29/12/2016
NCELL
toggle navigation
MAIN MENU
समाचार
दृष्टिकोण
अन्तर्वार्ता
मनोरञ्जन
खेलकुद
विश्व
अर्थ
प्रवास
स्वास्थ्य
साहित्य
जीवन शैली
प्रविधि
भिडियो
जनबोली
पत्रपत्रिका
यस्तो पनि
English
बूढो अनलाइन क्याटलगर: कदी
अशोक थापा
पुस्तकालय विज्ञानमा पुस्तकालयमा रहेका सामग्रीहरूको सूचीकरण गर्ने कार्यलाई क्याटलग भनिन्छ भने क्याटलग गर्ने व्यक्ति वा कर्मचारीलाई क्याटलगर भनिन्छ । हरेक पेसा उमेरसँग सम्बन्धित हुनु कुनै नौलो कुरा होइन । व्यक्तिले कुन उमेरदेखि काम गर्न थाल्ल ? र, कहिलेसम्म गर्छ ? यी दुवै प्रश्न सापेक्षित प्रश्नहरू हुन् ।
सामान्यतया नेपालका सन्दर्भमा १५-१६ वर्षपछि प्रवेशिका (एसएलसी) पास गर्छन् र काम गर्न थाल्छन् त्यो स्वाभाविक हो । अन्तर्राष्ट्रिय तहमा पेसाकर्मीको उमेरको मापदण्ड हेर्ने हो भने पनि ६० वर्षको हाराहारीमा सेवा निवृत्त (रिटार्ड) हुने प्रचलन छ । सेवानिवृत्त हुनु भनेको तपाईंको सक्रिय रूपमा कार्य गर्ने उमेर गुज्रियो भन्नु पनि हो । तर यहाँ उठान गर्न खोजिएको तथ्य के हो भने झन्डै ८७ वर्षको उमेर हुन लाग्दा पनि नियमित पुस्तकालयका सामग्री क्याटलग र्ने क्याटलगरको हो त्यो पनि अनलाइनको माध्यमबाट ।
उनको नाम कमलमणि आचार्य दीक्षित हो । साहित्यमा उनलाई कदी (कमल दीक्षित) नामले चिनिन्छ । उमेरले उनी ८७ वर्ष पुगे । उनको नियमित दिनचर्चा छ पुस्तकालयमा बस्ने, नयाँ पुराना कुराहरू पढ्ने र नियमति अनलाइन क्याटलग गर्ने । उनका बुढ्यौलीले नछोएका दश औँलाले झन्डै ३५ हजार पुस्तकहरू अनलाइन क्याटलग गरिसकेका छन् र निरन्तर गरिहरेको छ हरेक दिन ।
आजका पुस्ताका मान्छेहरू प्रविधिमा हिड्न बढी रुचाउँछन् तर नेपालका पुस्तकालय क्षेत्रको तथ्य भने फरक छ । त्यो फरकपन के हो भने उनीहरू प्रविधिमा रमेर काम गर्न रुचाउँदैनन् । नेपालका पुस्तकालहरू अनलाइन क्यटालगमा पुगेका कति छन् भन्यो भने हालसम्म दुई हातका औँलामा गन्न सकिन्छ । तर एउटा वृद्ध निरन्तर चस्माभित्रबाट अक्षर चिह्याइ रहेको छ त्यो पनि देवनागरी लिपिमा । मदन पुरस्कार पुस्तकालय जति पनि क्याटलग देश विदेशबाट हेरिएका छन् । त्यो उनैको पौरखले हेरिएका हुन् । उनको सक्रियता, उनको लगाव र संरक्षणका लागि लगावमा रहने उनी कमलमणि नेपालका मात्र नभएर सम्भवत: संसारकै बूढो क्याटलगर हुनु भन्नुमा सायद विरोध नहोला । युरोप अमेरिका हिन्दूस्तानमा पनि यति पाको मान्छेले हरेक दिन प्रविधमा रमेर पुस्तकालय व्यवस्थापन गरेको हामीलाई थाहा छैन ।
हुन त मदन पुरस्कार पुस्तकालयमा अन्य युवा (जोसिला) कर्मचारी नभएका होइनन् । उनीहरूको काम भने भिन्नै छ । उनीहरू स्क्यान गर्छन्, संरक्षणका लागि खट्छन्, पाठक सुविधालाई ध्यान दिन्छन् यस्तै यस्तै तर पुस्तकालयमा प्राप्त सामग्री भने उही व्यक्त गर्छ र गरिरहेको छ निरन्तर लाग्छ यो उसकै ठेक्का हो अरूको त्यहाँ कुनै पहुँच छैन । लामो समय उनले सामन्य कम्प्युटरमै काम गरे आँखामा हल्का समस्या भएपछि भने उनको अगाडि ठूलो स्किन (टीभी जस्तै) भित्तामा झुन्ड्याइएको छ । त्यो स्क्रिनभित्र चलबलाउँछन् रोमनबाटै चल्ने युनिकोड नेपाली अक्षर ।
अशोक थापा
उनीसँग सामन्य मान्छे झट्ट झ्याम्मिदैनन् किन भने उनी देखेका कुरा खरो रूपमा राख्छन् । जस तसलाई ती कुरा हजम नहुन पनि सक्छ । उनी जब तथ्यमा वात गर्न थाल्छन् उनका कुरा सुनेर कान थाक्दैनन् । साहित्यमा कुरा त उनी यति रसले गर्छन् त्यो नेपाली समालोचनामा अभिलेख नभएका तथ्य जस्ता लाग्छन् त ती तथ्यले नेपाली साहित्यको इतिहासको सम्परीक्षण गर्नुपर्छ ।
कुरा साहित्यको छोडी पुस्तकालयमै केन्द्रित छ । पुस्तकालयतर्फको लगाव भने उनको केटौली उमेरदेखि नै हो । उनी स्कुले केटो थिए तर उनमा एउटा अचम्मको सौख थियो जुन गुच्चा खेल्ने, लङ्गुर बुर्जा खेल्ने भन्दा भिन्न छ । उनी पुस्तक संकलन गर्न रुचाउँथे त्यो पनि खाजा खान दिएको पैसा बटुलेर । उनले सङ्कलन गरेका पुस्तक त्यसै असरल्ल छोड्न चाहेनन् । सुरुका दिनहरूमा उनले किताबमा कमलको नेपाली सङ्ग्रह भने छाप लगाए । त्यसलाई जम्मा गरे । बचाउने हरेक उपाय गरे । गाताबन्दी त्यो पनि हार्ड कभर हाल्ने काम पनि उनले गरे । प्रविधिले साथ नदिए पनि उनले जे प्रविधि देखे बुझे संरक्षणका लागि सोही कार्य गरे । पुस्तकमा कडा गाता हाल्नेदेखि, माइक्रो फिल्मिङ गर्ने, प्रविधि सहज हुँदै गएपछि स्क्यानिङ गर्ने आदि आदि ।
जब पुग्यो असी अनि कुना पसी भन्ने उखान दीक्षितका लागि लागू हुँदैन न त जब पुग्यो नब्य हब्य न कब्यले ने उनलाई छुने नै छ । हुन त अन्न पानीको शरीर हो जति बेलासम्म सुविस्ताले चल्छ सधैँ चलिरहन्छ भन्ने छैन । आजसम्म उनको अनुहारमा झल्कने खुसी, तेजिला आँखा र ठट्टा गर्ने अनौठो शैलीले लाग्छ उनले सय वर्षसम्म पनि अनलाईन क्याटलग गर्ने छन् । सुस्वास्थ्यको दीर्घायुको कामना एउटा बूढो अनलाईन क्यालगरलाई ।
(केही महिना अगाडि वहाँलाई भेटेर तयार पारिएको एक सामग्री, हार्दिक श्रद्धा-सुमनसहित)
PROMOTED CONTENT
by Mgid
No Talent, No Problem: Top Celebs Who Famous For No Reason
brainberries.co
90's Hottest Crushes You Forgot About
brainberries.co
9 Films That Have One Super Steamy Scene Everyone Remembers
brainberries.co
Charlie Harper’s 10 Sexiest Girlfriends And How They Look Now
brainberries.co
Photos Behind The Scenes Of Bodybuilding Contests
brainberries.co
19 Bodybuilders Who Have Definitely Exceeded Expectations
brainberries.co
प्रतिकृया लेख्नुहोस्:
सम्बन्धित
बुबा भन्नुहुन्थ्यो- ‘प्रचण्ड-बाबुराम एकअर्काबिना अपूर्ण हुन्छन्’
बुबा भन्नुहुन्थ्यो- ‘प्रचण्ड-बाबुराम एकअर्काबिना अपूर्ण हुन्छन्’
काङ्ग्रेसले कम्युनिष्टलाई भन्थे- ऊ खरानी आयो, फुक्फुक्
काङ्ग्रेसले कम्युनिष्टलाई भन्थे- ऊ खरानी आयो, फुक्फुक्
परम्परावादी सोच त्याग्न सके पो युवा !
परम्परावादी सोच त्याग्न सके पो युवा !
नयाँ शक्ति, बाबुराम र केटाकेटी
नयाँ शक्ति, बाबुराम र केटाकेटी
राजनीतिमा जुत्ता प्रहार: यी हुन् विश्वकै चर्चित ३३ जुत्ताकाण्ड
राजनीतिमा जुत्ता प्रहार: यी हुन् विश्वकै चर्चित ३३ जुत्ताकाण्ड
किन चाहन्छ भारत नेपालमा अस्थिरता ?
किन चाहन्छ भारत नेपालमा अस्थिरता ?
वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
काठमाडौं, १४ पुस । वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बीए्डबी अस्पतालमा श्वासप्रश्वासको...
निषेधको राजनीति निकै घातक हुन्छ, संवादबाट समाधान खोजौं : डा. भट्टराई
राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँदै आयोगले भन्यो, ‘सफल निर्वाचन गराउन प्रतिबद्ध छौँ’
समाचार
दोस्रो खेलमा नेपालको माल्दिभ्समाथि ९-० को सानदार जित
बेलायतसँगको सम्बन्धलाई अझ सुदृढ र सुमधुर तुल्याउन चाहन्छौँ : परराष्ट्रमन्त्री डा महत
प्रधानमन्त्रीद्वारा घिमिरे, जोशी र दीक्षितलाई सम्मान
वाणिज्य क्षेत्रको सम्भावनालाई उजागर गर्नुपर्छ : मन्त्री थकाली
राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार प्रवाह गर्नुपर्छ : परराष्ट्रमन्त्री महत
गुरुयोजनाका आधारमा पोखराको विकास गरिनुपर्छ: मन्त्री केसी
दोहोरो चरित्र नदेखाउन एमाले कांग्रेसलाई उपेन्द्र यादवको आग्रह
संविधान कार्यान्वयनमा प्रमुख दल एक हुनुपर्दछ : मन्त्री पाण्डे
दृष्टिकोण
संविधान संशोधनको गतिरोध र समाधानका विकल्पहरु
संविधान संशोधनको गतिरोध र समाधानका विकल्पहरु
डा. बाबुराम भट्टराई
माओवादी मोहले नयाँ शक्ति बन्दैन
माओवादी मोहले नयाँ शक्ति बन्दैन
सौगात पोखरेल
मुख्य पोस्टआजको लोकप्रियताजा अपडेट
वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
निषेधको राजनीति निकै घातक हुन्छ, संवादबाट समाधान खोजौं : डा. भट्टराई
राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँदै आयोगले भन्यो, ‘सफल निर्वाचन गराउन प्रतिबद्ध छौँ’
उपयोगी लिंकहरु
नेपाली–अंग्रेजी मिति परिवर्तन नेपाली–अंग्रेजी मिति परिवर्तन लोडसेडिङ तालिका लोडसेडिङ तालिका भाषा परिवर्तन गर्नुहोस् भाषा परिवर्तन गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस् प्रितिबाट युनिकोडमा परिवर्तन प्रितिबाट युनिकोडमा परिवर्तन आजको विनिमयदर आजको विनिमयदर सुन–चाँदी सुन–चाँदी सेयर बजार सेयर बजार रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस् राशीफल, जोखाना र आफ्नो भाग्य आफैँ हेर्ने एप राशीफल, जोखाना र आफ्नो भाग्य आफैँ हेर्ने एप
Rupee Exchange Rate
in NPR
Australian Dollar Australia 78.3
Swiss Franc Switzerland 106
Euro EU 114
British Pound United Kingdom 133
Hong Kong Dollar Hong Kong 14
Japanese Yen Japan 0.932
American Dollar United States 109
29 Dec 16
Quick Links
हाम्रो बारे
सम्पर्क
विज्ञापनको लागि
Unicode Converter
हाम्रो टिम
कार्यकारी निर्देशक
रुद्रप्रसाद भट्ट
प्रमुख लेखक/टिप्पणीकार
गनेस पौडेल, रेशम थापा
अपरेशन हेड
नारायण पाण्डे
प्रधान सम्पादक
सुदर्शन खतिवडा
सम्पादक
रामचन्द्र भण्डारी
सामाजिक सञ्जाल
Facebook
Twitter
Youtube
सम्पर्क
Typical Media Pvt. Ltd.
Kathmandu-14, Kalanki.
E-mail : [email protected]
Tel : 01-4301974
Copyright © 2016 Typical Media Pvt. Ltd.
Supported by: Best Nepal
ShareThis Copy and Paste - See more at: http://www.sajhapost.com/2016/12/29/56839.html .ZklEjUaq.NU9oq4w8.dpuf
पुस्तकालय विज्ञानमा पुस्तकालयमा रहेका सामग्रीहरूको सूचीकरण गर्ने कार्यलाई क्याटलग भनिन्छ भने क्याटलग गर्ने व्यक्ति वा कर्मचारीलाई क्याटलगर भनिन्छ । हरेक पेसा उमेरसँग सम्बन्धित हुनु कुनै नौलो कुरा होइन । व्यक्तिले कुन उमेरदेखि काम गर्न थाल्ल ? र, कहिलेसम्म गर्छ ? यी दुवै प्रश्न सापेक्षित प्रश्नहरू…