07/09/2015
सम्पुर्ण साथिहरुमा नमस्कार !
आज धेरै दीनपछी केही शव्द पोष्ट गर्ने मौका पाय ! खास विषय वस्तु केही नभय पनि आजैका मिति देखी लागु हुने गरी यस श्री कृष्ण उच्च माविं पुर्व विद्यार्थि समाजको अध्यक्ष पद वाट राजिनामा दीएको छु यस वाट साथिहरुमा पर्न गएको असर प्रति क्षमा याचना गर्दछु ।
खास गरी यो समाज गठन गरी स्कुल वाट उत्पादन हुने उच्च शिक्षा गर्न जाने र गर्ने विद्यार्थीहरु लाई सदस्यता प्रदान गरी उनिहरु र स्कुल समेत संगको सहयोगमा केही कार्यक्रम गर्नु पर्ने थियो तर समाज स्थापना गर्ने केही साथीहरुको असयोग र संस्था मा आफ्नै अधिकार भए जस्तो र आफ्नो प्रचार मात्र गर्न चाहने व्यक्तिको कारण यो अवस्था आएको हो । काठमाण्डौ वसेर महीनामा एक दीन आएर संस्था जिवित खोज्ने अनि संस्थामा वसेर संस्था हेरी रहने साथीहरुलाई कर्मचारी ठान्ने प्रवृत्ति भएका र समाज र समाजमा एक पैसा योगदान नभएका अनि आफु हुदा संस्थावाट विभिन्न प्रकारको नाममा छात्रवृत्ति प्रदान गर्ने आफ्नो नाममा कोष खोलेर अनि कहीले जन्मदिनको पैसा जम्मा गरेर छात्रवृत्ती दीयजस्तो सस्तो लोकप्रीयता कमाऊन चाहने अनि अरु साथीहरुलाई विभिन्न आरोप लगाऊने र काम गर्ने वातावरण विगार्ने अनि आफु अनुकुलको साथि नभए पछी सामाजिक संजालमा आरोप लगाउने हरु कहा गएउ ? खोई तिम्रो नामको छात्रवृत्ति? खोई आफु र आफ्नो आसे पासे हुदा जन्मदिनमा जम्मा गर्ने रकम ? कि जन्मदिन आफु पदमा हुदा मात्र आऊछ ?
तसर्थ साथीहरु म कसैको दवावमा र काठमाण्डौमा वसेर पैसा कमाऊने अनि हामि गाऊघरमा वसेर समाजको लागी केही गरौ भननेर लाग्ने व्यक्ति विच धेरै असमानता हुने रहेछ समाजको लागी एक दीन पुरै पनि प्रदान गर्न नसक्ने हामि जस्तो २४ घण्टा समाजसेवामा लाग्ने लाई विभिन्न आरोप लगाऊने को लागी यो प्रस्न हो । संस्था स्थापना गर्ने व्यक्ति नै सर्वेसर्वा हुने विधान नेपालमा छैन जस्तो लाग्छ तसर्थ महासय आफु हुदा गरेको काम योगदान को मुल्यान्कन अरुले गर्छन र मेरो मुल्यान्कन पनि समाजको अन्यले गर्छन सामाजिक काम भनेको जागिर होईन व्यवसाय होईन यदी सक्नु हुन्छ भने मैलै समाजमा गरेको जस्तो योगदान १ हप्ता गरेर देखाऊनुस !
धन्यबाद