25/08/2024
शनिवार हलेसीबाट भक्तपुर फर्किने क्रममा सिन्धुलीको बेलटारस्थित सुनकोशी नदीमा खसेको भक्तपुरका हाइलाण्डर जिममा सवार ४ जना मध्य एक जना बाच्न सफल भएको छ भने ३ जना अझै ब्यपत्ता छन् । जिपमा सवार भक्तपुर नगरपालिका जगाती निवासी बर्ष २७ का सुशान्त कक्षपति बच्न सफल भएको छ भने चालक सुर्यविनायक नपा ६ का ३२ बर्षीय अबिन बके, भक्तपुर नपा ७ जगातीका ३० बर्षीय पुनित सैन्जु र भक्तपुर नपा २ ब्यासीका ३७ बर्षीय बलराम घटुव बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिनुभयो