Nepal Police College, Bharatpur

Nepal Police College, Bharatpur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Police College, Bharatpur, Government Organization, Bharatpur/11, Bharatpur.
(1)

चैते दशैँ (चैत्राष्टमि) पूजा सम्पन्न१२ चैत २०८२ भरतपुर, चितवन-----------------------------नेपाल प्रहरीले परम्परागत रुपमा...
26/03/2026

चैते दशैँ (चैत्राष्टमि) पूजा सम्पन्न
१२ चैत २०८२ भरतपुर, चितवन
-----------------------------
नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैते दशैँ (चैत्राष्टमी) पर्व यस शिक्षालय परिसरमा अवस्थित दुर्गा मन्दिरमा यस शिक्षालयका प्रहरी उपरीक्षक रन्जित सिंह राठौरज्यू लगायत अन्य प्रहरी कर्मचारी तथा सेवाकालिन र आधारभूत तालिमका प्रशिक्षार्थीहरुको उपस्थितिमा मौलोमा पूजाअर्चना तथा संकल्प पूजा सम्पन्न ।

उत्कृष्ट प्रशिक्षण संस्थाको ट्रफि प्रदर्शन, माघ महिनाको उत्कृष्ट प्रशिक्षक घोषणा र पुरस्कार वितरण साथै निर्वाचन लक्षित न...
21/02/2026

उत्कृष्ट प्रशिक्षण संस्थाको ट्रफि प्रदर्शन, माघ महिनाको उत्कृष्ट प्रशिक्षक घोषणा र पुरस्कार वितरण साथै निर्वाचन लक्षित निर्देशन संवोधन कार्यक्रम सम्पन्न ।
…………………………………...............................................
मिति २०८२/११/०९ गते ।
यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यूले तालुक रा.प्र.प्र.प्र.महाराजगंज काठमाण्डौको ७० औं वार्षिक उत्सवको अवसरमा नेपाल प्रहरी संगठनको प्रशिक्षण प्रदायक संस्थाहरु मध्ये यस नेपाल प्रहरी शिक्षालय भरतपुर उत्कृष्ट भई प्रहरी महानिरीक्षकज्यूबाट प्राप्त प्रथम रनिङ शिल्ड प्रर्दशन गर्नु भएको थियो । सोहि क्रममा यस शिक्षालयमा कार्यरत प्रहरी सहायक निरीक्षक खुम बहादुर घिमिरेलाई सांगठनिक नीति निर्देशन बमोजिम आफूलाई प्राप्त जिम्मेवारी तथा पदिय दायित्वलाई अनुशासित, लगनशील र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकताकासाथ कार्य सम्पादन गरी शिक्षालयको प्रशासनिक गतिविधिलाई समयानुकुल गुणस्तरीय बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा निजको लगनशीलता, कार्यकुशलता र अनुशासनको उच्च मूल्याङ्कन गर्दै मिति २०८२ साल माघ महिनाको “उत्कृष्ट प्रशिक्षक (INSTRUCTOR OF THE MONTH)” घोषणा गरी प्रशंसा-पत्र समेत प्रदान गर्नुका साथै उत्कृष्ट प्रशिक्षक प्रहरी सहायक हवल्दार दिनेश थापा मगर र प्रहरी सहायक हवल्दार निशान सारुलाई पुरस्कृत गर्नु भएको थियो । कार्यक्रमको अन्तिममा समादेशकज्यूले यस शिक्षालयबाट निर्वाचन सुरक्षार्थ खटिने सम्पुर्ण प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई शुभकामना सहित निर्देशन प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रमका केहि तस्विरहरु......................

निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक...
19/02/2026

निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न ।
मिति २०८२।११।०७ गते, बिहिबार ।.............................................................................
आज यस शिक्षालयमा निर्वाचन सुरक्षा सम्बन्धि व्यवहारिक अभ्यास अन्तर्गत नमूना मतदान केन्द्रको निर्माण तथा मतदान कार्यको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यू, सह-समादेशक प्रहरी उपरीक्षक श्री रंजित सिंह राठौरज्यू , प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, सुवेदार मेजर, जुनियर प्रहरी अधिकृतहरू, प्रशिक्षक वर्ग, प्रहरी कार्यालय सहयोगीहरू साथै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थी प्रहरी सहायक निरीक्षकहरु र प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूहमा सहभागी सम्पूर्ण प्राविधिक प्रहरी जवानहरु समेतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमका केही झलकहरू...............

“प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूह” को तालिम समुद्‍घाटन कार्यक्रम सम्पन्न.............--------------------...
17/02/2026

“प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूह” को तालिम समुद्‍घाटन कार्यक्रम सम्पन्न.............
----------------------------------------------------
“प्राविधिक प्रहरी जवान आधारभूत तालिम २-४ औं समूह” को आज मिति २०८२ फागुन ०५ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक श्री तारा देवी थापाज्यूलबाट विधिवत रुपमा समुद्‍घाटन भएको छ ।
उक्त कार्यक्रममा शिक्षालयका समादेशकज्यूले प्रशिक्षार्थीहरूलाई तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने तालिम संयोजक प्र.ना.उ. अर्जुन के.सी.ज्यूले तालिम सम्बन्धि संक्षिप्त विवरण प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रमका केहि झलकहरू........................

"अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम"२०८२ फागुन ०४ भरतपुर, चितवन । ----------------------------------------------आर्थि...
16/02/2026

"अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम"
२०८२ फागुन ०४ भरतपुर, चितवन ।
----------------------------------------------
आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८२।१०।११ गते देखि यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा सञ्चालन भएको "व्यक्तिगत सुरक्षा (प्र.ज.देखि प्र.व.ह.) तालिम पाचौं" समूहको आज मिति २०८२/११/०४ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यूबाट अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथिज्यूले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नुभई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो । उक्त कार्यक्रमका केहि झलकहरू...............................

"सदनको झण्डा परिवर्तन एवम् झण्डोत्तोलन कार्यक्रम सम्पन्न"०१ फागुन,२०८२ भरतपुर, चितवन ।यस नेपाल प्रहरी शिक्षालय भरतपुरमा ...
13/02/2026

"सदनको झण्डा परिवर्तन एवम् झण्डोत्तोलन कार्यक्रम सम्पन्न"
०१ फागुन,२०८२ भरतपुर, चितवन ।
यस नेपाल प्रहरी शिक्षालय भरतपुरमा सञ्चालित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८० औं समूहको यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक एक नारायण कोईरालाज्यूको प्रमुख आतिथ्यतामा दोस्रो चरण अन्तर्गत सदन प्रथमको घोषणा, विधागत रूपमा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण तथा झण्डा परिवर्तन कार्यक्रम सम्पन्न भएको थियो।
उक्त कार्यक्रमका केही झलकहरु.....

"प्रथम रनिङ शिल्ड एंव प्रशंसा-पत्रबाट पुरस्कृत"मिति २०८२।१०।२९ गते ।---------------------------------तालुक राष्ट्रिय प्र...
12/02/2026

"प्रथम रनिङ शिल्ड एंव प्रशंसा-पत्रबाट पुरस्कृत"
मिति २०८२।१०।२९ गते ।
---------------------------------
तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंको ७० औँ बार्षिक उत्सवको अवसरमा नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरु मध्ये यस नेपाल प्रहरी शिक्षालय, भरतपूर उत्कृष्ट घोषित भई संगठन प्रमुख श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू बाट यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यूले प्रथम रनिङ शिल्ड एवं प्रशंसा-पत्र ग्रहण गर्नुभएको ।
उक्त कार्यक्रमका केहि झलकहरू...................

२४ माघ २०८२ भरतपुर, चितवन ।यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा सञ्चालित प्र.स.नि. आधारभूत तालिम २–१८० औं समूहका प्रश...
07/02/2026

२४ माघ २०८२ भरतपुर, चितवन ।

यस नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा सञ्चालित प्र.स.नि. आधारभूत तालिम २–१८० औं समूहका प्रशिक्षार्थीहरूलाई लक्षित गरी "प्रभावशाली व्यक्तित्वसँग प्रेरणादायी संवाद" कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रममा यस शिक्षालयका पूर्व समादेशक तथा अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक रमेश प्रसाद खरेल ज्यूले प्रशिक्षार्थीहरूका जिज्ञासाहरुको जवाफ दिनुको साथै आफ्ना प्रेरणादायी अनुभव तथा विचारहरू राख्नुभएको थियो।

उक्त कार्यक्रमका केही झलकहरू....

IPT (Instructor Proficiency Test) उत्तिर्ण  बाह्य प्रशिक्षकहरुलाई प्रशिक्षक प्रमाणपत्र वितरण तथा आर्म ब्याच सुशोभन कार्य...
06/02/2026

IPT (Instructor Proficiency Test) उत्तिर्ण बाह्य प्रशिक्षकहरुलाई प्रशिक्षक प्रमाणपत्र वितरण तथा आर्म ब्याच सुशोभन कार्यक्रम सम्पन्न:
———————————————————
नेपाल प्रहरीको विभिन्न तालिम प्रदायक निकायहरुबाट सञ्‍चालन हुने तालिममा एकरुपता कायम गर्नको लागि लागु गरिएको “नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश, २०७९ (प्रथम संशोधन) को परिच्छेद-१७ मा व्यवस्था भए बमोजिम बाह्य प्रशिक्षण सम्बन्धी गतिविधीलाई समयसापेक्ष, वैज्ञानिक एवम् स्तरयुक्त बनाउन प्रहरी जवान देखि प्रहरी नायव निरीक्षक दर्जा सम्मका बाह्य प्रशिक्षकहरुको क्षमता मापन गर्न मिति २०८२।१०।१४ गते लिईएको Instructor Proficiency Test (IPT) मा उत्तिर्ण हुनु हुने यस नेपाल प्रहरी शिक्षालयका बाह्य प्रशिक्षकहरुलाई आज मिति २०८२।१०।२३ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यूबाट प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण तथा आर्म व्याचले सुशोभित गर्नुभएको छ ।

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न ।----------------------------------------तालुक नेपाल प्रहरी प्रधान कार्यालय मा...
02/02/2026

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न ।
----------------------------------------
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालको च.न. ४९९३ मिति २०८२।१०।०९ गतेको पत्रले जनपद प्रहरी समूहतर्फको प्रहरी जवान पदबाट प्रहरी सहयक हवल्दार पदमा बढुवा/पदोन्नती हुनु भएका यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार पदम राज तिमिल्सिना आज मिति २०८२।१०।१९ गते यस शिक्षालयका निमित्त समादेशक प्रहरी उपरीक्षक रंजित सिंह राठौरज्यूबाट दर्ज्यानी चिन्हद्धारा सु-शोभन तथा शुभकामना लगायत अमुल्य निर्देशन दिनुभएको थियो ।
उक्त कार्यक्रमका केहि झलकहरू............................

"Talent Hunt"१३ माघ २०८२ भरतपुर, चितवन ।-------------------------------------- नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका समा...
28/01/2026

"Talent Hunt"
१३ माघ २०८२ भरतपुर, चितवन ।
--------------------------------------
नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यूको प्रमुख आतिथ्यतामा यस शिक्षालयमा संचालित प्र.स.नि. आधारभूत तालिम २-१८० औं समूहका प्रशिक्षार्थीहरुको सहभागितामा "Talent Hunt" कार्यक्रम अन्तर्गत नृत्य तथा गायन प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पाल्नु भएका नृत्य, कोरियोग्राफी मोड्लिङ र निर्देशकको क्षेत्रमा सक्रिय कलाकार सागर विश्वकर्मा र राज कुमार विश्वकर्माले नृत्यतर्फ र लोक दोहोरी तथा संगित क्षेत्रका गायक विष्णु तामाङले गायन तर्फ प्रशिक्षार्थीहरुको प्रतिभाको मुल्याङकन गर्नुको साथै प्रस्तुति समेत राख्नु भएको थियो ।

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न ।----------------------------------------तालुक नेपाल प्रहरी प्रधान कार्यालय मा...
26/01/2026

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न ।
----------------------------------------
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा, नक्सालको च.न. ४८१६ मिति २०८२।१०।०२ गतेको पत्रले जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा/पदोन्नती हुनु भएका यस नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मञ्जु राईलाई आज मिति २०८२।१०।१२ गते यस शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाज्यूबाट दर्ज्यानी चिन्हद्धारा सु-शोभन तथा शुभकामना लगायत अमुल्य निर्देशन दिनुभएको थियो । उक्त कार्यक्रमका केहि झलकहरू........................

Address

Bharatpur/11
Bharatpur
42200

Alerts

Be the first to know and let us send you an email when Nepal Police College, Bharatpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Police College, Bharatpur:

Share