02/03/2026
आदरणीय म्याग्दीवासी आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक जय नेपाल !
म, कर्ण बहादुर भण्डारी (केबी), नेपाली कांग्रेस म्याग्दीको उम्मेदवारको हैसियतले तपाईंहरू सबैसमक्ष हार्दिक अपिल गर्दछु।
आज हामी म्याग्दी र देशलाई सही दिशा दिने ऐतिहासिक अवसरको संघारमा उभिएका छौं। समृद्ध म्याग्दी, विकासशील गाउँ–सहर, रोजगारीको अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवासहितको उज्यालो भविष्य निर्माण गर्ने हाम्रो साझा लक्ष्य हो। यो लक्ष्य प्राप्त गर्न तपाईंहरूको अमूल्य साथ, समर्थन र विश्वास अत्यन्त आवश्यक छ।
आउँदो फागुन २१ गते हुने निर्वाचनमा, देशको वर्तमान परिस्थितिको सही मूल्यांकन गर्दै यसको समाधान दिन सक्ने सक्षम र जिम्मेवार पार्टी नेपाली कांग्रेसलाई प्रत्यक्ष तथा समानुपातिक दुवै मतपत्रमा रुख चिन्हमा मतदान गरी बहुमतले विजयी गराउन हार्दिक अनुरोध गर्दछु।
तपाईंहरूको प्रत्येक मत म्याग्दीको समग्र विकास, स्थायित्व र उज्ज्वल भविष्यतर्फको दृढ कदम हुनेछ।
आउनुहोस्, हातेमालो गरौं, परिवर्तनलाई संस्थागत गरौं र म्याग्दीको भविष्य सँगै निर्माण गरौं।
जय नेपाल !