२ गते भोजपुरमा उपस्थित भैदिन हुन हार्दिक अनुरोध गर्दछौँ ।

Address

Shadananda Municipality
Bhojpur

Telephone

+9779840686664

Website

Alerts

Be the first to know and let us send you an email when विद्यालय कर्मचारी तथा Ecd शिक्षक युनियन, षडानन्द नगर कमिटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category