SchoolNp Education

SchoolNp Education We SchoolNp Team aim to disseminate knowledge and promote education for the overall benefit of the country.

Our goal is to enhance students’ abilities, promote the overall development of their abilities and personality All Update Information Portal of Education and Literacy.
1. We SchoolNp Team aim to disseminate knowledge and promote education for the overall benefit of the country.
2. Our goal is to enhance students’ abilities, promote the overall development of their abilities and personality, and u

se their future role in society in the work of the society.
3. Our team’s primary goal is to establish a culture of education in the country and expand the benefits of knowledge by providing access to the wider community as a whole.
4. We also aim to establish a community of scholars, students and staff.
5. We have also taken the main goal of guiding the students with the objective of providing quality and employment-oriented education.
6. We have thought of moving forward with the suggestions of the Government of Nepal at the center along with the citizens, academics, and business people to connect the educational programs with the community.

मिति २०८३ भाद्र १९ र २० गते "उद्धार गरिएको व्यक्तिहरूको विवरण सम्बन्धमा"
06/09/2026

मिति २०८३ भाद्र १९ र २० गते "उद्धार गरिएको व्यक्तिहरूको विवरण सम्बन्धमा"

आकर्षक रोजगारको अवसर खुल्यो है
06/09/2026

आकर्षक रोजगारको अवसर खुल्यो है

NVIDIA Corporation has contributed USD 10 million (≈ NPR 1.52 billion) to the Prime Minister Disaster Relief Fund for Ra...
04/09/2026

NVIDIA Corporation has contributed USD 10 million (≈ NPR 1.52 billion) to the Prime Minister Disaster Relief Fund for Rasuwa flood relief and reconstruction.

🇳🇵❤️ नेपाललाई विपद्को घडीमा NVIDIA को ठूलो साथ!

विश्वप्रसिद्ध NVIDIA Corporation ले रसुवा बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब रु. १ अर्ब ५२ करोड) सहयोग गरेको छ। 🙏
Finance Minister Hon. Dr. Swarnim Wagle thanked NVIDIA and CEO Jensen Huang for the contribution, which will support relief and rebuilding for affected families in Rasuwa, Nuwakot and Dhading.

Contributions to the fund: donate.gov.np
Official updates: rescue.opmcm.gov.np

को हुन् १० दिनपछि सुरुङबाट उद्धार गरिएका पहिलो व्यक्ति ?शुक्रबार बिहान उद्धार गरिएका उनी सञ्जय साह हुन् । साह नेपाल विद्...
04/09/2026

को हुन् १० दिनपछि सुरुङबाट उद्धार गरिएका पहिलो व्यक्ति ?

शुक्रबार बिहान उद्धार गरिएका उनी सञ्जय साह हुन् । साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन् ।

तपाईंले उहाँलाई चिन्नुभएको छैन भने, आज चिन्नुस् ! ❤️🇳🇵उहाँ हुनुहुन्छ  #क्याप्टेन प्रिया अधिकारी: नेपालकी पहिलो महिला हेल...
04/09/2026

तपाईंले उहाँलाई चिन्नुभएको छैन भने, आज चिन्नुस् ! ❤️🇳🇵

उहाँ हुनुहुन्छ #क्याप्टेन प्रिया अधिकारी: नेपालकी पहिलो महिला हेलिकप्टर क्याप्टेन ।

पछिल्लो विनाशकारी बाढीमा ६ दिनमा करिब १०० rescue missions उडेर कठिन भूगोल र जोखिमबीच उद्धारमा खटिनुभयो । 🚁
धेरै चर्चा नपाएका तर विपद्को बेला अगाडि उभिएर काम गर्ने हाम्रा वास्तविक heroes मध्ये एक !

क्याप्टेन प्रिया अधिकारीलाई सलाम !

👉 यस्तै विपद्को बेला पर्दापछाडि रहेर असाधारण काम गरेका अरू कोही तपाईंलाई थाहा छ ? comment गर्नुस, हामी सबैले चिनौं । ❤️🙏

भोलि देखि लगातार ५ दिन सार्वजनिक बिदा
03/09/2026

भोलि देखि लगातार ५ दिन सार्वजनिक बिदा

लगातार ५ दिन सार्वजनिक बिदा- प्रदेशका जिल्लाहरुमा
03/09/2026

लगातार ५ दिन सार्वजनिक बिदा- प्रदेशका जिल्लाहरुमा

देशैभरि र प्रदेशभर सार्वजनिक विदा दिईने बारे जरुरी सूचना

लगातार चार दिन सार्वजनिक बिदा- बागमती प्रदेशमा
03/09/2026

लगातार चार दिन सार्वजनिक बिदा- बागमती प्रदेशमा

रोकिएका सबै परिक्षाहरु भाद्र २२ गतेबाट संचालन हुने ।
02/09/2026

रोकिएका सबै परिक्षाहरु भाद्र २२ गतेबाट संचालन हुने ।

चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ     आज चार वर्षकी कृष्टिनाको घरभरि मान्छे झुम्मिएका छन् । घरको भुइँतलाको एउटा क...
02/09/2026

चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
आज चार वर्षकी कृष्टिनाको घरभरि मान्छे झुम्मिएका छन् । घरको भुइँतलाको एउटा कोठामा उनकी हजुरआमा जुनामाया पण्डित घरी बेहोस हुने, घरी सम्हालिने गरिरहेकी छिन् । होसमा आएका बेला उनी चिच्याउँछिन्, “ए राजा, मलाई रानी बनाएर राखेका थियौ । अहिले कहाँ गयौ ?”

कृष्टिनालाई आफ्नो घरमा के भइरहेको छ भन्ने जिज्ञासा त हुँदो हो मनमनै तर, उनका कलिला मनले त्यति बुझ्न भ्याएको छैन । उनलाई त आफ्नो घरभरि मान्छे आएकामा ठिकै लागेको छ । किनकि, कृष्टिनालाई काखमा राख्ने र बोक्ने मान्छेको कमी छैन त्यहाँ ।

काखमा लिने मान्छे जतिसुकै किन भए पनि मानिसले आफ्नो आमा सम्झन्छिन् र आफ्ना बाबालाई पनि । कृष्टिना त झनै सानी बालिका । एक छिन, एक छिन खेलेपछि हजुरआमा अनि काखमा लिनेहरूलाई सोधिरहन्छिन्, “मेरो ममी बाबा कहिले आउँछ ?”

अबोध ती बालिकाको यति गह्रुङ्गो प्रश्नको उत्तर न त जुनामायासँग छ, न त्यहाँ जम्मा भएका उनका छरछिमेकीसँग । कृष्टिनाले हरेक पटक आफ्नो आमा, बाबा खोज्दा जुनामायालाई भविष्यको डरलाग्दो बास्तविकताले घोचिरहेको छ ।

बुढेसकालमा एक्लै कलिला नाता, नातिनीलाई कसरी हुर्काउने, बढाउने ? कृष्टिनामाथिको नौ वर्षका नाति कृष्टल पण्डित पनि जुनामायाको साथैमा छ । जेठो कृष्टल बहिनीजस्तो बेखबर छैनन् । चितवनमा बस्ने अंकलका छोरीहरूलाई म्यासेज गर्छन् रे उनले, “मेरो ममी, बाबालाई के भा’ छ ? आमा किन रोएको ?” भनेर ।

“कसैको मोबाइल भेट्नै हुन्न, मेरो छोरीहरूलाई म्यासेज गर्ने रहेछ”, छिमेकी नर्मदा देवकोटाले भनिन्, “बाबु बुझ्ने भइसक्यो, मोबाइलमा आको बाढीको भिडियोहरू हेर्दो हो । सुरमा कुरा गर्दैन । आउँछ, केही हुन्न मात्र भन्छ । घरमा बस्दैन ।” घरको भिडभाडले उसको मन बिच्किँदो हो ।

सामाजिक सञ्जालमा यत्रतत्र आएका भिडियोहरूले आफ्नो मान्छेको पर्खाइमा बसेका कृष्टल र जुनामायाको घाउमाथि नुन भएजस्तै भएको छ । बुधबार भोटेकोशीमा आएको बाढीमा परेर गोसाईंकुण्ड तीर्थयात्रामा गएका पालुङ्टार नगरपालिका-५ ठाँटीपोखरीका जुनामायाका छोरा केदार पण्डित र बुहारी सरिता अधिकारी सम्पर्कविहीन छन् । उनीहरूसँगै ठाँटीपोखरीबाट तीर्थ गएका ३६ जनामध्ये छ जना सकुशल छन् । २९ जनाको अवस्था अज्ञात छ । एक जनाको शव चितवनमा फेला परेको छ ।

पालुङटार नगरपालिका-५ ठाँटीपोखरीस्थित चारकुनेका केदार र सरिता दुवैजना सरकारी विद्यालयका शिक्षक हुन् । उनीहरू बुधबार बिहान ४:३० बजेतिर गाउँलेहरूको साथमा गोसाईंकुण्ड तीर्थका लागि घरबाट हिँडेका थिए । जुनामायाले नै छोराबुहारीलाई यात्रामा चाहिने सबै सरसामान जुटाएर पठाएकी थिइन् । आफू त्यति हिँड्न नसक्ने भएर चार दिनका लागि घर र नाति, नातिनीको जिम्मा लिएकी थिइन् उनले । छोरा बुहारीबाट लिएको त्यो चार दिनको जिम्मेवारी अब जुनामायाको सधैँ, सधैँको जिम्मेवारी बनेको छ ।

साढे दुई वर्षअघि मात्र श्रीमान् गुमाएकी थिइन् जुनामायाले । तीर्थ गएका छोराबुहारी पनि अब फर्कन्नन् रे भन्ने हल्ला चलेको छ, गाउँमा । बुढेसकालको एक्लो ज्यान, अरुमा आश्रित हुनुपर्ने बेला कलिला बालबालिका कसरी हुर्काउने भन्ने चिन्ताको सागर भोटेकोसीझैँ फुटेको छ, उनीमाथि ।

“नरो बाबु, नरो । यी कलिला बालबच्चालाई हुर्काइदे अब”, जुनामायाको चित्कारपछि उनकी सखी नर्मदा देवकोटाले भनिन् । नर्मदा पनि कम पीडामा छैनन् । बाढीले उनकी काइली बुहारी दुर्गादेवीलाई पनि बेपत्ता बनाएको छ ।

गाउँका प्राय: सबै घरमा यस्तै-यस्तै पीडाले ठाँटीपोखरी यतिबेला शोकाकुल छ । स्थानीय लक्ष्मण गिरीका अनुसार माझटार टोलबाट बाढीमा मान्छे नपरेको एउटै घर छैन । कसको घरबाट कति मान्छे परे र कसको घरको अवस्था कस्तो भन्ने आधारमा उनीहरूले को बढी दुःखी भन्ने मापन गर्नुपरेको छ । सोही आधारमा बढी दुःखीको घरमा कम दुःखीहरू गएर सहानुभूति दिँदै छन् । एक अर्कालाई सम्झाउँदै छन् ।

घरघरमा शोकमा डुबेकाहरूलाई सम्हाल्न, सहानुभूति दिन कम शोकाकुल महिलाहरूको लर्को देखिन्छ । गाउँलेहरू कहाँ बेपत्ता भए, जिउँदा वा मृतावस्थामा कहाँ भेटिएला भन्ने दौडधुपमा पुरुषहरू छन् । शोकाकुल पालुङटारवासी चोक चौतारामा भेला हुने, अब कसरी पीडा सम्हाल्ने, कसरी व्यवस्थापन गर्ने भन्ने योजना बुन्दैछन् ।

गत भदौ १० गते करिब ८:५० बजे नुवाकोटको लेन्देखोला आसपासबाट बाढीमा बेपत्ता भएको ग२ख ११५२ नम्बरको बस र त्यसमा सवार सो ३६ जना यात्रुमध्ये छ यात्रु हाम्फालेर ज्यान बचाएका पालुङटार नगरपालिकाले जनाएको छ ।

सो बसमा सवार सागर देवकोटा, राममाया देवकोटा, पद्मकुमारी देवकोटा, तारा रानाभाट, रामहरि देवकोटा, सुजाता कौडाल, दुर्गादेवी देवकोटा, सपना देवकोटा, कृष्णकला सपना, मायादेवी देवकोटा, नानुमाया थापा, दुर्गा देवकोटा, चिनीमाया खत्री, शारदा देवकोटा, मुक्ति अम्गाई, मीठुमाया अम्गाईँ, घनश्याम देवकोटा, सम्झना देवकोटा, मायादेवी खड्का, सुस्मा न्यौपाने, केदार पण्डित, सरिता अधिकारी पण्डित, मधुमाया पण्डित, कमला पण्डित, दिलबहादुर खत्री, मुरारी खत्री, सुमी कुमाल, सुस्मिता कुँवर र गोमा पपने आजसम्म सम्पर्कविहीन रहेका पालुङ्टार नगरपालिकाले सार्वजनिक सूचना जारी गरी जनाएको छ । कमला देवकोटाको शव भने बिहीबार चितवनको देवघाट क्षेत्रमा फेला परेको पालिकाको भनाइ छ ।

Address

Sanothimi
Bhaktapur
00977

Alerts

Be the first to know and let us send you an email when SchoolNp Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to SchoolNp Education:

Shortcuts

Share