20/03/2017
1
ढकढक,,,, मेरो कोठाको ढोका ढकढकियो, "ह्या यो गर्मिमा चिया खादिन म"आज शनिवार त सुत्न दिनु ?
फेरि ठकठक गर्यो ,ह्या यो बुढीमाउलाई नै भनेको नि लाग्दैन। आखा मिच्दै उठे ,ह्याङगरमा राखेको कट्टु लगाए।आखा मिच्दै ढोका खोले।
2
म अचम्ममा परे उसलाई एकाबिहानै मेरो ढोका अगाडी देखेर। मसग कुनै शब्दै भएन उसको अगाडी बोल्ने। यतिकै मा मेरो मुखबाट आवाज निस्कियो।
"खै भित्र आउन"
उ लुरुलुरु आएर मेरो बिग्रेको ओछ्यानमा आएर बसि। (एकछिनको सुनसानपछि)
मैले प्रश्न गरे
कहिले आको त यता?
हिजो,ममिले भन्नु भएन??
"नाई,कसरी था हुन्छ र ममीलाई।"
"ममीलाई फोन गर्या थे नि।"
"होर?"उसले मलाई अच्चम्ममा पारि,
ममीलाई फोन गरेकि थि भने ममीले मलाई किन भन्नु भएन।
"कति चेन्ज भाको त तिमी?
कस्तो झुसे भा'को के,बाहुन जस्तो, खिस्स दात देखाउदै हासी। (सायद मलाई बाहुन भनेर पुराना याद दिलाउन खोजेकी होला।)
अह्ह,,,,अब बाहुन हुने,
"तिमी अझै रिसाको छौ हो? "उ सानोमुख गरेर बोलि,
"किन रिसाउनु हो'र जे सम्बब थिएन त्यो कुरामा मन दुखाएर , चित्त दुखाएर किन बस्नु"
उम्मम,,,,,यति आवाज निकाली
अनि पढाई कस्तो चलिरा'छ ? प्रश्न तेर्साई
त्यो नि भनिरहनु पर्ने हो र,
"तै नि आजकल पढ्ने भयौ कि भनेर नि,"जिस्काउदै भनि
"म जान्छु है , मामाघर बिहानै उठेर आ'को कसैलाई नभनि,"
"कति न टाढा हो जस्तो 2 मिनेटमा पुगिहालिन्छ
बस एकछिन म चिया बनाएर ल्याउछु"।
आवाज उचो गर्दै भनि
"अह्ह पुगिन्छ नि खुब 2 मिनेटमा अगि त खान्न भन्या थियौ त , खुब" ,जिस्काउने लयमा फेरि बोलि,,,
"पाहुनालाई खुवाउन पर्यो नि, "मैले नि जिस्किदै भने
"खुब जान्या छौ "
यति कै मा आमा चियालिएर आउनु भो ,
आमा चिया छाडेर ,उसको घरतिरको सन्चोबिसन्चो सोधेर भान्सातिर लाग्नु भो,
चियाको पहिलो सुरुप पारिसकेसि भनि
"आज के हो याद छ"?
केहि नसोची सिधै "नाई भने"
उल्टो प्रतिप्रश्न तेर्साए
"के हो'र"
उ मन्ध मुस्कुराउदै भनि
"मेरो बर्थ डे"
"ह्अ होर,, ह्याप्पी बर्थ डे " फुत्त आवाज निस्कियो मेरो मुखबाट,
"सवकुरा बिर्सियौ है"? भन्न पा को बेला उसले भनि हालि
"अह्ह मेलै त बर्थ डे नै बिर्सिए, अनि तिम्ले त मलाई नै बिर्सिएयौ नि होईन र"?
"बिर्सेको भए आउथे होला उति टाढाबाट"
"खोई मामाघर पो आको होलानि"मलाई के था,
फेरि उसको मुखमा औशीको रात छायो
"तिमीलाई था 'छ नि म मामाघर आउने मान्छे हो कि नाई भनेर"
उम्म,,,,,,,,,,
( टेबुलमा राखेको मेरो मोबाईल टिपेर, प्याटॅन खोल्न दि,प्याटॅन खोल्देर दिए, नम्बर डायल गरी,मिसकल दिएर राखि)
"अब म जान्छु है , साझ उता सन्जुको घरतिर आउ, है म फोन गर्छु "
म हवस्को भावमा टाउको हल्लाए,
उ यति भनेर मामाघर तिर लागि।
(दिनभरि तेतिकै बित्यो, फेसबुकमा उस्को रिक्वेस्ट आएको रै'छ रिक्वेस्ट एसेप्ट गरे, एसेप्ट गर्दाको समयमा उ अफलाईन भैसकेकि थि।
उसका हरेक फोटो नियालेर हेर्न था'ले
फेरि उहि पुराना दिनको जसरी,
नहेरी बस्न सकिन,
ईग्नोर गरेर उ नै गा'कि थि, फेरि फर्केर उ नै आ'कि छ,
ब्रेकअप त ति सुरुबात देखि नै नभएको कहा हो'र
तेति बेलाको ब्रेकअपको समयबधि घडीले देखाउथ्यो,यति घन्टाको लागि भयो भनेर,
तर त्यस लास्ट दिन गरेको ब्रेकअप मेरो भित्तामा झुन्डाएको क्यालेण्डर दुईवटा चेन्ज गरिन्जेलसम्मको समयसम्म भयो।
हुन त म किन यति छिट्टै मेरो सम्बन्ध फेरि जोडिएको जस्तो आभाष गर्दै छु, तर यथार्थमा त जोडिसकेको त छै न नि, दुईबर्षसम्म वास्ता नगरेकिले,1 घन्टा सगै भई भनेर कति छिट्टै उसलाई मन सुम्पिन खोज्दैछु म,
2 बर्षसम्मको सम्बन्ध तेति सजिलै जान्छे भनेर म कहिले कल्पना समेत गरिन।
जे कल्पना समेत गरेको थिन त्यो नै भयो।
उसको मायाको भेलमा बग्दै बग्दै आएको ढुङ्गा म , बर्षाको पानि जस्तो उर्लेको उसको माया बिस्तारै गृष्मयाममा सुक्ने नदिको पानी जस्तै भयो, उसको मायामा डुब्दै डुब्दै बगाउदै ल्याएको ढङ्गासरि मलाई कुनै किनारामा छेउ लगाए जसरी लगाएर गएकि थि।
अनि जुन कुराम सोचेको नि थिन, तै कुरा आज भयो, ।
आस त उतिबेला नलाको त कहा होर, दिन भर फेसबुकको म्यासेजकुरेर बस्थे, कुनैबेला मिसकल भएनि गर्छेकि भनेर, ।त्यसरी दिन बिते हप्ता बिते 15 दिन बिते , महिना दिन कटेपछि उ फर्केर आउने आशामरेर गयो। जुन दिन उसलाई फेसबुकमा खोज्दा पा'को थिन।
(यति कै मा फोनको घन्टि बज्यो।)
"हेल्लो"
"हजुर"
"अब आउ है हामी यहि नारायणीको किनारमा छु"
"हवस्"
(म नारायणीको किनारमा पुगे, उसका साथीहरु रै'छे उ , बिदाको बेला भएरनि होला सबै भेट भा'को"
म पुग्ने बितिक्कै सबले एउटै आबाजमा भने ह्याप्पी प्याचअप डे"म मन्द मुस्कुराए"
To be continue....