Mahesh Basnet

Directions Website Contact the organization

Mahesh Basnet Mahesh Basnet, Ex-Minister for Industry, Secretary of CPN UML

महेश बस्नेत नेकपा एमालेको चर्चित युवा नेता हुनुहुन्छ । उहाँ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको पूर्व अध्यक्ष हुनुहुन्छ । पूर्णबहादुर र ईश्वरी बस्नेतका छोरा महेशको जन्म ०३१ साल माघ ३ गते भक्तपुरको (साविक गुण्डु गाविस ४) हालको सूर्यविनायक नगरपालिका वडा नंं ७ मा भएको हो । उहाँले कानूनमा स्नातक गर्नुभएको छ । बस्नेत २०४९ सालमा नेकपा एमालेको साधारण सदस्य हुनुभएको थियो । २०५५ सालमा युवा संघ नेपालको जिल्ला अध्यक्ष र नेकपा एमाले जिल्ला सदस्य हुनुभयो । २०५६ सालमा युवा संघ नेपालको केन्द्रीय सदस्य, २०६३ मा केन्द्रीय कोषाध्यक्ष हुँदै उहाँ २०६५ सालमा युथ फोर्सको प्रमुख हुनुभयो । बस्नेत २०६६ सालमा दोश्रो पटक युवा संघको अध्यक्ष हुनुभयो ।

२०५० सालमा गुण्डु गाविस वडा नम्वर ४ को वडा अध्यक्ष हुनुभएका बस्नेत ०५४ सालमा २३ वर्षकै उमेरमा गाविस अध्यक्ष भएर काम गर्नुभयो । देशकै कम उमेरको गाविस अध्यक्ष हुँदा विकासमुखी र जनमुखी कार्यलाई सफलतापूर्वक सम्पन्न गर्नुभएका कारण उहाँको चर्चा जिल्लाभरिनै भएको थियो । २०७१ भाद्र २७ गते नेपाल सरकारका उद्योगमन्त्री नियुक्त हुनुभएका बस्नेतले उद्योगमन्त्रालयमा १३ महिना आफ्नो जिम्मेवारी सम्हाल्नुभयो । उद्योगमन्त्री भएकै बेला २०७२ सालको भूकम्प प्रभावित भक्तपुरबासीहरुका निम्ति विशेष कार्यक्रमसहित जनताको घरदैलोमा पुगेर प्रत्यक्ष रुपमा मावनीय कार्यमा जुट्नुभयो ।नेकपा एमालेको दशौं राष्द्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा निर्वाचित भई, २०७८ मंसिर २५ र २६ मा बसेको केन्द्रिय कमिटिको बैठकबाट पोलिट ब्युरो सदस्य साथै युवा इन्चार्ज हुनुभएको हो । भक्तपुरको समग्र विकासमा समेत सक्रिय बस्नेतको प्रत्यक्ष सहभागितामा विकास निर्माणका हरेक गतिविधिहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

https://www.nepalpress.com
08/10/2026

https://www.nepalpress.com

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले मंसिरको पहिलो साता काठमाडौं हुने राष्ट्रिय भेलामा करिब २० ....

नेकपा (एमाले) स्थायी कमिटीको प्रथम बैठक२०८३ असोज २२ च्यासल, ललितपुरनयाँ जिम्मेवारी, नयाँ ऊर्जा र संगठन सुदृढीकरणको नयाँ ...
08/10/2026

नेकपा (एमाले) स्थायी कमिटीको प्रथम बैठक

२०८३ असोज २२
च्यासल, ललितपुर

नयाँ जिम्मेवारी, नयाँ ऊर्जा र संगठन सुदृढीकरणको नयाँ संकल्पसहित स्थायी कमिटीको प्रथम बैठक चलिरहेको छ।

08/10/2026

केही गलत मनसाय बोकेका आपराधिक तत्वले फेसबुकमा गलत मिसन साथ झुटा पोस्ट हाल्ने, चरित्रहत्या गर्ने अनि त्यही झुटलाई आधार बनाएर वाइयात समाचार बनाउने केही हल्का, फुल्का अनलाइन मिडिया देख्दा दया लागेर आउँछ।

पत्रकारिता तथ्य खोज्ने पेशा होला, फेसबुकको हल्ला टिपेर समाचार बनाउने हो र ?

सत्य, प्रमाण र जिम्मेवारीबिनाको यस्तो पत्रकारिताले अन्ततः मिडियाकै विश्वसनीयता समाप्त गर्छ।

अझ विडम्बना, सरकार आफ्ना आलोचकलाई दुःख दिन र उनीहरु विरुद्ध साइबर बुलिङ हुँदा पनि उजुरीको बेवास्ता गर्दै त्यस्तै साइबर ब्युरो, प्रेस काउन्सिल जस्ता निकाय समेत रमिते बनेर बस्छ।

08/10/2026

भोटेकोशी बाढीपीडितलाई रोटरी क्लब अफ रुद्रमतीको सहयोगमा राहत सामग्री वितरण यो सँगै नेशनल भोलेन्टियर फोर्सको ८औँ राहत वितरण सम्पन्न।बाँकि तल।

झन्डै दुई तिहाइको सरकार,चालु सदन बन्द गरेर तीन, तीनवटा अध्यादेश ल्याउछ!बहुमत हुँदाहुँदै अध्यादेशबाट शासन चलाउनुलोकतान्त्...
07/10/2026

झन्डै दुई तिहाइको सरकार,
चालु सदन बन्द गरेर तीन, तीनवटा अध्यादेश ल्याउछ!

बहुमत हुँदाहुँदै अध्यादेशबाट शासन चलाउनु
लोकतान्त्रिक अभ्यास हो कि कानुनी शासनको उपहास?

नियत जति सफा भए पनि,
संसद छलेर शासन गर्ने प्रवृत्ति गलत छ।

07/10/2026

भोटेकोशी बाढी,पहिरोमा राहत र उद्धारमा उत्कृष्ट काम गरेका नेकपा (एमाले) का स्वयंसेवकहरू अब पुनर्निर्माणमा जुटेका छन्।

पीडित परिवारका लागि अस्थायी टहरा निर्माण गरी वितरण गर्ने अभियान सुरु भएको छ।

राहतमा हात, उद्धारमा साथ।
अब पुनर्निर्माणमा श्रमदान।

संकटमा जनता, जनतासँगै एमाले स्वयंसेवक।

06/10/2026

नेकपा एमाले बिर्तामोडको जागरण अभियानमा पूर्वमन्त्री देवेन्द्र दाहाल उठेका जिज्ञासाको जवाफ दिँदै।जागरण, संवाद र संगठन सुदृढीकरण! थप कमेन्टमा।

नेकपा (एमाले) बागमती प्रदेश संगठन विभागको बैठक   सम्पन्न भएको छ।बैठकले पार्टी सदस्यता नवीकरण तथा विस्तारको विवरण संकलन, ...
06/10/2026

नेकपा (एमाले) बागमती प्रदेश संगठन विभागको बैठक सम्पन्न भएको छ।

बैठकले पार्टी सदस्यता नवीकरण तथा विस्तारको विवरण संकलन, जिल्ला, पालिका, वडा तहका संगठन विभागका कामलाई व्यवस्थित गर्ने तथा ‘मिसन पार्टी जागरण अभियान–२०८३’ अन्तर्गत संगठनसम्बन्धी गतिविधिलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

आश्विन १५ गतेसम्म नवीकरण तथा विस्तार भएका पार्टी सदस्यहरूको विवरण संकलन गरी माथिल्लो कमिटीमा पठाउने कार्यलाई प्राथमिकता दिइनेछ।

06/10/2026

ग्यास माग्दा, “ग्यास हाम्रो नियन्त्रणमा छैन!”
चामल नपाउँदा, “मकै फलाऔँ!”
भोलि नुन नपाए, “समुद्र खोतलेर निकालौँ!” भन्ने होला।

जनतालाई उपदेश होइन, समाधान र जवाफदेहिता चाहिएको हो।
सरकारले असम्भव विकल्प सिकाउने होइन, आफ्नो जिम्मेवारी र पहलकदमि बताउने होला नि।

जनताको चेतना र छनोट जस्तो हुन्छ,
नेता पनि त्यस्तै पाउँछन भन्ने उदाहरण यही हो।

जेन्जीको आडमा सत्तामा पुग्ने,
अनि जनताको समस्यामा ‘हाम्रो नियन्त्रणमा छैन’ भन्दै पन्छिने ।

05/10/2026

तिमी एकदिन थाक्नेछौ,
राम्रो काम गर्दा गर्दै।
तर कुरा काटनेहरु कहिल्यै थाक्दैन,
तिम्रा गल्ती गन्दा गन्दै।

Address

Bhaktapur
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Mahesh Basnet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mahesh Basnet:

Shortcuts

Share

Category