Bhaktapur Municipality

Bhaktapur Municipality Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhaktapur Municipality, Government Organization, व्यासी, Bhaktapur.

भक्तपुर नगरपालिका गुन्हीपुन्ही २०८३ प्रदर्शन गरिने परम्परागत एवं आधुनिक सांस्कृतिक विधाहरू प्रस्तुति २०८३/०५/१८
03/09/2026

भक्तपुर नगरपालिका गुन्हीपुन्ही २०८३ प्रदर्शन गरिने परम्परागत एवं आधुनिक सांस्कृतिक विधाहरू प्रस्तुति २०८३/०५/१८

प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईको बिदाइभक्तपुर । २०८३ भदौ १८ भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्...
03/09/2026

प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईको बिदाइ
भक्तपुर । २०८३ भदौ १८
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईको बिदाइ कार्यक्रम आज भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो । नगर प्रमुख सुनिल प्रजापतिले उहाँलाई पुष्पगुच्छा, खादा ओढाएर बिदाइ गर्नुभयो ।
बिदाइ कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत भट्टराईसँग ३३ महिना सँगै काम गर्ने अवसर पाएको बताउँदै उहाँको कार्यशैली, लेखनशैली तथा विभिन्न विषयमा काम गर्ने र मूल्यांकन गर्ने क्षमता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
उहाँले कर्मचारीहरू कानुनी तथा आर्थिक पक्षका विषयमा अद्यावधिक र सचेत हुनुपर्नेमा जोड दिँदै नगरपालिकाको काममा कमी–कमजोरी नहोस् भन्ने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृतहरूसँग निरन्तर छलफल गरी काम गरेको स्मरण गर्नुभयो ।
उपप्रमुख रजनी जोशीले भट्टराईको आगामी कार्यकालको सफलताको शुभकामना दिंदै भट्टराई कार्यालय व्यवस्थापनमा अब्बल र परिपक्व प्रशासकीय अधिकृत रहेको बताउनुभयो । आगामी दिनमा महिला, बालबालिका तथा सम्बन्धित मन्त्रालयमा पनि उहाँले प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले २०८० मंसिर १८ गतेदेखि भक्तपुर नगरपालिकामा जोडिएर ३३ महिना काम गर्ने अवसर पाएको बताउँदै आफ्नो कार्यकालमा सधैँ नगरपालिकाको हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गर्नुभयो । भक्तपुरमा रहँदा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो ।
“सार्वजनिक सेवाका लागि असल दूतका रूपमा आगामी दिनमा पनि काम गर्नेछु” भन्दै उहाँले भक्तपुरमा रहँदा भक्तपुरको मासिक पत्रिका ‘भक्तपुर मासिक’ पत्रिकामा लेख्ने बानीसमेत बसेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जनताको सेवा तथा विपद्का समयमा जनप्रतिनिधि र कर्मचारी एकजुट भएर अघि बढ्ने भावना सधैँ कायम रहनुपर्ने बताउनुभयो । उहाँले अन्य प्रमुख प्रशासकीय अधिकृतको तुलनामा भट्टराईले भक्तपुरमा लामो समय काम गरेको उल्लेख गर्नुभयो ।
कर्मचारी एशोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर नगरपालिकामा धेरै प्रमुख प्रशासकीय अधिकृतहरू आइसकेको स्मरण गर्दै व्यक्तिगत हितभन्दा नगर र जनताको हितमा काम गर्ने प्रशासनिक नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
भक्तपुरमा काम गर्न प्रमुख प्रशासकीय अधिकृतको रोजाइ पर्ने गरेको उल्लेख गर्दै उहाँले प्रमुख प्रशासकीय अधिकृतले राम्रोसँग काम गरे देशकै मुहार फेर्न योगदान पुग्ने धारणा राख्नुभयो ।
प्रमुख प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईलाई आँखी झ्याल र नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

बोलपत्र आह्वानसम्बन्धी सूचना
03/09/2026

बोलपत्र आह्वानसम्बन्धी सूचना

भक्तपुर नगरपालिकाको आयोजनामा २०८३ भदौ १५ गतेदेखि १९ गतेसम्म सूर्यमढीको मूल्यांकनस्थलमा सञ्चालन भएका परम्परागत तथा आधुनिक...
03/09/2026

भक्तपुर नगरपालिकाको आयोजनामा २०८३ भदौ १५ गतेदेखि १९ गतेसम्म सूर्यमढीको मूल्यांकनस्थलमा सञ्चालन भएका परम्परागत तथा आधुनिक विधाका सांस्कृतिक प्रस्तुतिहरूका केही झलक।
(२०८२ भदौ १७)

भक्तपुर नगरपालिकाको आयोजनामा २०८३ भदौ १५ गतेदेखि १९ गतेसम्म चोछेँको मूल्यांकनस्थलमा सञ्चालन भएका परम्परागत तथा आधुनिक वि...
02/09/2026

भक्तपुर नगरपालिकाको आयोजनामा २०८३ भदौ १५ गतेदेखि १९ गतेसम्म चोछेँको मूल्यांकनस्थलमा सञ्चालन भएका परम्परागत तथा आधुनिक विधाका सांस्कृतिक प्रस्तुतिहरूका केही झलक।
(२०८२ भदौ १७)

नगर प्रमुख प्रजापतिसँग मिस युनिभर्स नेपाल २०२६ का सहभागीहरुको साक्षात्कारभक्तपुर । २०८३ भदौ १७ भक्तपुर नगरपालिकाका नगर प...
02/09/2026

नगर प्रमुख प्रजापतिसँग मिस युनिभर्स नेपाल २०२६ का सहभागीहरुको साक्षात्कार
भक्तपुर । २०८३ भदौ १७
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिसँग मिस युनिभर्स नेपाल २०२६ का सहभागीहरूले भेटघाट तथा साक्षात्कार गरे । नगर प्रमुख प्रजापतिले ‘जीवित संग्रहालय’ तथा ‘नाचगानको राजधानी’ का रूपमा परिचित सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै बाहिरी झिलिमिली भन्दा पनि भित्री गुणलाई सुन्दरता मान्नुपर्ने बताउनुभयो ।
उहाँले जनताको सेवा गर्ने भावना, राजनीतिक र सांस्कृतिक चेतनास्तर उठन् नै सुन्दर व्यक्तित्वको परिचय हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरमा जति मानिस छन्, सबै कलाकार छन् । क्षेत्रफलका हिसाबले सानो भए पनि पुरातात्विक तथा सांस्कृतिक दृष्टिले भक्तपुर अत्यन्तै समृद्ध नगर हो ।”
भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूलाई मौलिक स्वरूपमै संरक्षण गर्दै आएको जानकारी दिँदै नगर प्रमुख प्रजापतिले पुराना सम्पदाको संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो ।
उहाँका अनुसार कला संग्रहालयको भवनसँगैको लाल बैठकलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने योजना रहे पनि युनेस्कोबाट स्वीकृति नपाएपछि रेट्रोफिटिङमार्फत मर्मत तथा संरक्षणको काम गरिएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले पर्यटन शुल्कलाई नगरको शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक विकासका क्षेत्रमा सदुपयोग गर्दै आएको बताउनुभयो । उहाँले नगरपालिकाले समानताको आधारमा व्यवहार गर्दै निजी तथा सरकारी क्षेत्रलाई समान महत्व दिएर काम गरिरहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाले नागरिकको जन्मदेखि अन्तिम संस्कारसम्म आवश्यक सेवा उपलब्ध गराउँदै आएको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, संस्कृति, सम्पदा संरक्षणलगायतका क्षेत्रमा नगरपालिकाले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले नगरपालिकाले ख्वप कलेज तथा ख्वप अस्पताल सञ्चालन गरी जनतालाई
गुणस्तरीय र सुलभ शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिँदै जनताबाट उठेको कर तथा पर्यटकबाट प्राप्त पर्यटन शुल्कलाई जनताकै हितमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा लगानी गर्दै आएको बताउनुभयो ।
साक्षात्कारका क्रममा मिस युनिभर्स नेपाल २०२६ का सहभागीहरूले भक्तपुर नगरपालिकाको शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा संरक्षणसँग सम्बन्धित विभिन्न विषयमा नगर प्रमुख प्रजापतिसँग जिज्ञासा राखेका थिए ।
सहभागीहरूले नगरबासीलाई निःशुल्क अक्सिजन र रगतको व्यवस्था गर्न आर्थिक स्रोतको व्यवस्थापन कसरी भइरहेको छ भन्ने विषयमा प्रश्न गरेका थिए । त्यस्तै, नगरको सरसफाइ व्यवस्थापन, भूकम्प प्रतिरोधी घर तथा सम्पदा पुनर्निर्माणको अवस्था तथा ऐतिहासिक सम्पदा संरक्षणका क्षेत्रमा नगरपालिकाले गरिरहेका कामबारे पनि जिज्ञासा राखेका थिए । उनीहरूले भक्तपुरलाई ‘ड्रिम सिटी’ का रूपमा अझ व्यवस्थित, सुन्दर र आकर्षक बनाउन नगरपालिकाका आगामी योजना के–कस्ता छन् भन्नेबारे समेत प्रश्न गरेका थिए ।
भक्तपुरमा रहेका वातावरण संरक्षणका लागि अपनाइएका उपाय तथा विदेशी सहयोग नलिई नगरपालिकाले आफ्नै स्रोत र साधनबाट विकासका काम अघि बढाउनुको कारणबारे पनि सहभागीहरूले जिज्ञासा राखेका थिए ।
सहभागीहरूले राखेका विभिन्न जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख प्रजापतिले आगामी १०० वर्षपछि भक्तपुर कस्तो बनाउने भन्ने दीर्घकालीन उद्देश्यका साथ नगरको विकास योजना अघि बढाइरहेको बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रको विकासलाई नगरपालिकाले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै ‘एक घर, एक स्नातक’को अवधारणालाई अघि बढाइएको बताउनुभयो । यही उद्देश्यअनुरूप नगरपालिकाले ख्वप सर्कलअन्तर्गतका कलेज तथा शैक्षिक संस्थाहरू स्थापना गरी गुणस्तरीय तथा सुलभ उच्च शिक्षा उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।
भेटघाटका क्रममा भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले
अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिनिधित्व गर्ने क्रममा सम्भव भएसम्म नेपालको इतिहास, राजनीतिक तथा भौगोलिक अवस्था, मौलिकता, कला–संस्कृति र विविध पक्षबारे अध्ययन गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
उहाँले मानिस सफल हुँदै जाँदा आफ्नो पहिचान र मौलिकताको खोजी हुने बताउँदै आफ्नो पहिचान जोगाउने विषयमा सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गो लोकलका दिपेशराज शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
सहभागीहरुले भक्तपुरको च्याम्हासिंह, दत्तात्रय, टौमढी, तालाक्व हुँदै दरबार क्षेत्रका सम्पदाहरुको स्थलगत अवलोकन गरेका थिए ।

मध्यपुर थिमी नगरपालिका–७, नगदेशको ऐतिहासिक नेवा सांस्कृतिक भजन खलःको गुँला बाजा समूह आज भक्तपुरमा आएको छ। सोही क्रममा उक...
02/09/2026

मध्यपुर थिमी नगरपालिका–७, नगदेशको ऐतिहासिक नेवा सांस्कृतिक भजन खलःको गुँला बाजा समूह आज भक्तपुरमा आएको छ। सोही क्रममा उक्त टोलीले भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिसँग भेटघाट गर्दै नेवा संस्कृति, परम्परा तथा सांस्कृतिक गतिविधिका विषयमा अनुभव आदानप्रदान गरेको छ।

02/09/2026

सञ्चालनको तयारीमा रहेको भक्तपुर नपा वडा नं. १० स्थित शिशुस्याहार तथा बालविकास केन्द्रमा बालबालिकाहरु रमाउँदै ।

ख्वप कलेज अफ इन्जिनियरिङ पनि QAA प्रमाणपत्र प्राप्त
02/09/2026

ख्वप कलेज अफ इन्जिनियरिङ पनि QAA प्रमाणपत्र प्राप्त

ख्वप कलेज अफ इन्जिनियरिङ पनि QAA प्रमाणपत्र प्राप्त।कलेजका प्राचार...

भक्तपुर नगरपालिका गुन्हीपुन्ही (सापारू)२०८३ मा प्रदर्शन गरिने परम्परागत  एवम् आधुनिक सांस्कृतिक विधाहरु २०८३/०५/१६
01/09/2026

भक्तपुर नगरपालिका गुन्हीपुन्ही (सापारू)२०८३ मा प्रदर्शन गरिने परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरु २०८३/०५/१६

Address

व्यासी
Bhaktapur
44800

Alerts

Be the first to know and let us send you an email when Bhaktapur Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhaktapur Municipality:

Shortcuts

Share