Nepali Congress Bhaktapur

Nepali Congress Bhaktapur राजनीतिक पार्टी

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले राजनीतिक एवं पार्टी सङ्गठनलाई सुदृढ, अनुशासित र सक्रिय राख्दै पार्टीको मूल व...
11/11/2025

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले राजनीतिक एवं पार्टी सङ्गठनलाई सुदृढ, अनुशासित र सक्रिय राख्दै पार्टीको मूल विचार, लोकतान्त्रिक मूल्य मान्यता र जनताको अधिकारका पक्षमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। सङ्गठन विस्तार, नीति तथा प्रशिक्षण, सामाजिक उत्तरदायित्वका क्षेत्रमा यस कार्यसमितिको सक्रियता भक्तपुरमा लोकतान्त्रिक आन्दोलनको आधार स्तम्भका रूपमा रहेकोछ। साथै जिल्ला कार्य समितिको अथक प्रयास स्वरुप निर्मित आफ्नै भवनबाट कार्य संचालन गर्दै आएकोमा हामी गौरवान्वित भएका छौँ । भवन निर्माणमा सहयोग पुर्‍याउनु हुने सबैमा कृतज्ञता ज्ञापन गर्दछु ।
नेपालमा भएका लोकतान्त्रिक आन्दोलन र विभिन्न कालखण्डमा लोकतन्त्र प्राप्ति र पुनःस्थापनाका सङ्घर्षहरूमा भक्तपुर जिल्लाको उल्लेखनीय सहभागिता र अतुलनीय योगदान सदा स्मरणीय रहनेछ। ती ऐतिहासिक सङ्घर्षहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका अग्रज नेता तथा लोकतन्त्र स्थापनाका लागि समर्पित, सादगीपूर्ण जीवन बिताएका, ज्ञात र अज्ञात सहिदहरूप्रति जिल्ला कार्य समितिको तर्फबाट म हार्दिक श्रद्धा र नमन अर्पण गर्दछु।
जय नेपाल !

राजनीतिक प्रतिवेदन
Sushil Basnet
Rajesh Khadka
Rajesh Khadka
#सचिव
स्रोत -
जय नेपाल भक्तपुर स्मारिका २०८२
नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुर

 #शुभकामना !सम्पूर्ण भक्तपुरवासी एवं नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वाथ्य, दिर्घा...
27/09/2025

#शुभकामना !
सम्पूर्ण भक्तपुरवासी एवं नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वाथ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय #शुभकामना व्यक्त गर्दछु।
जय नेपाल !

Sushil Basnet
#सचिव एवं
नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुर , परिवार !

नेपाली कांग्रेस महासमितिको  #बैठक, २०८० फागनु ७—१० गतेसम्म गोदावरी, ललितपुरमा हुने बैठकको भव्य सफलताको शुभकामना !नेपाली ...
16/02/2024

नेपाली कांग्रेस महासमितिको #बैठक, २०८० फागनु ७—१० गतेसम्म गोदावरी, ललितपुरमा हुने बैठकको भव्य सफलताको शुभकामना !

नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुर

"जिल्ला सम्मेलन-२०८० सफल गरौँ "सम्पुर्ण क्षेत्रीय प्रतिनिधिहरुलाई उपस्थितिको लागि  #हार्दिक अनुरोध गर्दछ।          🙏 🇳🇵ज...
03/06/2023

"जिल्ला सम्मेलन-२०८० सफल गरौँ "
सम्पुर्ण क्षेत्रीय प्रतिनिधिहरुलाई उपस्थितिको लागि #हार्दिक अनुरोध गर्दछ।
🙏 🇳🇵जय नेपाल 🌳🇳🇵
#सुशीलबस्नेत
#सचिव एवम्
नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुर, परिवार !

लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मतदाताहरुलाई अभिवादन गर्दै एक चुनावी सभामा !
18/11/2022

लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मतदाताहरुलाई अभिवादन गर्दै एक चुनावी सभामा !

18/11/2022

प्रेस विज्ञप्ती
आदरणीय भक्तपुरका आम मतदाताहरु,
भक्तपुर क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य भक्तपुर क्षेत्र नं. २ (क) का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरु जिल्ला सभापति दुर्लभ थापा र महासमिति सदस्य बिष्णुराज कार्की विरुद्ध एक अनलाइन पोर्टल एभरेष्ट मिशन डटकममा प्रकाशित समाचार प्रति नेपाली कांग्रेस भक्तपुरको गम्भिर ध्यानाकर्षण भएकोछ ।
समाचार जुन तल्लो स्तरको गाली गलौजको शैलीमा प्रकाशन भएकोछ, यसले पत्रकारिताको मर्यादा, आचार संहिता र निर्वाचन आचार संहिता २०७९ विपरित रहेकोछ ।
भक्तपुरमा तेब्बर मतान्तरले जित्ने दावी गर्दै आएकाहरु निर्वाचनमा हार निश्चित भएपछि आफ्ना नजिकका अनलाइन मार्फत तल्लो स्तरको गाली गलौजमा उत्रेको, कांग्रेस र उसका उम्मेदवारको चरित्र हत्यामा उत्रेको कांग्रेसको ठहर छ ।
विगतमा भक्तपुर अस्पतालका मेसु मार्फत अस्पताल निर्माणमा भइरहेको कार्यबाट खाइरहेको कमिशन बन्द भएको, हनुमन्ते करिडोरका नाममा भएको अनियमितता सार्वजनिक भएको, नेपाल इन्जिनियरिङ कलेज आफ्नो स्वार्थ अनुरुप सञ्चालन गर्न नपाएको, गुण्डुमा यातायात कार्यालय निर्माणमा कमिशन खान नपाएको, विगतमा आफुले गरेको वाचा अनुसार जनतालाई खानेपानी उपलब्ध गराउन नसकेको कारण जनताबाट तिरस्कृत हुने अवस्था आएपछि निर्वाचनको मौन अवधी शुरु हुनै लाग्दा नेकपा एमाले र महेश बस्नेत लगायत केही कांग्रेस माथि दोष थोपारेर पानी माथिको ओभानो बन्न खोजेको कांग्रेसको ठहर छ ।
पहिला आफ्ना आसेपासेलाई सस्तो दरमा जग्गा किन्न लगाउने त्यसपछि बजेटको व्यवस्थापन नभई विर अस्पताल निर्माणको योजना राख्ने र सोही कारण देखाउँदैं महँगोमा जग्गा बिक्रि गरी खाएको कमिशनका कारण अफ्ठ्यारो स्थिती उत्पन्न भएपछि त्यसबाट जोगिन एमालेले कांग्रेसले विर अस्पताल बन्न नदिएको भनी भ्रम सिर्जना गर्न खोजेको छ ।
यसैगरी पहिला हनुमन्ते खोलाको धार परिवर्तन गर्न नदिने पक्षमा आन्दोलन गर्ने र धार परिवर्तन गर्नेलाई भूमाफियाको संज्ञा दिएका महेश बस्नेत आफैं नेतृत्व गरी हनुमन्ते करिडोरका नाममा खोला सार्ने कार्यको नेतृत्व गरेर भूमाफियाको नाईके प्रमाणित भएको तथ्यलाई धाकछोप गर्न एमाले गाली गलौज जस्तो तल्लो स्तरको राजनीतिमा ओर्लिएको हो । कांग्रेस नेतृत्वको सरकारले भक्तपुरका कुनै पनि योजनाको बजेट कटौती नगरेको तथ्य पनि स्पष्ट पार्न चाहन्छौं ।
सूर्यविनायक नगरपालिकामा नेकपा एमालेकै नेतृत्व र बहुमत रहेको छ । यस तथ्यलाई बंग्याएर उपभोक्ता समितिमा दलका कार्यकर्ता पोसेको भन्नु कतिको साँचो हो, जनता स्वयम्ले प्रष्टसँग बुझेको छ ।
कांग्रेसमा अहिले अभुतपुर्व सहकार्य र एकता रहेको छ । कांग्रेसमा मात्र होइन गठबन्धनमा रहेका दलहरुबीच समेत बलियो एकता र सहकार्य रहेको छ । यसबाट त्रसित विपक्षीहरु कांग्रेस र गठबन्धनमा रहेका दलहरुलाई भाँड्ने षडयन्त्र गरिरहेका छन । यही षडयन्त्रबाट चुनाव जित्न सकिन्छ भन्ने मानसिकतामा रहेको छ ।
जिल्ला सभापति दुर्लभ थापा विभिन्न पेशा व्यवसायमा संलग्न भएको जानकारी गराउँदैं आफ्नै पौरखको कमाईले विद्युतीय गाडी र जग्गा खरिद गर्न सकिने तथ्य जगजाहेर हुँदा हुँदैं उम्मेदवारको टिकट खरिद बिक्री गरेर विद्युतीय गाडी र जग्गा उपहार लिएको भनी भ्रम सिर्जना गर्न खोजेको कांग्रेसको ठहर छ ।
समाचारमा भक्तपुर क्षेत्र नं. २ (क) प्रदेश सभा सदस्यका उम्मेदवार विष्णुराज कार्कीप्रति लक्षित गरी अस्पताल जस्तो पवित्र व्यवसाय गरी भक्तपुरलगायत छिमेकी जिल्लाबासीलाई समेत सरल, सहज र सुपथ मूल्यमा अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउँदैं आएको तथ्यलाई बंग्याएर विपक्षी दल र उम्मेदवार भ्रमको राजनीतिमा उत्रेको छ ।
कांग्रेस कुनै पनि भ्रमको राजनीतिबाट अलग रहेको छ र रहिरहन्छ । कांग्रेस कुनैपनि अनियमितता र भ्रष्टाचारको खिलापमा रहेको छ । कांग्रेस जुनसुकै घटनाको छानविन गरी कानुन बमोजिम कारवाही हुनुपर्छ भन्ने मान्यता राख्दछ । कांग्रेस त्यसमा सहयोग गर्न सदैव तयार समेत रहन्छ ।
अन्त्यमा,
विगतमा आफ्नो गलत आचरण र गैर राजनीतिक क्रियाकलापबाट आफ्नो प्रतिष्ठामा आँच पुग्ने निश्चित भइसकेकपछि त्यस्ता घटनालाई धाकछोप गर्न विपक्षी उम्मेदवारको चरित्र हत्या गर्ने उद्देश्यले प्रायोजित रुपमा अनेक लाञ्छना लगाउने जस्तो तल्लो स्तरको गैरराजनीतिक क्रियाकलापमा उत्रेका दल र तीनका उम्मेदवारको विपक्षमा मतदान गरी मंसिर ४ गते आफ्नो अमूल्य मत मार्फत गतिलो जवाफ दिन कांग्रेसले आम मतदातालाई आग्रह गर्दछ ।
जय नेपाल !

प्रवक्ता
रविन्द्र प्रधान
२०७९ मंसिर १, भक्तपुर !

30/10/2022
नेपाली कांग्रेस जिल्ला कार्यसमितिको एघारौं बैठकमा सचिव सुशील बस्नेत,  सहसचिव यादव प्रसाद अधिकारी, कृष्णमुरारी न्यौपाने !
14/08/2022

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको एघारौं बैठकमा सचिव सुशील बस्नेत, सहसचिव यादव प्रसाद अधिकारी, कृष्णमुरारी न्यौपाने !

14/08/2022

साउन २८, भक्तपुर ! जिल्ला कार्यसमिति भक्तपुरको एघारौं बैठकले सदस्य रामेश्वर धोजु जिल्ला संगठन शाखा प्रमुख र श्रृजना केसीलाई सामाजिक संघ संस्था समन्वय शाखाको प्रमुखमा सर्वसम्मत चयन गरेको छ ।
हार्दिक बधाई तथा सफल कार्यकाल शुभकामना 🙏

नयाँ वर्ष- २०७९ को शुभ अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर...
14/04/2022

नयाँ वर्ष- २०७९ को शुभ अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
जय नेपाल !

13/02/2022

प्रेस विज्ञप्ति !
जिल्ला सदस्य पदमा मनोनयन !

नेपाली कांग्रेस भक्तपुरका सभापति श्री दुर्लभ थापाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १२ को उपधारा ५ (ख) २ बमोजिम श्री रबिन्द्र प्रधानलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको सदस्य पदमा मनोनयन गर्नु भएको छ ।

सुशील बस्नेत
सचिव
माघ २९, २०७८ भक्तपुर !

Address

Bhaktapur
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Congress Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali Congress Bhaktapur:

Share