Nepal Red Cross Society Bhaktapur District Chapter

Nepal Red Cross Society Bhaktapur District Chapter Community Organization If your are in need of Blood, please contact NRCS Blood Bank, dudhpati Bhaktapur. Number: 016611661

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा CAMAD College मा रक्तदान उत्प्रेरणा कक्षा सफलतापूर्वक सञ्चालन गरिएको छ। ...
04/06/2026

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा CAMAD College मा रक्तदान उत्प्रेरणा कक्षा सफलतापूर्वक सञ्चालन गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई रक्तदानको महत्व, यसको आवश्यकता तथा मानव जीवन बचाउन रक्तदानले पुर्‍याउने योगदानबारे जानकारी प्रदान गरिएको थियो। रक्तदान जस्तो मानवीय कार्यमा सहभागी भई समाजमा सकारात्मक परिवर्तन ल्याउन सबैलाई प्रेरित गरियो।

03/06/2026
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र सूर्यविनायक नगरपालिका वन तथा विपद् व्यवस्थापन शाखाको साझेदारीमा सूर्यविनायक ...
02/06/2026

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र सूर्यविनायक नगरपालिका वन तथा विपद् व्यवस्थापन शाखाको साझेदारीमा सूर्यविनायक नगरपालिका वडास्तरीय स्वयंसेवक र नगर प्रहरीहरूका लागि तीन दिने विपद् स्वयंसेवक कर्मचारी तथा समुदाय आधारित विपद उद्धार तथा प्रतिकार्य तालिम हिजोदेखि सञ्चालन गरिएको छ ा

काठमाडौं उपत्यकामा विशेषगरी जाडो तथा वसन्त याममा बढ्दो वायु प्रदूषणले गम्भीर सार्वजनिक स्वास्थ्य जोखिम सिर्जना गरिरहेको ...
27/05/2026

काठमाडौं उपत्यकामा विशेषगरी जाडो तथा वसन्त याममा बढ्दो वायु प्रदूषणले गम्भीर सार्वजनिक स्वास्थ्य जोखिम सिर्जना गरिरहेको अवस्थामा, नेपाल रेडक्रस सोसाइटीले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (IFRC) सँगको समन्वयमा “Kathmandu Air Pollution Early Action Protocol 2026 (Pilot)” कार्यक्रम कार्यान्वयन गरिएको थियो ।

यस पाइलट कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्लाका छनोट गरिएका नगरपालिकाका वडाहरूमा रहेका उपशाखाका स्वयंसेवकहरू मार्फत जोखिममा रहेका समुदायलाई लक्षित गरी प्रारम्भिक तयारी, जनचेतना अभिवृद्धि तथा स्वास्थ्य सुरक्षासम्बन्धी प्रतिकार्य कार्यक्रम सञ्चालन गरिएको थियो ।

सोही कार्यक्रम अन्तर्गत सञ्चालन भएका गतिविधिहरूको प्रभावकारिता तथा उपलब्धिको मूल्यांकनका लागि हाल Endline Survey सञ्चालन भइरहेको छ ।

सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा सञ्चालित “स्वास्थ्य बुढौलीका लागि सहारा परियोजना” अन्तर्गत आज...
26/05/2026

सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा सञ्चालित “स्वास्थ्य बुढौलीका लागि सहारा परियोजना” अन्तर्गत आज सूर्यविनायक नगरपालिका कार्यपालिकाका पदाधिकारीहरूलाई लक्षित गरी परियोजना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नगर प्रवक्ता तथा सामाजिक विकास संयोजक श्री रविन्द्र सापकोटाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख श्री वासुदेव थापा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति श्री परशुराम पाण्डेले अतिथिका रूपमा सहभागिता जनाउनुभएको थियो।

कार्यक्रमको सहजीकरण नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक श्री बालकृष्ण सेडाईंले गर्नुभएको थियो। कार्यक्रममा सहारा परियोजनाका उद्देश्य, कार्यक्षेत्र तथा समुदायस्तरमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य प्रवर्द्धनमा परियोजनाले पुर्‍याउने योगदानबारे जानकारी गराइएको थियो।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र चाँगुनारायण नगरपालिकाको साझेदारी तथा  स्विस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालि...
19/05/2026

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र चाँगुनारायण नगरपालिकाको साझेदारी तथा स्विस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्य बुढौलीका लागि सहारा परियोजना अन्तर्गत चाँगुनारायण नगरपालिका का वडाहरूको नेतृत्वमा जेष्ठ नागरिक मिलन चौतारीसंग सम्बन्ध विकास कार्यशाला सम्पन्न गरिएको छ। उक्त कार्यशालाको प्रमुख उद्देश्य जेष्ठ नागरिक मिलन चौतारीलाई सरोकारवालाहरूको सहयोग तथा समर्थन बढाउनु रहेको छ र सो कार्यशालाहरूको नेतृत्व चाँगुनारायण नगरपालिकाका ९ वटा वडाका वडा अध्यक्ष ज्यूहरूले गर्नुभएको थियो भने वडास्थित सम्पूर्ण सरोकारवाला निकायहरूको संलग्नता रहेको थियो।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र सूर्यविनायक नगरपालिका को साझेदारीमा र स्विस रेडक्रसको सहयोगमा सञ्चालित स्वास...
13/05/2026

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र सूर्यविनायक नगरपालिका को साझेदारीमा र स्विस रेडक्रसको सहयोगमा सञ्चालित स्वास्थ्य बुढौलीका लागि सहारा परियोजना अन्तर्गत वडा स्तरीय जेष्ठ नागरिक समन्वय समितिको कार्यविधि संशोधनका लागि सुझाव संकलन तथा छलफल बैठक सूर्यविनायक नगरपालिका उपप्रमुख श्री सरिता भट्टराई ज्यूको संयोजकत्वमा बसिएको थियो।

Address

Dudhpati
Bhaktapur

Telephone

+97716611661

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Red Cross Society Bhaktapur District Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category