बागलुङ मुलपानी-चितवन नवलपुर समाज

  • Home
  • Nepal
  • Bharatpur
  • बागलुङ मुलपानी-चितवन नवलपुर समाज

बागलुङ मुलपानी-चितवन नवलपुर समाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बागलुङ मुलपानी-चितवन नवलपुर समाज, Social service, Bharatpur.
(1)

बाग्लुङ मुलपानी चितवन - नवलपुर समाज ( MCN  Society ) नेपालका सल्लाहकार , धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङका क्याम्पस प्...
01/08/2026

बाग्लुङ मुलपानी चितवन - नवलपुर समाज ( MCN Society ) नेपालका सल्लाहकार , धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङका क्याम्पस प्रमूख डा. सुदर्शन सिलवाल त्रि.वि. सेवा आयोगबाट हालै प्राध्यापक पदमा पदोन्नती हुनु भएकोमा बाग्लुङ मुलपानी चितवन - नवलपुर समाजले अत्यन्त खुसी र गर्व महशुस गरेको छ। यसै खुसीको क्षणमा आज मिति २०८३/०४/१६ गते समाजको कार्यालय भरतपुर -९ शरदपुरमा एक कार्यक्रम मार्फत प्राध्यापक डा. सुदर्शन सिलवाल र उहाको जीवन सङिनी इन्दिरा सिलवाललाई उच्चतम प्रगतीको हार्दिक शुभकामना सहित बधाई तथा सम्मान ब्यक्त गरियो।

हाम्रो बाग्लुङ मुलपानी- चितवन, नवलपुर समाजका सल्लाहकार तथा धवलागिरि बहुमुखी क्याम्पस बागलुङका आदरणीय क्याम्पस प्रमुख सहप...
31/07/2026

हाम्रो बाग्लुङ मुलपानी- चितवन, नवलपुर समाजका सल्लाहकार तथा धवलागिरि बहुमुखी क्याम्पस बागलुङका आदरणीय क्याम्पस प्रमुख सहप्रा.डा. सुदर्शन सिलवाल त्रि.वि. सेवा आयोगको आन्तरिक परीक्षामा उत्तीर्ण भई प्राध्यापक पदमा बढुवा हुन सफल हुनुभएकोमा हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।
हजुरको यो पदोन्नतीले हाम्रो समाजको शीर उच्च भई सम्मान थपिएको छ। हाम्रो समाज साथै मेरो ब्यक्तिगत तर्फबाट हार्दिक बधाई सहित सफलताको शुभकामना व्यक्त गर्दछु । 🎉का.वा अध्यक्ष शान्ता पन्त तथा समाज परिवार 🙏🎉

बागलुङ मुलपानी-चितवन नवलपुर समाज नेपालको बार्षिक कार्यक्रम अनुसार मिति २०८३ साल जेष्ठ  महिनाको ९ गते शनिवार  देवघाट धामक...
23/05/2026

बागलुङ मुलपानी-चितवन नवलपुर समाज नेपालको बार्षिक कार्यक्रम अनुसार मिति २०८३ साल जेष्ठ महिनाको ९ गते शनिवार देवघाट धामको दाहा संस्कार स्थल परिसर सरसफाई गर्ने कार्य उत्साहपूर्ण उपस्थितिका बिच सम्पन्न भएको छ।

22/05/2026

हाम्रो समाजको आयोजनामा भोलि मिति १०८३।०२।०९ गते हुने देवघाट धामको दाह संस्कार स्थलको सरसफाई कार्यक्रमको लागि भोलि बिहान ठिक ७ बजे देवघाटमा यताबाट जादा दाह संस्कार स्थल तिर झर्ने बाटो नीर भएको चौतारीमा जम्मा हुने कार्यक्रम रहेको छ। टाढाबाट आउने र आफ्नो साधन नहुने ब्यक्तीहरुको हकमा भने समय तलमाथी हुन सक्छ। मौसम अनुकुल भएको अवस्थामा हामी तोकिएको समयमा उपस्थित भै सरसफाइको काम सम्पन्न गरेर फर्कने छौ। " आफ्नै हात सवेर, आफ्नै हात अवेर"
जय मुलपानी

आज फागुन २७ गते, हाम्रो समाज "बाग्लुङ मुलपानी चितवन नवलपुर समाज ( MCN  Society ) "नेपालको  स्थापना दिवस!  बिगत बर्षहरुमा...
11/03/2026

आज फागुन २७ गते, हाम्रो समाज "बाग्लुङ मुलपानी चितवन नवलपुर समाज ( MCN Society ) "नेपालको स्थापना दिवस!
बिगत बर्षहरुमा जस्तै यो बर्ष पनि रक्तदान कार्यक्रम गरि हाम्रो समाजको स्थापना दिवस मनाएका छौ। भरतपुर अस्पतालको परिसरमा आयोजना गरिएको आजको रक्तदान कार्यक्रममा पुरुष ११ जना र महिला २१ जना गरि जम्मा ३२ जना दाताहरुले रक्तदान गरि पून्य आर्जन गर्नु भएको छ। सवै रक्तदातालाई समाजको तर्फबाट हार्दिक आभार सहित धन्यबाद ब्यक्त गर्दछौ।

हाम्रो समाजलाई स्थापना कालदेखी नै अत्यन्त नजिकबाट माया गर्ने , आर्थिक रुपमा पनि सहयोग गर्दै मुलपानीको बासिन्दा सरह समाजक...
26/01/2026

हाम्रो समाजलाई स्थापना कालदेखी नै अत्यन्त नजिकबाट माया गर्ने , आर्थिक रुपमा पनि सहयोग गर्दै मुलपानीको बासिन्दा सरह समाजको हरेक क्रियाकलापमा सहभागी हुँदै आउनु भएका बाग्लुङ जिल्ला साविक लहरेपिपल भान्सा घर भै हाल भरतपुर १२ निवासी श्री चण्डी प्रसाद सापकोटा ज्यूलाई हाम्रो समाजको बिधानको परिच्छेद ३, दफा ६ (ग) बमोजिम समाजको चौथो साधारण सभाबाट निर्णय भए अनुसार बाग्लुङ मुलपानी चितवन नवलपुर समाज नेपालको मानार्थ सदस्यता प्रदान गरिएको छ। आज २०८२ साल माघ १२ गते उहाकै निवासमा पुगेर समाजका अध्यक्ष श्री ध्रुब प्रसाद निउरेले उक्त मानार्थ सदस्यता प्रदान गर्नु भएको छ।सो सदस्यता प्रदान गर्ने कार्यक्रममा समाजका सचिव पिताम्बर पन्त, कार्य समिती सदस्य द्वय चेतराज पाण्डे र बिष्णु प्रसाद गौतम पनि सहभागी हुनु भएको थियो।
सो अवसरमा मानार्थ सदस्यता प्राप्त श्री चण्डी प्रसाद सापकोटा ज्यू बाट समाजको चौथो साधारण सभामा उहाले बाचा गरे अनुसार हाम्रो समाजलाई प्रदान गर्ने भन्नू भएको रु ५००००( पचास हजार रुपैया) समाजका अध्यक्ष श्री ध्रुब प्रसाद निउरेलाई नगदै प्रदान गर्नु भएको छ।
उहाको दीर्घ जीवन तथा सु स्वास्थ्यको कामना सहित समाजको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौ।

Address

Bharatpur
321001

Website

Alerts

Be the first to know and let us send you an email when बागलुङ मुलपानी-चितवन नवलपुर समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category