08/01/2024
धन्यवाद!
सम्पुर्णमा सहयोगि मन,हात र साथको लगि🙏
यस "श्रि वेगबिनायक" मन्दिर परिसर अन्तर्गत मन्दिरको चौतर्फि दिगो बिकासको साथै स्थानिय स्तरको आर्थिक,सामाजिक एवम् सास्कृतिक विकास ,संरक्षण,सम्बर्दन र पहरेदारको उद्देश्य सहित "वेगबिनायक युवा क्लब" स्थपना भएको थियो।
सोही योजना अनुसार शुरुका केही दिनमा वेगबिनायक मन्दिर परिसर लगायत स्थानिय आवात-जावत गरिने सडकहरुको सरसफाई र मर्मत सम्भारमा स्थानिय युवाको उच्चतम साथ, सहयोग र सहभितामा समपन्न भएको थियो।यस्का साथै वेगबिनायक मन्दिर परिसरमा सर्वप्रथम ढुङ्गा बिछ्याउने कार्य सुरु गर्ने उद्देश्य अनुरुप कल्बमा आबद्द सदस्यहरु लगायत हिताधिकारिहरुबाट केही आर्थिक सहयोग संकलन भएको थियो।सहयोग गर्नेहरुमा:-
१) मनोज बन, नगद रु.--- ५,०००/-
२) शिव गिरी, नगद रु.-----२०,७२१/- (अष्ट्रेलिया)
३) उत्तम गिरी,नगद रु.----५,०००/-
४) नारायण पुरी, नगद रु.---५,०००/-
५) कृष्ण गिरी, नगद रु.----५,०००/-
५) कुमार गिरी, नहद रु.--- ५,५००/-
जम्मा रु.-- ४६,२२१/-( छयालिस हजार दुई सय एक्काईस ) संकलन भएको ।
*** हामिले हाम्रो उद्देश्य के कसरी अगाडि बढाउने भनी आर्थिक स्रोतले ठुलो भूमिका खेल्ने हुनाले सकंलन कार्य यथावत थियो । किन कि संकलित रकम कूल योजनाको ८-१०% पनि नभएको कारणले ढुङ्गा बिछ्याउने कार्य शुरु गर्न नसकेता पनि के कसरी गर्ने भनि योजना र कारवाही हुँदै थियो।
यसै बिचमा सहयोग प्रदान गर्नु हुने शिव गिरिले कार्यमा ढिला सुस्तिको आक्षेपमा रकम फिर्ता मागेकोले निजले प्रदान गरेको रकम फिर्ता गर्ने समय सम्मको ४% ब्याजले नगद रु.-- २१,७५७/-(एक्काईस हजार सात साय सन्ताउन्न) रुपैया फिर्ता गरिएको र कृष्ण गिरिको पनि रु.--५०००/- (पाच हजार मात्र) बिना ब्याज सावा मात्र फिर्ता जम्मा रु. २६,७५७ ( छ्बिस हजार सात सय सन्ताउन्न) फिर्ता गरि बाकि रु. १९,४६४/-(उन्नाईस हजार चार सय चौसठ्ठी) वेगबिनायक कल्बको नाम मा राखियो।
पुनश्च :-
पछि वेगबिनायक संरक्षण समिती स्थपना भई ढुङ्गा छाप्ने लगाएत अन्य कार्य गर्न गठित समितिलाई उक्त रकम "श्रि वेगबिनायक युवा क्लब" को नाम मा नगद रु.२०,६००/-(बीस हजार छ सय मात्र) हस्तानतरण गरिएको।उक्त शिर्शकमा रकम प्रदान गर्नुहुनेमा
१. मनोज बन रु. ५०००/-
२. नारायण पुरी रु . ५०००/-
३. कुमार गिरी रु. ५५००/-
४. उत्तम गिरि रु. ५०००/-
जम्मा रु. २१६००/