Bansgadhi Municipality, Bardiya - बाँसगढी नगरपालिका, बर्दिया

  • Home
  • Nepal
  • Bardiya
  • Bansgadhi Municipality, Bardiya - बाँसगढी नगरपालिका, बर्दिया

Bansgadhi Municipality, Bardiya - बाँसगढी नगरपालिका, बर्दिया "सुन्दर, हरियाली र सफा सहर बाँसगढी नगर"
(2)

संक्षिप्त परिचय
नेपालको लुम्बिनी प्रदेश को बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार(मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो । साविक बेलुवा, मोतिपुर र डेउढाकला सहित ३ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको यो नगरपालिका बर्दिया जिल्लाको सदरमुकाम गुलरियाबाट २५ कि.मी. उत्तर पूर्वमा अवथिस्त छ र पूर्व पश्चिम र

ाजमार्ग यस नगरपालिका बीच हुँदै गरुको छ ।पूर्वमा सल्यानको काप्रेचौर, मानखोला (बाँके ), पश्चिममा ग्याङ नदी (बार बर्दिया नगरपालिका), उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा बढैया ताल गाउँपालिका सँग यो नगरपालिका जोडिएको छ । उत्तरमा केहि चुरे क्षेत्र र दक्षिणमा तराई रहेको यस नगरपालिकाको अन्य बिष्तृत विवरण देहाय अनुसार रहेको छ । नगरपालिकाको क्षेत्रफल २०६ वर्ग कि.मी.रहेको छ भने अक्षांश २८ड्ढ १३’ उत्तर देखि २८ड्ढ २४’ उत्तर सम्म, देशान्तर ८१ड्ढ २५’ पूर्व देखि ८१ड्ढ ४६’ पूर्व सम्म रहेको छ ।

ऐतिहासिक चिनारी तथा नामाकरण
बर्दिया जिल्लामा बर्दिया राष्टिय निकुञ्ज स्थापना हुनु पुर्व यहाँका थारु जातिमा ससुराली जाँदा सूपो लिनुपर्ने परम्परा रहेको थियो । सूपो बनाउन जंगलतिरबाट बाँस लिएर आई हाल बाँसगढी बजार क्षेत्रमा बसी बाँसको चोया बनाउने काम गरेकोले बाँसगढी नाम रहन गएको स्थानीय मानिसहरुको भनाई रहेको छ । त्यसैगरी यस नगरपालिकाको वडा नं. ५ मा पर्ने बाँसगढी गाउँमा पहिले बाँसको घारी रहेको हुँदा पछि गएर बाँसगढी हुन गएको एकाथरीको भनाई रहेको छ । यसैगरी रेउकुलो नामबाट चर्चित पुराने गीतमा बाँसगढी गाउँ भन्ने उल्लेख भएको हुँद यो ठाउँको नाम बाँसगढी हुन गएको भन्ने पनि भनाई छ ।

हावापानी
बाँसगढी नगरपालिका समुद्र सतह देखि१५४ मी. उचाइमा रहेको छ । यस क्षेत्रको हावापानी उष्ण मनसुनी देखि समशितोष्ण प्रकारको रहेको छ । वार्षिक सरदर वर्षा ११३० मि.मि. हुने गरेको यस नगरपालिका क्षेत्रको अधिकतम तापक्रम ४३ डीग्री सम्म पुग्ने गर्दछ भने न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियसमा झर्ने गर्दछ ।

पर्यटकीय, सास्कृतिक र मनोरम स्थलहरू
बाँसगढी नगरपालिकामा विभिन्न खालका प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, चेपाङ्ग गाउँ, मन्दिर,चर्च तथा गुम्वा जस्ता सम्पदाहरु यस नगरपालिकाका पर्यटकीय क्षेत्रहरु हुन् । विभिन्न उत्सव र चाडपर्वमा मन्दिर आसपासका क्षेत्रबाट मानिसहरु आउने गर्दछन् । शिवरात्री, दशैं, माघे संक्रान्ती, चैते दशैं जस्ता चाडपर्वमा विषेशगरी यसक्षेत्रमा मानिसहरुको जमघट हुने गर्दछ । थारुजातिको मौलिक संस्कृतिले पनि यस क्षेत्रको विशिष्ट साँस्कृतिक पहिचान बोकेको छ । वडा नं. ५ मा अवश्थित केदारेश्वर धाम यस नगरपालिकाको प्रमुख साँस्कृतिक धरोहरका रुपमा रहेको छ ।

नदीनाला तथा तालतलैया
बबई नदी, ग्याङ नदी, मान खोला, डुन्डुवा खोला, घट्टे खोला, लौहवा खोला, अक्षेखिया खोला, शेभाङ खोला, दोन्द्रे खोला, खोटे खोला, भङ्गाहा खोला, दोभान खोला, चिसी खोला, चप्ला नाला, फोहिया नाला, कन्जरवा नाला, बोक्सीनिया नाला यस न.पा.का प्रमुख नदीनालाहरु हुन । न.पा. भित्रका लक्ष्मणा ताल, मोतिपुर ताल, दमौली ताल, बाँसगढी ताल प्रमुख तालहरु हुन भने च्यामा र राँझा सिमसार क्षेत्र रहेका छन् ।

पर्यटकीय, सास्कृतिक र मनोरम स्थलहरू
बाँसगढी नगरपालिकामा विभिन्न खालका प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु रहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, चेपाङ्ग गाउँ, मन्दिर,चर्च तथा गुम्वा जस्ता सम्पदाहरु यस नगरपालिकाका पर्यटकीय क्षेत्रहरु हुन् । विभिन्न उत्सव र चाडपर्वमा मन्दिर आसपासका क्षेत्रबाट मानिसहरु आउने गर्दछन् । शिवरात्री, दशैं, माघे संक्रान्ती, चैते दशैं जस्ता चाडपर्वमा विषेशगरी यसक्षेत्रमा मानिसहरुको जमघट हुने गर्दछ । थारुजातिको मौलिक संस्कृतिले पनि यस क्षेत्रको विशिष्ट साँस्कृतिक पहिचान बोकेको छ । वडा नं. ५ मा अवश्थित केदारेश्वर धाम यस नगरपालिकाको प्रमुख साँस्कृतिक धरोहरका रुपमा रहेको छ ।

भू–उपयोग
बाँसगढी न.पा.को अधिकांश खेतियोग्य जमीन समथर भएकोले माटोको वनावटमा धेरै समानता पाइन्छ । दोमट र चिम्टाइलो माटो पाईने यस नपामा उर्वर भुमिको प्रचुरताले गर्दा राम्रो कृषि उत्पादन भएको पाइन्छ । न.पा. को वार्षिक नगर विकास योजना २०७३।०७४ अनुसार कुल भुभाग मध्ये कृषियोग्य जमिन ४० प्रतिशत, वनजंगल ५० प्रतिशत, झाडी ३ प्रतिशत, घाँसे मैदान चौर ३ प्रतिशत, खोला खोल्सी पोखरी २ प्रतिशत, बगर बालुवायुक्त जमिन १ प्रतिशत र बाक्लो शहरी बस्ती १ प्रतिशत रहेको छ । धान, गहुँ, मकै, मसुरो, केराउ, तोरी, अरहर, मास, आलु, चना यस क्षेत्रको प्रमुख बाली हुन् ।

"घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्"राष्ट्रिय एकता दिवसको शुभकामना ।
11/01/2026

"घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्"

राष्ट्रिय एकता दिवसको शुभकामना ।

सातौं बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्सव-२०८२।। निमन्त्रणा पत्र ।।आदरणीय महानुभावहरु,य...
10/01/2026

सातौं बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्सव-२०८२
।। निमन्त्रणा पत्र ।।

आदरणीय महानुभावहरु,

यस बाँसगढी उद्योग वाणिज्य संघ, बर्दियाको आयोजनामा हाम्रो गौरवमय पहिचान र स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यका साथ "सातौं बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्सव-२०८२" भव्य रुपमा आयोजना हुन गइरहेको छ।

स्थानीय कला, संस्कृति, कृषि र पर्यटनलाई विश्वमाझ चिनाउने यो उत्सवमा यहाँको गरिमामय उपस्थिति र सक्रिय सहभागिताको लागि हामी हार्दिक निमन्त्रणा गर्दछौं।

महोत्सवका मुख्य आकर्षणहरु:

स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति।

कृषि, पर्यटन तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनी।

थारु संस्कृति तथा मौलिक खानपानका परिकारहरु।

बाल उद्यान तथा मनोरञ्जनका विविध कार्यक्रम।

कार्यक्रमको विवरण:

मिति: २०८२ पौष ३० गतेदेखि माघ ०९ गतेसम्म

स्थान: बाँसगढी, बर्दिया

आयोजक: बाँसगढी उद्योग वाणिज्य संघ, बर्दिया

सम्पर्कका लागि: बाँसगढी उद्योग वाणिज्य संघ कार्यालय बाँसगढी, बर्दिया

तपाईंको उपस्थिति, हाम्रो गौरव!

संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो अमूल्य मतको पर्योग गर्न ...
09/01/2026

संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो अमूल्य मतको पर्योग गर्न निर्वाचन आयोग सबै मतदातामा हार्दिक अनुरोध गर्दछ ।

बिजया दशमीको शुभकामना!!🕉️🎉
24/10/2023

बिजया दशमीको शुभकामना!!🕉️🎉

24/09/2023
श्री कृष्ण जन्माष्टमीको शुभकामना l
06/09/2023

श्री कृष्ण जन्माष्टमीको शुभकामना l

नाग पञ्चमीको सम्पूर्णमा हार्दिक शुभकामना।
21/08/2023

नाग पञ्चमीको सम्पूर्णमा हार्दिक शुभकामना।

शिक्षक आवश्यकता ।
16/08/2023

शिक्षक आवश्यकता ।

साउन २९ गते सोमबार साँझ ठिक ६.०० बजे बांसगढीमा स्थित ॐ केदारेश्वर धाम मन्दिरमा पशुपतिनाथ र बागेश्वरि मन्दिर मा जस्तै महा...
14/08/2023

साउन २९ गते सोमबार साँझ ठिक ६.०० बजे बांसगढीमा स्थित ॐ केदारेश्वर धाम मन्दिरमा पशुपतिनाथ र बागेश्वरि मन्दिर मा जस्तै महाआरती लगायत भजन कृतन भव्य तरिकाले हुने भएको छ l🙏🏻🙏🏻

आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिसहाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जंक्टिभाइटिस  अर्थात् आँखा पाक्ने ...
08/08/2023

आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिस
हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जंक्टिभाइटिस अर्थात् आँखा पाक्ने समस्या देखिएकोले सर्तक रहौँ ।
लक्षणहरु
- आँखा रातो हुने र चिलाउने
- आँखाबाट आँसु बगिरहने वा कचेरा÷चिप्रा लाग्ने
- आँखाको ढकनी रातो हुने, सुन्निने
- आँखा बिझाउने÷दुख्ने
- घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने
रोकथामका उपायहरु
भाइरल कन्जंक्टिभाइटिस (आँखा पाक्ने रोग) सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । त्यसैले रोकथामका निम्न उपायहरु अपनाएर आँखा पाक्ने रोगबाट बचौँ।
- संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने
- संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने
- जथाभावी आँखा नछुने, आँखा छुनु परेमा छुनु अघि वा छोइसके पछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने
- संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने
- व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
भाइरल कन्जंक्टिभाइटिस भइहाले अत्तिनु पर्दैन । यो रोग १ देखि २ हप्तामा आफैँ निको हुन्छ । स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग नगरौँ ।

आँखा पाक्ने रोग अर्थात् भाइरल कन्जंक्टिभाइटिस लागेमा के गर्ने ?
भाइरल कन्जंक्टिभाइटिस रोग घरमै स्याहार गरे १ देखि २ हप्तामा आफैँ निको हुन्छ ।
घरमा स्याहार गर्दा ध्यान दिनु पर्ने कुराहरु
- बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने ।
- आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने।
- आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने ।
- प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने ।
- बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने ।
- संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने ।
- संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने ।
स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग नगरौँ । दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा उपचारको लागि तुरुन्त स्वास्थ्यसंस्था जाऔँ ।

Address

Bansgadhi Municipality
Bardiya

Website

Alerts

Be the first to know and let us send you an email when Bansgadhi Municipality, Bardiya - बाँसगढी नगरपालिका, बर्दिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share