शेयर बजारका अनुभव र आशा

  • Home
  • Nepal
  • Banke
  • शेयर बजारका अनुभव र आशा

शेयर बजारका अनुभव र आशा ✍️ विश्वास आफ्नो कदममा हुनुपर्छ ! शेयरबजार सुन्दर छ र सबैलाई खुशी तुल्याउन सक्छ ! 💚 Please Follow & Support! 🙏

03/06/2026

✍️ पत्रकारले आरोपसहित कुनै प्रश्न गर्दा यदि त्यो प्रमाणित गर्ने प्रमाण छैन भने उनीहरुले त्यो व्यक्तिलाई हुने मानसिक र सामाजिक क्षतिको मूल्याङ्कन गरी हदैसम्मको क्षतिपूर्ति दिन मिल्ने गरी कानुन निर्माण गर्नु आवश्यक हुन्छ । तर के गर्ने कुनै दिन झुक्किएर केपी ओली जस्तो मान्छे नेतृत्वमा आयो भने त्यस्तो कानुनको सर्वथा दुरुपयोग हुने देखिन्छ । त्यसैले यी सबै कुराहरू विचार गरेर छिटोभन्दा छिटो पत्रकारलाई नियमन गर्ने कानुनको निर्माण गर्नु आवश्यक देखिएको छ । 🙏
#सामाजिक_संजाल

Hari Sasmit Swarnim B***n 🙏

03/06/2026

✍️ Everywhere Tax! 🙄 CJP-In 🙏
#सामाजिक_संजाल


02/06/2026

✍️ मैले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको बजेटलाई B- (बी माइनस) ग्रेड प्रदान गरेको थिए । 🙄
✍️ वास्तवमा हाम्रो अपेक्षा बालेन सरकारसँगै हो, झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको रास्वपा पार्टी सँगै हो र यसको विकल्प वर्तमान अवस्थामा न कुनै पुरानो दल न कुनै अहिलेको नवोदित दल हुन सक्दछ र यस्तो अवस्थामा हामीले रोइ कराई गर्ने वा आफ्नो भनाइ राख्ने सरकार भनेको नै बालेन सरकार हो । 🤟
✍️ यस्तो अवस्थामा वर्तमान सरकारले प्रस्तुत गरेको बजेटलाई किन B- (बी माइनस) ग्रेड दिएको भन्ने सोच्नुभयो होला । तर समग्रमा बजेट नराम्रो भने होइन, तापनि डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा अस्वभाविक रूपमा वृद्धि गर्नुभएको कर र त्यसपछिका अर्थमन्त्रीहरूले दिनुभएको निरन्तरता र गभर्नर महाप्रसाद अधिकारीले आफू संलग्न रहेको दलको हितको लागि एकपछि अर्को गर्दै नीतिगत रूपमा अर्थको मुहान नै सुक्ने गरिकन निरन्तर ल्याइरहनुभएको नीतिका कारण अर्थतन्त्र थिलथिलो अवस्थामा पुगेको थियो । वर्तमान सरकारलाई यसरी सुस्ताएको अर्थतन्त्रलाई उकास्नको लागि बजेट मार्फत नयाँ नीतिगत व्यवस्थाहरू गर्न एकदमै दबाब रहेको थियो, जसमा वर्तमान अर्थमन्त्री पूर्णतः असफल हुनुभएको देखिन्छ । 😭
✍️ वर्तमान अवस्थामा बताएको अर्थतन्त्र चलायमान गराउनको लागि अर्थको मूलमै कर वृद्धि गर्नु अस्वाभाविक हो, बरु कम्तिमा दुई वर्षका लागि घटाउन नसके पनि भएकै कर दरलाई निरन्तरता दिनु आवश्यक देखिन्थ्यो । बरु देशबाट बाहिर जाने पैसाहरूमा कसरी कर वृद्धि गर्न सकिन्छ त्यतातिर सोच्नु आवश्यक थियो । बरु कर वृद्धि नगरेर केही सहुलियत दिएको भए देशभित्रै पैसा अर्थका मूलहरु बहन सुरु गरी छिटोछिटो पैसाहरु चलायमान हुने अवस्था आउँथ्यो, जसले केही समयको लागि अहिलेको कारोबारमा १० गुणासम्म वृद्धि भई करमा पनि व्यापक वृद्धि हुने थियो भने अर्थतन्त्र पनि चलायमान हुने थियो । पुँजीगत लाभकरमा भएको वृद्धिले कारोबारमा संकुचन ल्याउनेछ भने अर्थतन्त्रको सुस्तता कायमै राख्नेछ । बजेट मार्फत केही लचकता अपनाएर मौद्रिक नीति पनि सोही अनुकूल बनाएको भए अर्थतन्त्र राम्ररी चलायमान हुने अवस्था आउँथ्यो । यसरी अर्थको मूलमै कर वृद्धि गर्ने कुरा कति चित्त बुझ्दो थिएन । 😭
#सामाजिक_संजाल


Shiva Rohan Subas Chhote
Hari Sasmit Swarnim B***n 🙏

02/06/2026

✍️ उहाँको बानी नै त्यस्तै हो सभामुख महोदय, जे कुरामा पनि जुरुक जुरुक उठ्नुहुन्छ...! 😂😋😋


#सामाजिक_संजाल

02/06/2026

🙏🙏🙏 CJP-In 🙏


TopFans

01/06/2026

✍️ अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको पहिलो बजेटलाई समग्रमा ग्रेड दिँदा B- (बि माईनस) दिएको छु, यहाँहरूको बिचारमा के होला ? 🤨
B***n 🙏

01/06/2026

✍️ भाषामा "हामीले यति उदारतापूर्वक" भन्नुले नयाँ अर्थमन्त्रीज्यू पुनः सामन्त शासक वा मालिक बन्न खोज्नुभएको हो ? तपाईँलाई जनताले आफ्नो हितको लागि चुनेको हो । 🤔
B***n 🙏

01/06/2026

✍️ आम जनताको अगाडि यसरी चतुर्याइँ देखाउनु चाहिँ भएन नि अर्थमन्त्रीज्यू ! होइन भने तपाईँ जेन्जी आन्दोलनबाट स्थापित सरकारको अर्थमन्त्री हुन लायकको हुनुहुँदैन, राजीनामा दिनुहोस् । 🤔

Shiva Rohan Subas Chhote
Hari Sasmit B***n 🙏

01/06/2026

✍️ पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा घोषणा गर्दा अर्थमन्त्री प्रति सम्पूर्ण लगानीकर्ता सकारात्मक भएका थिए । यति गरिसकेपछि अहिले नै केही सीमित व्यक्तिलाई सोधेर उनीहरूको सल्लाह बमोजिम करको दरमा वृद्धि गरिनु सरासर घातक थियो । यो वर्ष बजार चलायमान गराउनको लागि करको दर वृद्धि गरिनु हुँदैनथ्यो । बजार चलायमान हुँदा पुरानै दरमा पनि अहिलेको भन्दा दोब्बर तेब्बर कर उठ्ने सम्भावना थियो । हामीलाई अर्थमन्त्रीबाट यो अपेक्षा चाहिँ थिएन । 🙄



Shiva Rohan Subas Chhote
Hari Sasmit Swarnim B***n 🙏

01/06/2026

✍️ भोला खायर भुईमा थुक्ने गोरु 🤭🤣🤭 Harka Sampang

Address

Kohalpur Municipality
Banke

Telephone

+9779829642032

Website

Alerts

Be the first to know and let us send you an email when शेयर बजारका अनुभव र आशा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category