28/07/2026
🤝अन्तरपालिका समन्वय, सहकार्य तथा असल अभ्यास अध्ययन–अवलोकन
अन्तरपालिका समन्वय, सहकार्य तथा असल अभ्यासहरूको अध्ययन–अवलोकन गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाका कार्यपालिका सदस्यज्यूहरू सहितको टोलीले बुढानीलकण्ठ नगरपालिकाको अध्ययन भ्रमण सम्पन्न गरेको छ।
भ्रमणका क्रममा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासका क्षेत्रमा र न्यायिक समितिको कार्यसम्पादन, मेलमिलाप प्रणालीमा अवलम्बन गरिएका असल अभ्यासहरूको अध्ययन–अवलोकन गर्नुका साथै दुवै नगरपालिकाबीच अनुभव तथा सिकाइ आदान–प्रदान गरिएको छ।
यस अध्ययन–अवलोकन कार्यक्रमले स्थानीय तहबीच समन्वय, सहकार्य र आपसी सिकाइलाई थप सुदृढ बनाउँदै नागरिकलाई प्रभावकारी, गुणस्तरीय र उत्तरदायी सेवा प्रवाह गर्न उपयोगी अनुभव प्राप्त भएको विश्वास लिएका छौँ।
यस अवसरमा अध्ययन भ्रमण टोलीलाई न्यानो आतिथ्यता प्रदान गर्नुका साथै आफ्ना अनुभव, अभ्यास र सिकाइहरू उदारतापूर्वक साझा गरिदिनुभएकोमा बुढानीलकण्ठ नगरपालिकाप्रति सूर्यविनायक नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
आगामी दिनहरूमा पनि यस्ता अन्तरपालिका सहकार्य, अनुभव आदान–प्रदान र साझेदारीले स्थानीय शासन प्रणालीलाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दछौँ।
#सूर्यविनायक_नगरपालिका #अन्तरपालिका_समन्वय #अध्ययनअवलोकन #असलअभ्यास #सुशासन #स्थानीयशासन #बुधानीलकण्ठ_नगरपालिका