नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुर

  • Home
  • Nepal
  • Bhaktapur
  • नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुर

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुर Official facebook account of Nepali congress Bkaktapur run by NC Bkt districts secretary´s secretaria

 #सादर  #निमन्त्रणाः   यदि पठाइएको कार्ड प्राप्त नभएको भए, यसैलाई निमन्त्रणा ठान्नुहुन अनुरोध गर्दछौं।नेपाली कांग्रेस जि...
20/10/2025

#सादर #निमन्त्रणाः
यदि पठाइएको कार्ड प्राप्त नभएको भए, यसैलाई निमन्त्रणा ठान्नुहुन अनुरोध गर्दछौं।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुर द्वारा आयोजना हुने “शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर–२०८२ स्मारिका विमोचन समारोह” मा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
धन्यवाद, जय नेपाल!

#कार्यक्रम:
📅 मिति: २०८२ कार्तिक ५ गते, बुधबार
🕗 समय: बिहान ८:०० बजे
📍 स्थान: भक्तपुर बहुमुखी क्याम्पस प्राङ्गण, दुधपाटी

प्रार्थीः
दुर्लभ थापा
सभापति एवम्
नेपाली कांग्रेस जिल्ला कार्यसमिति, भक्तपुर परिवार।

सादर निमन्त्रणाका साथ —जय नेपाल !सम्पूर्ण भक्तपुरवासी दाजुभाइ दिदीबहिनीहरुमा,     हामीले सकेसम्म सबै क्षेत्रीय प्रतिनिधि...
18/10/2025

सादर निमन्त्रणाका साथ —
जय नेपाल !
सम्पूर्ण भक्तपुरवासी दाजुभाइ दिदीबहिनीहरुमा,
हामीले सकेसम्म सबै क्षेत्रीय प्रतिनिधि, तहगत समिति, क्रियाशील सदस्य र शुभेच्छुकहरूसँग भेटघाट र संवाद गर्न प्रयास गर्‍यौं, तर समय परिस्थितिले सबैलाई भेट्न नसकिएको कुरा स्वाभाविक हो।
जिल्ला कार्यसमिति, भक्तपुरले विगतका वर्षझैँ यस वर्ष पनि “शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन” कार्यक्रम यही कार्तिक ५ गते बिहान ८:०० बजे भक्तपुर बहुमुखी क्याम्पसमा आयोजना गर्ने तय गरेको छ र निमन्त्रणा कार्ड सम्बन्धित वडा कार्यसमिति तथा तहगत समितिहरूमा पुर्‍याइसकिएको छ।
पार्टी सङ्गठन, सुदृढीकरणका मेरुदण्ड तपाईंहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आग्रह गर्दछौँ —
यदि निमन्त्रणा आइन् पुगेको भए यसैलाई निमन्त्रणा मानी उपस्थिति भइदिन सादर अनुरोध गर्दछौं।
धन्यवाद, जय नेपाल !!

अनुरोधक:
नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुर, परिवार।

 #प्रेस  #विज्ञप्ति !
12/09/2025

#प्रेस #विज्ञप्ति !

🌳 "स्मृति दिवस"🌳      कार्तिक २४, भक्तपुर ! नेपाली काँग्रेसका संस्थापक श्रद्धेय नेता सुवर्ण शमशेरको स्मृति दिवसको उपलक्ष...
09/11/2024

🌳 "स्मृति दिवस"🌳

कार्तिक २४, भक्तपुर ! नेपाली काँग्रेसका संस्थापक श्रद्धेय नेता सुवर्ण शमशेरको स्मृति दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले पार्टी कार्यालय सल्लाघारीमा एक मिनेट मौन स्मरण गर्दै माल्यार्पण गर्यो।
नेता सुवर्ण शमशेरको सङ्घर्षमय जीवन, मुलुकका प्रति उहाँले पुर्‍याउनु भएको अभूतपूर्व र अतुलनीय योगदनको स्मरण गर्दै नेता सुवर्ण शमशेरप्रति जिल्ला कार्य समिति भक्तपुर हार्दिक श्रद्धा समुन अर्पण गर्दछ।
जय नेपाल !

चुलै निम्तो :     सबै तहगतका सबै कार्य समिति पदाधिकारी / सदस्य तथा क्षेत्रीय प्रतिनिधि / क्रियाशील सदस्य एवम् शुभेच्छुक ...
01/11/2024

चुलै निम्तो :
सबै तहगतका सबै कार्य समिति पदाधिकारी / सदस्य तथा क्षेत्रीय प्रतिनिधि / क्रियाशील सदस्य एवम् शुभेच्छुक साथी तपाईँहरूलाई हामीले निमन्त्रणा पठाएका छौँ ।
कुनै कारणवश निमन्त्रणा प्राप्त नभए यसैलाई निमन्त्रणा सम्झी दिनहुँँन सादर अनुरोध छ ।

प्रार्थी :
#सुशीलबस्नेत
#सचिव एवं
नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुर नेपाली कांग्रेस भक्तपुर नेपाली काँग्रेस Nepali Congress परिवार ।
Highlights Nepal

🌳"१०० दिने विशेष अभियान शुभारम्भ"🌳       कार्तिक ३, भक्तपुर ! नेपाली काँग्रेस केन्द्रीय समितिको परिपत्र अनुरूप पार्टीको ...
19/10/2024

🌳"१०० दिने विशेष अभियान शुभारम्भ"🌳
कार्तिक ३, भक्तपुर ! नेपाली काँग्रेस केन्द्रीय समितिको परिपत्र अनुरूप पार्टीको सबै तहका साङ्गठनिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यका साथ "१०० दिने विशेष अभियान" को जिल्ला पार्टी कार्यालयमा पानसमा दीप प्रज्वलन गरि केन्द्रीय प्रतिनिधि एवम् नेता बल बहादुर के.सी ज्युले शुभारम्भ गर्नुभयो।
उक्त बैठकमा केन्द्रीय प्रतिनिधि नेता के.सीले पार्टीको १०० दिने अभियानको बारेमा तथा आफ्नो धारणा राख्नु भयो । केन्द्रीय सदस्य मदन कृष्ण श्रेष्ठ, पूर्व जिल्ला सभापति लेखनाथ न्यौपाने, गणेशमान चक्रधर , महेश श्रेष्ठ, नेता माथवर सिंह बस्नेत लगायत नेताले अभियानको शुभकामना व्यक्त गर्नु भयो।
सभापति एवम् माननीय दुर्लभ थापाको सभापतित्वमा बसेको जिल्ला कार्य समितिको बैठकमा, कार्यसमितिका पदाधिकारी / सदस्य, भक्तपुर स्थित केन्द्रीय सदस्य, पूर्व जिल्ला सभापति, बागमती प्रदेश सदस्य, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्रका सभापति, नगर सभापति, निर्वाचित जनप्रतिनिधि तथा भातृ संघ / शुभेच्छुक संस्थाका अध्यक्ष लगायत जिल्ला स्थित उच्च नेता साथीहरूको सहभागी रहयो ।

 #महासमितिमा हामी !         #नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव एवं माननीय कृष्ण पौडेलसंग जिल्ला सचिव द्वय ...
26/02/2024

#महासमितिमा हामी !

#नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव एवं माननीय कृष्ण पौडेलसंग जिल्ला सचिव द्वय सुशील बस्नेत , राजेश खड्का !

#महासमिति #बैठकलाई #गोदावोरी
#भक्तपुर मिति :-२०८०/११/१०

31/12/2023
🌳"हार्दिक बधाई"🙏🌳     नेपाली काँग्रेस बागमती प्रदेशको प्रथम सम्मेलनका अवसरमा जिल्ला कार्यसमिति भक्तपुरका पूर्व सभापति एव...
23/12/2023

🌳"हार्दिक बधाई"🙏🌳
नेपाली काँग्रेस बागमती प्रदेशको प्रथम सम्मेलनका अवसरमा जिल्ला कार्यसमिति भक्तपुरका पूर्व सभापति एवं प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थज्यू सम्मानित हुनुभएको छ ।
नेपाली काँग्रेसमा लामो समय सम्म प्रवासमा रही विभिन्न आन्दोलनहरूमा योगदान दिनु भएका पूर्व सभापति कायस्थलाई नेपाली कांग्रेस भक्तपुर #हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछ ! जय नेपाल !!

Address

Nepali Congress Bhaktapur
Bhaktapur
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुर:

Share