12/02/2026
नि:शुल्क हाडजोर्नी शल्यक्रिया शिविर सम्बन्धि !!
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, रोटरी क्लब अफ काठमाडौं वेस्ट, गुलरिया नगरपालिका र बर्दिया अस्पतालको संयुक्त आयोजना र सहकार्यमा मिति २०८२/१०/१२ गते देखि मिति २०८२/१०/१५ गते सम्म नि:शुल्क हाडजोर्नी ओ.पि.डी तथा शल्यक्रिया शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा प्रवाधिक सहयोग नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी,काठमाडौँ र मुख्य आर्थिक सहयोगमा मेड सोलुसशन फोउन्डेसन, स्वीजरल्याण्डको भूमिका थियो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, काठमाडौं बाट १६ जनाको प्रावधिक चिकित्सकिय जनशक्ति आई ५ दिने बसाईमा बर्दिया जिल्ला मात्र नभई बाहिरी जिल्ला बाट आउनुभएका सेवाग्राहीहरुले खुट्टाको पैतला फर्किएको समस्या,जन्मजात हात खुट्टा बाँगिएको,हात वा खुट्टाका विकृतिजन्य समस्याहरू,हात वा खुट्टा भाँचिएका वा भाँचिएर बाँगो गरी जोडिएका समस्या,भाँचिएको ठाउँमा राखिएका पाता वा किला निकाल्नुपर्ने समस्या , हात खुट्टामा रहेका गाँठागुठीहरू निकाल्नुपर्ने समस्या, हातमा आगोले पोलेका आदि समस्याहरूको उपचार पाई प्रतक्ष्य रुपमा लाभ लिनुभएको थोयो । मिति २०८२/१०/१२ गते देखि मिति २०८२/१०/१५ गते सम्म सञ्चालन भएको नि:शुल्क हाडजोर्नी ओ.पि.डी तथा शल्यक्रिया शिविर मा १२४२ जना सेवा ग्राहीज्युहरुले नि:शुल्क रुपमा ओ.पि.डी सेवा ,ल्याब सेवा र सम्पूर्ण औषधि सेवा लिएको थिए । सो शिविरमा ७१ जनाको नि:शुल्क हाडजोर्नी शल्यक्रिया हुनुको साथै बेड भर्ना पनि निशुल्क गरिएको थियो ।
उक्त शिविरमा पाल्नुभएका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका १६ जना जनशक्ति र नेपाल अर्थोपेडिक अस्पताल लाई बर्दिया अस्पताल बिकास समितिका अध्यक्ष श्री रबिन्द्र कुमार यादव, सदस्य श्री सारदा थापा ज्युले एक कार्यक्रम बिच धन्यबाद दिदै सम्मान् पत्र प्रदान गर्नुभएको थियो।
बर्दिया अस्पतालको तर्फ बाट मिति २०८२/१०/१२ गते देखि मिति २०८२/१०/१५ गते सम्म नि:शुल्क हाडजोर्नी ओ.पि.डी तथा शल्यक्रिया शिविरमा खटिनु भएका सम्पूर्ण बर्दिया अस्पतालका कर्मचारीज्युहरु, ज्ञात-अज्ञात सहयोगी हातहरु तथा सम्पूर्ण सेवा ग्राही महानुभावहरुमा बिशेष धन्न्यवाद तथा कृतज्ञता अर्पण गर्दछ ।
तस्बिरमा :
-नि:शुल्क हाडजोर्नी ओ.पि.डी तथा शल्यक्रिया शिविरमा पाल्नुभएका चिकित्सक ज्युहरुलाई स्वागत गर्दा ।
-नि:शुल्क हाडजोर्नी ओ.पि.डी तथा शल्यक्रिया शिविरमा संचालन मा रहंदा ।
-नि:शुल्क हाडजोर्नी ओ.पि.डी तथा शल्यक्रिया शिविरमा पाल्नुभएका चिकित्सक ज्युहरुलाई बिदाई गर्दा ।
Bardiya Hospital