03/09/2023
यस बढैयाताल गाउँपालिका ९ नं. वडा कार्यालय बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनु भएका तपसिल बमोजिम लाभग्राहीहरुले हाल सम्म चालु आ.व. २०८०/८१ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि यस वडा कार्यालयमा निवेदन पेश नगरेकाले यथाशीघ्र यस वडा कार्यालयमा आई निवेदन पेश गर्नहुनका लागि सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
अन्यथा चालु आ.व. २०८०/८१ मा सामाजिक सुरक्षा भत्ता नपाईने र त्यसको जिम्मेवार स्वयम लाभग्राही नै हुने व्यहोरा पनि जानकारी गराईन्छ ।
⛔️बढैयाताल गा.पा. वडा नं.९ को वडा समिति