Educational Quality Assurance and Accreditation Council Secretariat

  • Home
  • Nepal
  • Bhaktapur
  • Educational Quality Assurance and Accreditation Council Secretariat

Educational Quality Assurance and Accreditation Council Secretariat The Educational Quality Assurance and Accreditation Council (EQAAC) Secretariat works as the secretariat of the EQAAC

गुणस्तर अभिबृद्धि (Quality Enhancement) कार्यक्रममा सहभागिताका लागि आवेदन पेश गर्ने सम्बन्धमा lसूचना प्रकाशन मिति: २०८२/...
14/01/2026

गुणस्तर अभिबृद्धि (Quality Enhancement) कार्यक्रममा सहभागिताका लागि आवेदन पेश गर्ने सम्बन्धमा l
सूचना प्रकाशन मिति: २०८२/०९/३०
विस्तृत जानकारी आयोगको वेवसाईटमा उपलब्ध रहेको व्यहोरा समेत अनुरोध छ ।

Internship Announcement!!!First Date of Publication:-2082 Shrawan 20Last Date of Application:- 2082 Bhadra 03Hurry Up!!!...
12/08/2025

Internship Announcement!!!

First Date of Publication:-2082 Shrawan 20
Last Date of Application:- 2082 Bhadra 03

Hurry Up!!!

For further information and application instructions, please visit the official UGC website
https://ugcnepal.edu.np/

अत्यन्त जरुरी सूचना !!!प्रकाशित मिति: २०८२/०३/३०
15/07/2025

अत्यन्त जरुरी सूचना !!!
प्रकाशित मिति: २०८२/०३/३०

Internship Announcement!!!First Date of Publication:-2081/10/09University Grants Commission, Nepal is seeking for the mo...
22/01/2025

Internship Announcement!!!
First Date of Publication:-2081/10/09

University Grants Commission, Nepal is seeking for the motivated and aspiring interns to contribute to the Nurturing Excellence in Higher Education Project (NEHEP) funded by the World Bank to bring the value addition for the sustained transformational improvements in higher education.

Hurry Up!!!
Last Date of Application:- 2081/10/23

For further information and application instructions, please visit the official UGC website
https://ugcnepal.edu.np/singleNotice/1/862

गुणस्तर अभिबृद्धि (Quality Enhancement) कार्यक्रममा सहभागिताका लागि आबेदन पेश गर्ने सम्बन्धमा lसूचना प्रकाशन मिति: २०८१/...
12/01/2025

गुणस्तर अभिबृद्धि (Quality Enhancement) कार्यक्रममा सहभागिताका लागि आबेदन पेश गर्ने सम्बन्धमा l
सूचना प्रकाशन मिति: २०८१/०९/२६
विस्तृत जानकारी आयोगको वेवसाईटमा उपलब्ध रहेको व्यहोरा समेत अनुरोध छ ।
https://ugcnepal.edu.np/singleNotice/1/857

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रणालीमा आबद्ध भइ समकक्षी परीक्षणका सम्पूर्ण चरणहरु सफलतापूर्वक सम्पन्न गरेर शै...
12/01/2025

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रणालीमा आबद्ध भइ समकक्षी परीक्षणका सम्पूर्ण चरणहरु सफलतापूर्वक सम्पन्न गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगकाे निर्णयानुसार निम्न संस्थाहरुलाई मिति २०८१ साल पुष २१ तथा २५ गते आयोगमा आयोजित प्रमाणपत्र वितरण समारोहका बीच आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीज्युले संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गर्नुभएको छ।

प्रत्यायनकृत उच्च शैक्षिक संस्थाहरु
1. वागीश्वरी कलेज, भक्तपुर
2. मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौँ
3. मदन भण्डारी मेमोरियल कलेज, काठमाडौँ
4. मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम), सुर्खेत

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रणालीमा आबद्ध भइ समकक्षी परिक्षणका सम्पूर्ण चरणहरु सफलतापुर्वक सम्पन्न गरेर शै...
28/10/2024

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रणालीमा आबद्ध भइ समकक्षी परिक्षणका सम्पूर्ण चरणहरु सफलतापुर्वक सम्पन्न गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगकाे मिति २०८१ साल असोज ०४ गते र असोज २० गतेको निर्णयाअनुसार क्रमशः श्री ग्लोबल कलेज इन्टरनेशनल, काठमाडौँ र श्री सुकुना बहुमुखी क्याम्पस, मोरङ्ग (दोश्रो चक्रको लागि प्रत्यायनकृत) लाई मिति २०८१ साल कार्तिक ०९ गते शुक्रबार आयोगमा आयोजित संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र वितरण समारोहका बीच आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीज्युले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गर्नुभएको छ।

" शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन निर्देशिका, २०८१ सम्बन्धमा जारी अत्यन्त जरुरी सूचना !!! "प्रकाशित मिति: २०८१...
24/10/2024

" शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन निर्देशिका, २०८१ सम्बन्धमा जारी अत्यन्त जरुरी सूचना !!! "
प्रकाशित मिति: २०८१/०७ /०८

विस्तृत जानकारी आयोगको वेभसाइटबाट प्राप्त गर्न सकिन्छ ।
https://ugcnepal.edu.np/division/43

" गुणस्तर प्रत्यायनकृत एवं गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रकृयामा रहेका उच्च शैक्षिक संस्थाहरुको नाममा कक्षा ११ को ...
04/07/2024

" गुणस्तर प्रत्यायनकृत एवं गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रकृयामा रहेका उच्च शैक्षिक संस्थाहरुको नाममा कक्षा ११ को भर्नाको विज्ञापन सम्बन्धमा जारी अत्यन्त जरुरी सूचना !!! "
प्रकाशित मिति: २०८१/०३/१६

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् सचिवालयको महत्वपूर्ण सूचना !!!
14/05/2024

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् सचिवालयको महत्वपूर्ण सूचना !!!

विश्वविद्यालय अनुदान आयोगबाट फागुन महिनामा आयोजित दुई भिन्न भिन्न समारोहमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणालीमा आ...
22/02/2024

विश्वविद्यालय अनुदान आयोगबाट फागुन महिनामा आयोजित दुई भिन्न भिन्न समारोहमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणालीमा आबद्ध भई समकक्षी परीक्षणका सम्पुर्ण चरणहरु सफलतापुर्वक सम्पन्न गरेको ६ उच्च शैक्षिक संस्थाहरु गुणस्तर प्रत्यायनकृत भएका छन् । आयोगको सभाहलमा मिति २०८० फागुन ३ गते आयोजित प्रमाणपत्र वितरण समारोहमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा विश्वविद्यालय अनुदान आयोगको मिति २०८० माघ ११ गतेको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका दुई सामुदायिक क्याम्पसहरु अछाम बहुमुखी क्याम्पस मंगलसेन –०५ अछाम र चौतारा बहुमुखी क्याम्पस, चौतारा सिन्धुपाल्चोक तथा पोखरा विश्वविद्यालय अन्तर्गतको नीजि कलेज क्वेष्ट इन्टरनेशनल कलेज, ग्वार्को, ललितपुर लाई आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीज्यूबाट संस्थागत गुणस्तर सुनिश्चिता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसै गरि आयोगमानै मिति २०८० फागुन ९ गते आयोजित समारोहमा मिति २०८० माघ १९ गतेको आयोगको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस त्रि.वि., इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पस र सामुदायिक क्याम्पस काठमाण्र्डौ शिक्षा क्याम्पसका लागि पहिलो चरणका लागि र महाकवि देवकोटा क्याम्पस, सुनवल, नवलपरासीलाई दोस्रो चरणका लागि आयोगका अध्यक्षज्यूबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गरिएको हो । दुवै समारोहमा आयोगका सचिव प्रा. शंकर प्रसाद भण्डारी, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. भार्गव धिताल, त्रि.वि. आन्तरिक गुणस्तर सुनिश्चितता केन्द्रका निर्देशक डा. प्रेम थापा, सम्बन्धित उच्च शैक्षिक संस्थाका समकक्षी परीक्षण टोलीका प्रमुख तथा सदस्यज्यूहरु, प्रत्यायनकृत संस्थाका अधिकारीहरु तथा आयोगका कर्मचारीहरुको उपस्थिती रहेको थियो । यस सँगै आयोगबाट संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रकृया पुरा गरी प्रत्यायन प्रमाणपत्र प्राप्त गर्ने संस्था १०३ पुगेको छन् जसमध्य ९२ संस्थाहरुले पहिलो चरणको प्रत्यायन प्रकृया पुरा गरेको हुन भने ११ संस्थाहरुले दोस्रो चरणको प्रत्यायन प्रकृया पुरा गरेको छन् ।

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रणालीमा आबद्ध भइ समकक्षी परिक्षणका सम्पूर्ण चरणहरु सफलतापुर्वक सम्पन्न गरेर शै...
20/12/2023

गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रणालीमा आबद्ध भइ समकक्षी परिक्षणका सम्पूर्ण चरणहरु सफलतापुर्वक सम्पन्न गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगकाे मिति २०८० साल भाद्र ११ र मंसिर २८ गतेको निर्णयाअनुसार क्रमशः श्री हेटौडा क्याम्पस, मकवानपुर र श्री भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीलाई मिति २०८० साल पौष १ गते आइतबार आयोगमा आयोजित संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र वितरण समारोहका बीच आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीज्युले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्रदान गर्नुभएको छ।

Address

Sanothimi
Bhaktapur
NEP

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 05:00

Telephone

+97716638548

Alerts

Be the first to know and let us send you an email when Educational Quality Assurance and Accreditation Council Secretariat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Educational Quality Assurance and Accreditation Council Secretariat:

Share