NEP CAST

NEP CAST so (No-comment)//

10/05/2026
10/05/2026

सप्तरी युथका कार्यवाहक अध्यक्ष तथा सामाजिक अभियन्ता मोहन यादव केही दिनदेखि सप्तरी प्रहरीको हिरासतमा रहेका छन् । उहाँमाथि छिन्नमस्ता हस्पिटलमा तोडफोड गरेको आरोप लगाइएको भए पनि वास्तविकता भने फरक रहेको स्थानीयको भनाइ छ । जानकारी अनुसार हस्पिटलमा कुनै तोडफोड नभएको बताइँदै आएको छ ।
घटना अनुसार एक विपन्न परिवारको सदस्य छिन्नमस्ता हस्पिटलमा उपचाररत थिए । सरकारले विपन्न परिवारलाई उपलब्ध गराउने १०% निःशुल्क बेड सुविधा नदिएको गुनासोपछि उक्त विषय सामाजिक अभियन्ता मोहन यादवसम्म पुगेको थियो । त्यसपछि मोहन यादव हस्पिटल पुगेर प्रशासनसँग विपन्न परिवारलाई सरकारी सुविधा उपलब्ध गराउन अनुरोध गर्नुभएको थियो । सो क्रममा हस्पिटल प्रशासन र उहाँबीच विवाद भएको बताइन्छ ।
आरोप छ कि हस्पिटल प्रशासनले मोहन यादवलाई गाली–गलौज गर्दै प्रहरीको जिम्मा लगाएको थियो । आज करिब ९/१० दिनदेखि उहाँ हिरासतमा रहनुभएको छ । यस घटनालाई धेरैले राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको कारबाहीको रूपमा समेत हेरिरहेका छन् । किनभने मोहन यादवले गत निर्वाचनमा जनमत पार्टीलाई सहयोग गर्नुभएको थियो भने छिन्नमस्ता हस्पिटल जसपा नेपालका केन्द्रीय सदस्य तथा गत निर्वाचनका समानुपातिक उम्मेदवार शैलेन्द्र मोहन झाको हो।
राजनीतिक आस्थाका आधारमा कसैलाई पूर्वाग्रह राखेर फसाउनु लोकतान्त्रिक मूल्य र विधिको शासन विपरीत हो । अहिले जसपा नेपालका केही स्थानीय नेताहरू सामाजिक सञ्जालमार्फत मोहन यादवको रिहाइको आवाज उठाइरहेका छन्, तर आफ्नै नेता शैलेन्द्र मोहन झासँग स्पष्ट रूपमा कुरा गर्न नसक्नुले प्रश्न उठाएको छ । यदि वास्तवमै न्यायको पक्षमा उभिने हो भने सामाजिक सञ्जालमा मात्र होइन, सम्बन्धित पक्षसँग पनि सत्य र न्यायका लागि बोल्न आवश्यक छ ।

यो दृश्य केवल पानीमा हराएको कथा होइन, यो त आमाको ममताले लेखेको अन्तिम कविता हो छातीमा सन्तान च्यापेर,उसले मृत्यु सँग पनि...
03/05/2026

यो दृश्य केवल पानीमा हराएको कथा होइन, यो त आमाको ममताले लेखेको अन्तिम कविता हो छातीमा सन्तान च्यापेर,उसले मृत्यु सँग पनि सम्झौता गरिन सास रोकिन सक्यो,तर ममता कहिल्यै रोकिएन ऊ आफैँ गहिराइमा बिलाइन्,तर आफ्नो काख खाली हुन दिइनन् आज शरीर छैन,तर त्यो माया, त्यो त्याग समयले पनि मेट्न नसक्ने कथा बनिसक्यो आमा,साँच्चै भगवानको सबैभन्दा पवित्र रूप त्यो निःस्वार्थ ममतालाई शत–शत नमन🙏😢 #आमा #ममता ाया jay hoss Mero Prabhu 🙏😭

Address

Bharatpur
9098

Website

Alerts

Be the first to know and let us send you an email when NEP CAST posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share