जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व

  • Home
  • Nepal
  • Belani
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं”
Traffic Hotline: 103

This is the Official page of District Traffic Police Office, Nawalparasi (East).
-------------------------------------------------------------------------------------------
Hotline: 103, Contact: 9857048898

24/11/2025
तिव्रगतिमा सवारी साधन नचलाउँ ।।  ==============आज मिति २०८२।०८।०७ गते कावासोती नगरपालिका वडा नं. ८ स्थित पुर्व-पश्चिम रा...
23/11/2025

तिव्रगतिमा सवारी साधन नचलाउँ ।।
==============
आज मिति २०८२।०८।०७ गते कावासोती नगरपालिका वडा नं. ८ स्थित पुर्व-पश्चिम राजमार्गमा सवारी साधनबाट हुने दुर्घटनाहरु न्युनीकरण गर्ने उद्देश्यले चेकजाँच गरिएकोमा तिव्रगतिमा सवारी साधन हाक्ने चालकहरुलाई नियमानुसार कारवाही गरि ट्राफिक सचेतनामूलक प्रशिक्षण समेत प्रदान गरियो ।

सवारी आवागमन बन्द रहने सम्बन्धमा==========‍==========निर्माणाधीन नारायणघाट-बुटवल सडक खण्डको नारायणी पुलको गैंडाकोटतर्फको...
20/11/2025

सवारी आवागमन बन्द रहने सम्बन्धमा
==========‍==========
निर्माणाधीन नारायणघाट-बुटवल सडक खण्डको नारायणी पुलको गैंडाकोटतर्फको एप्रोच सडकको भागमा कालोपत्रे गर्ने प्रयोगनार्थ यही मिति २०८२ मंसिर ५ र ६ गते रातीको ११ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म नारायणी पुलमा सवारी आवागमन बन्द रहने जानकारीको लागि अनुरोध । (थप जानकारीको लागि १००, १०३ वा ९८५७०४८८९८ मा सम्पर्क गर्नुहोला)

ट्राफिक सचेतनामूलक कार्यक्रम=================मिति २०८२।०७।३० गते सवारी दुर्घटना न्युनीकरण तथा सुरक्षित यात्रा गराउने उद्...
16/11/2025

ट्राफिक सचेतनामूलक कार्यक्रम
=================

मिति २०८२।०७।३० गते सवारी दुर्घटना न्युनीकरण तथा सुरक्षित यात्रा गराउने उद्धेश्यले यस जिल्लाका विभिन्न स्कुल/कलेजका बस चालकहरुलाई सुरक्षित स्थनमा सवारी रोकि मात्र विद्यार्थीहरुलाई चढाउँने/ओराल्ने, झ्याल/ढोकाबाट हात, टाउको बाहिर निकाल्न नदिने, सिट क्षमता बमोजिम विद्यार्थीहरु राख्ने, तिव्र गतिमा सवारी नचलाउने, मा.प.से/ला.प.से गरि सवारी नचलाउने तथा सधै ट्राफिक निमयको पालना गरी सवारी चलाउने लगायत सडक सुरक्षा सम्बन्धि सचेतनामूलक कार्यक्रम गरियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (वर्दघाट-सुस्ता पूर्व)को अनुरोध ।=================================   बढदो सवारी ...
09/11/2025

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (वर्दघाट-सुस्ता पूर्व)को अनुरोध ।
=================================
बढदो सवारी साधनको चाप, राजमार्ग सडकको छेउ छाउको बस्ति र शहरी ईलाकामा जथाभाबी प्रेसर हर्नको प्रयोगले गर्दा सड्क प्रयोग कर्ता, बालबालिका, जेष्ठ नागरिक तथा आम नारिकहरुको मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्न जाने हुंदा विभिन्न सवारी साधनहरुको प्रेसर हर्न निकाल्नुको साथै सवारी चालक हरुलाई सम्झाई बुझाई गरि आवश्यक अनुसार मात्र हर्नको प्रयोग गर्न अनुरोध गर्दछौँ।

नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन (Police Baton) ‌===================================================================...
01/09/2025

नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन (Police Baton)
‌=================================================================================

आज मिति २०८२।०५।१६ गते “नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन (Police Baton) २०८२” अन्तर्गत तालुक नेपाल प्रहरी प्रधान कार्यालय समन्वय बिभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी.ज्यू समेतको टोली यस कार्यालयमा पाल्नु भई कार्यालयको सम्पूर्ण शाखाहरु निरीक्षण, अनुगमन गर्नु भई आवश्यक निर्देशन पश्चात कार्यक्रम सम्पन्न भएको ।

::::::::::::::::::::::::::::चालक सँग १ मिनेट कार्यक्रम संचालन गरिएको :::::::::::::::::::::::::आज मिति २०८२।०५।०२ गते १३:...
18/08/2025

::::::::::::::::::::::::::::चालक सँग १ मिनेट कार्यक्रम संचालन गरिएको :::::::::::::::::::::::::
आज मिति २०८२।०५।०२ गते १३:३० बजेको समयमा पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत कावासोती न.पा. ३ स्थित कावासोती बजारमा बढ्दो सडक सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले “जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्वारी” भन्ने स्लोगान चालकहरुलाई बाचन गर्न लगाई चालकसँग १ मिनेट स-चेतना कार्यक्रम संचालन गरिएको, उक्त कार्यक्रमका तस्विरहरु ।

राजमार्ग अवरोध सम्बन्धमा ।‍‍‍‍===========================================‌जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गा.पा.१...
29/06/2025

राजमार्ग अवरोध सम्बन्धमा ।
‍‍‍‍===========================================
‌जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गा.पा.१ पूर्व-पश्चिम राजमार्ग स्थित बिनयी खोलामको ड्राईभर्सन निरन्तर बर्षादको कारण पानिको वावह बढ्न गई ड्राईभर्सन क्षतिहुन जाँदा उक्त खोलाको ड्राईभर्सन तत्काल निर्माण गर्न नमिल्ने भएकोले उक्त राजमार्ग पुर्ण रूपमा अवरोध भएको छ । साथै भित्री सडकखण्ड होंसीगेट, सर्दी, ज्यामिरे हुदै संचालन भएको बैकल्पिक मार्ग समेत निरन्तर बर्षादको कारण बिभिन्न स्थानमा क्षति भई थप जोखीम भएकोले यात्रुवाहक तथा हलुका सवारी समेत रात्उरिकालिन समयमा उक्त सडकखण्ड प्रयोग नगर्नहुन सम्पुर्ण सडक प्रयोककर्ता एवम् यात्रु महानुभावहरूमा जानाकारीको अनुरोध गरिएको छ ।
साथै नवलपुर जिल्ला भित्रका करिडोर लगायत भित्री ग्रामिण सडक खण्डहरू समेत बर्षादको कारण जुनसुकै वेला सडक अवरूद्ध हुने संभावना भएकोले उक्त मार्ग हुदै यात्रा गर्दा जानाकारी लिएर मात्र यात्रा गर्नुहुन समेत अनुरोध गरिएको छ

जानकारीको लागी
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट- सुस्ता पूर्व)
सम्पर्क :- १०३, ९८५७०४८८९८,

राजमार्ग लगायत भित्री सडक खण्ड अवरोध समबन्धमा
23/06/2025

राजमार्ग लगायत भित्री सडक खण्ड अवरोध समबन्धमा

राजमार्ग अवरोध सम्बन्धमा !===========================================मिति २०८२।०३।०६ गते अ. ००:१० बजेको समयमा जि.न.प.(पू...
20/06/2025

राजमार्ग अवरोध सम्बन्धमा !
===========================================

मिति २०८२।०३।०६ गते अ. ००:१० बजेको समयमा जि.न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.१ पूर्व-पश्‍चिम राजमार्ग स्थित बिनयी खोलामा गरिएको ड्राईभर्सनमा बर्काषादको कारण पानिको वावह बढ्न गई अचानक ड्राईभर्सन क्षतिहुन जाँदा कामाण्डौबाट नेपालगंञ्ज तर्फ जादै गरेको भे १ ख ४०८५ नं.को यात्रुबाहक बस (यात्रुबाहक बसमा सवार ३८ जना यात्रु सहित) खोलामा फसेकोले यात्रुहरूको उद्धार गरिएको व्यहोरा अवगत नै छ । पुर्व- पश्चिम राजमार्गको विनयी खोलाको ड्राभर्सन क्षतिको कारण निर्माण कार्य सम्पन्न नहुँदा सम्म उक्त सडकखण्ड पुर्ण रूपमा अवरोध भएकोले हलुका सवारी साधनको हकमा मात्र बैकल्पिक मार्ग होंसीगेट, सर्दी, ज्यामिरे हुदै संचालन ल्याईएको हुँदा पुर्व पश्चिम राजमार्ग भई संचालनहुने सम्पुर्ण सवारी साधणहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुभई यात्रा गर्नुहुन सम्पुर्ण सडक प्रयोककर्ता एवम् यात्रु महानुभावहरूमा जानाकारीको अनुरोध गरिएको छ ।
साथै नवलपुर जिल्ला भित्रि प्रवेश भईसकेका सवारी साधनहरू उक्त मार्ग संचालन नहुँदा सम्म सुरक्षित स्थानमा रही ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुहुन समेत अनुरोध गरिएको छ ।
जानकारीको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (पूर्व) ९८५७०४८८९८, १०३

Address

Kawasoti-3 Halchok
Belani
33000

Alerts

Be the first to know and let us send you an email when जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व:

Share