Chitwan National Park - चितवन राष्ट्रिय निकुन्ज

  • Home
  • Nepal
  • Bharatpur
  • Chitwan National Park - चितवन राष्ट्रिय निकुन्ज

Chitwan National Park - चितवन राष्ट्रिय निकुन्ज Official Page World Heritage Site

02/02/2026

🌿 विश्व सिमसार दिवस २०८२ 🌿
“सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान”

🌿 विश्व सिमसार दिवस २०२६ 🌿“सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान”सिमसार क्षेत्र जैविक विविधताको आधार मात्...
02/02/2026

🌿 विश्व सिमसार दिवस २०२६ 🌿
“सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान”

सिमसार क्षेत्र जैविक विविधताको आधार मात्र नभई हाम्रो संस्कृति, परम्परा र जीवनशैलीसँग गाँसिएको अमूल्य सम्पदा हो। यसको संरक्षण र दिगो उपयोगमार्फत भविष्य पुस्तालाई सुरक्षित प्राकृतिक धरोहर हस्तान्तरण गरौं।

📅 २०८२ माघ १९ | February 02, 2026

प्रेस विज्ञप्ती
19/12/2025

प्रेस विज्ञप्ती

आज मिति २०८२/०९/०३ का दिन चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा सेक्टर रत्ननगर नगरपालिका ८ स्थित चित्रसारी पुल नजिक बु...
18/12/2025

आज मिति २०८२/०९/०३ का दिन चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा सेक्टर रत्ननगर नगरपालिका ८ स्थित चित्रसारी पुल नजिक बुढिराप्ती खोलामा तियारी जाल मुखमा बेरिएको अवस्थामा Tag No. 194s, अन्दाजी १० वर्षको अति संकटापन्न घडियाल गोहीलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयबाट खटिएको टोली र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा सफल उद्दार गरिएको छ।

नदिजन्य पारिस्थितिक प्रणालीको महत्वपूर्ण सूचक प्रजातिका रूपमा रहेको अति संकटापन्न घडियाल गोहीलाई असर पुग्ने गरी तियारी जाल प्रयोग गरी माछा मार्ने कार्य प्रचलित कानुन बमोजिम दण्डनीय अपराध हो ।

अतः घडियाल संरक्षणमा सबै पक्षको सहकार्य तथा हातेमालोको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय हार्दिक अनुरोध गर्दछ।

09/11/2025

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पूर्व प्रमुख संरक्षण अधिकृत स्व.रामप्रित यादव ज्यूको मृत आत्माको चीर शान्तीको कामना सहित निजको पार्थिव शरीरको अन्त्येष्टी आज मिति २०८२ साल कार्तिक २३ गतेका दिन दिउसो ४ः३० बजे देवघाटधाममा गरिने भएको हुँदा ईच्छुक महानुभावहरुलाई उपस्थितिको लागि अनुरोध गर्दछौं ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय

Our heartfelt condolences on the passing of Late Mr. Ramprit Yadav, a dedicated and passionate conservationist who serve...
08/11/2025

Our heartfelt condolences on the passing of Late Mr. Ramprit Yadav, a dedicated and passionate conservationist who served as the Chief Conservation Officer with utmost commitment and integrity.

His invaluable contributions to wildlife conservation and environmental stewardship will always be remembered with deep respect and gratitude.

May his soul rest in eternal peace.
Chitwan National Park

Happy World Rhino Day! 🦏 Let’s conserve this  iconic and flagship species of Nepal
22/09/2025

Happy World Rhino Day! 🦏
Let’s conserve this iconic and flagship species of Nepal

चितवन राष्ट्रिय निकुञ्जको ५३ औं स्थापना दिवसमिति: २०८२ असोज ४नेपालकै पहिलो राष्ट्रिय निकुञ्जका रूपमा स्थापना भएको चितवन ...
20/09/2025

चितवन राष्ट्रिय निकुञ्जको ५३ औं स्थापना दिवस
मिति: २०८२ असोज ४

नेपालकै पहिलो राष्ट्रिय निकुञ्जका रूपमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्जले देशको जैविक विविधता संरक्षणमा ऐतिहासिक तथा अनुकरणीय योगदान पुर्‍याउँदै आएको छ ।
संसारकै दुर्लभ एकसिङ्गे गैँडा, बाघ, गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी तथा वनस्पतिको संरक्षण, चोरी–शिकारी नियन्त्रण, जनचेतना अभिवृद्धि र पर्यटन प्रवर्द्धनमा यो निकुञ्जले महत्त्वपूर्ण भूमिका खेलेको छ । स्थानीय समुदायसँग सहकार्य गर्दै संरक्षण र विकासलाई सन्तुलनमा राख्ने कार्यमा पनि निकुञ्ज निरन्तर अग्रसर छ ।

यस अवसरमा, सम्पूर्ण कर्मचारी, संरक्षण साझेदार, स्थानीय समुदाय, पर्यटन व्यवसायी तथा सरोकारवालाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा अझ प्रभावकारी जैविक विविधता संरक्षण र पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न सबैको निरन्तर सहयोगको अपेक्षा गर्दछौं ।

धन्यवाद !
चितवन राष्ट्रिय निकुञ्ज
कसरा, चितवन

यस चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र, खोरसोरमा पछिल्लो पाँच महिनाको अवधिमा चारवटा हात्तीका छावा...
06/08/2025

यस चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र, खोरसोरमा पछिल्लो पाँच महिनाको अवधिमा चारवटा हात्तीका छावाहरु जन्मिएका छन्। हाल यस हात्ती प्रजनन् तथा तालिम केन्द्रमा हात्तीको संख्या जम्मा ५८ (छावाहरु समेत) पुगेको छ। वन्यजन्तु अनुगमन, संरक्षण, चोरी–शिकारी नियन्त्रण तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा हात्तीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ।


विश्व  बाघ दिवस"सहअस्तित्व र आयआर्जन: बाघ संरक्षणका लागि व्यवहार परिवर्तन"(Co-Existence and Income Generation: Change Hu...
29/07/2025

विश्व बाघ दिवस
"सहअस्तित्व र आयआर्जन: बाघ संरक्षणका लागि व्यवहार परिवर्तन"
(Co-Existence and Income Generation: Change Human Behavior for Tiger Conservation) भन्ने नाराका साथ संघीय वन तथा वातावरण मन्त्रालयका सचिवज्यूको प्रमुख आतिथ्यतामा आज मिति २०८२ साल साउन १३ गते चितवन राष्ट्रिय निकुञ्ज, कसरामा अवस्थित प्रकृति संरक्षण शिक्षालयमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।

नेचर गाईड परिचय पत्र दर्ता/नविकरण सम्बन्धि सूचना ।The notice regarding Nature Guide ID registration/renewal has been pub...
17/07/2025

नेचर गाईड परिचय पत्र दर्ता/नविकरण सम्बन्धि सूचना ।
The notice regarding Nature Guide ID registration/renewal has been published. All concerned guides are kindly requested to complete the registration or renewal process within the specified deadline by submitting the required documents.
Thank you !

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत माडी सेक्टरका उपभोक्ता समितिहरूमार्फत सिफारिस भई आएका वन्यजन्तुको क...
11/07/2025

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत माडी सेक्टरका उपभोक्ता समितिहरूमार्फत सिफारिस भई आएका वन्यजन्तुको क्षतिबाट प्रभावित परिवारका सदस्य (विद्यार्थी)हरूलाई लक्षित गरी छात्रवृत्ति प्रदान गरिएको छ।उक्त कार्यक्रमबाट वन्यजन्तुजन्य घटनाबाट प्रभावित विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथै शिक्षामा पहुँच अभिवृद्धि हुने विश्वास लिइएको छ।

Address

Kasara, Chitwan
Bharatpur

Alerts

Be the first to know and let us send you an email when Chitwan National Park - चितवन राष्ट्रिय निकुन्ज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chitwan National Park - चितवन राष्ट्रिय निकुन्ज:

Share