Laxmi Ma Vi , Madui , Technical stream , Plant science

  • Home
  • Nepal
  • Banke
  • Laxmi Ma Vi , Madui , Technical stream , Plant science

Laxmi Ma Vi , Madui , Technical stream , Plant science कृषि प्राविधिक बिद्यालय

´´पढ्दै पनि छु, उमार्दै पनि छु सपना।”“कलमले लेख्छु भविष्य, खेतले दिन्छ आधार।”बाली विज्ञान कक्षा 11 का विद्यार्थीले उत्पा...
22/04/2026

´´पढ्दै पनि छु, उमार्दै पनि छु सपना।”
“कलमले लेख्छु भविष्य, खेतले दिन्छ आधार।”
बाली विज्ञान कक्षा 11 का विद्यार्थीले उत्पादन गरेका तरकारी।

आज मिति २०८२/०५/३१ गते कक्षा ११ कृषि प्राविधिक धारतर्फका विद्यार्थी भाइबहिनीको ज्ञानलाई थप व्यावहारिक र सुदृढ बनाउनका ला...
16/09/2025

आज मिति २०८२/०५/३१ गते कक्षा ११ कृषि प्राविधिक धारतर्फका विद्यार्थी भाइबहिनीको ज्ञानलाई थप व्यावहारिक र सुदृढ बनाउनका लागि प्लास्टिक हाउस(टनेल) मा टमाटरको बेर्ना ( Tomato transplanting) लगाउदै।

यस विद्यालयमा फरक क्षमता भयका छात्र उमेश खत्रीले यस वर्षको एस.इ.इ.परिक्षामा खुट्टाले लेखेर उतिर्ण गरेकोले निज छात्रको अझ...
13/09/2024

यस विद्यालयमा फरक क्षमता भयका छात्र उमेश खत्रीले यस वर्षको एस.इ.इ.परिक्षामा खुट्टाले लेखेर उतिर्ण गरेकोले निज छात्रको अझ हौसला बढाउन प्रोत्साहन स्वरूप पढाइकालागी आवस्यक सामग्री,पोशाक,ल्यापटप तथा नगत रु १५११११ अक्षरुपी एक लाख एकाउन्न हजार एक सय एघार रुपैया सहित सम्मान गर्नु भयकोमा रोटरी क्लव अफ डिल्लीबजार काठमाडौं लाई धेरै धेरै धन्यवादका साथ कार्यक्रमलाई उर्जा थप्नुका साथै अझ हौसला बढाउन कार्यक्रम को प्रमुख अथितिका रुपमा उपस्थित हुनुभयका राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल,विद्यालय व्यवस्थापन समिती,शिक्षक कर्मचारी, विद्यार्थी लगायत कार्यक्रमको सोभा बढाउन उपस्थित हुनुभयका अभिवावक प्रती विद्यालय परिवार आभार प्रकट गर्दछ र यहाँहरुको रचनात्मक सल्लाह सुझावको अपेक्षा गर्दछ र मेहनती छात्र उमेशको उज्वल भविष्यको कामना गर्दछ ।

बधाई छ सर मेडम लाई
27/12/2023

बधाई छ सर मेडम लाई

Research trial on Rice 🌾🌾Research title: Performance evaluation of different genotype of rice.  by doing #  collection -...
11/08/2023

Research trial on Rice 🌾🌾
Research title: Performance evaluation of different genotype of rice.
by doing #
collection - Plant height, number of tillers per hill
🌱🌱

Intercultural operation अन्तर्गत पर्ने झार व्यवस्थापन सम्बन्धि (w**d management) हाते गोड्मेल (manual managment) को व्यव...
11/08/2023

Intercultural operation अन्तर्गत पर्ने झार व्यवस्थापन सम्बन्धि (w**d management) हाते गोड्मेल (manual managment) को व्यवाहारीक अभ्यास।
साथै धान मा पाईने मुख्य मुख्य झार जस्तै
Echinocloa colona, Echinocloa glabrescens, Cyperus irria L., Cyperus rotundus र
Cynodon dactylon को पहिचान।

झार खेतबारीमा हाम्रो चाहाना बिना हुर्किने बिरुवाहरु हुन। जस्ले हाम्रो बाली सङ्ग पानी, खाद्यतत्व, ठाउँ तथा प्रकाशको लागि प्रतिस्पर्धा गर्दछन। फलस्वरुप बालीको वृद्धि विकासमा हानी हुन गई उत्पादनमा समेत ह्रास गराउछन। त्यस बाहेक, झारहरुले रोग किरालाई वासस्थान दिने पनि गर्दछन।

आज देखि कक्षा १० को ३ महिने OJT औपचारीक रुपमा सकियको छ। २०८०/०१/१२ देखि सुरु भएको OJT आजबाट सकिएको छ।OJT मा गरीएका क्रीय...
09/08/2023

आज देखि कक्षा १० को ३ महिने OJT औपचारीक रुपमा सकियको छ। २०८०/०१/१२ देखि सुरु भएको OJT आजबाट सकिएको छ।

OJT मा गरीएका क्रीयाकलापहरु
- मेन्था (मेडिसिनल प्लान्ट)को फिल्ड व्यवस्थापन। (intercultural operation) तथा हार्भेस्टिङ्ग ।
-मकैको हाते औजार (dibbling machine) बाट रोपाई।
-मकैमा मलखाद्को ( NPK at basal dose and topdressing) व्यवस्थापन तथा उचित प्रयोग।
-मकैमा उम्रीने विभिन्न किसिमका झारहरुको व्यवस्थापन ।
- मकैमा लाग्ने विभिन्न किसिमका रोगकिराहरुको व्यवस्थापन ।
मकैको हार्भेस्टिङ्ग तथा पोस्ट हार्भेस्ट व्यवस्थापन
-भिन्डिको लागि बारीको तयारी।
- ढुसिनासक बिषदिबाट उपचार गरिएको भिन्डीको बिउको रोपाई।
-भिन्डिमा thinng out र gap filling गरिएको।
-भिन्डिमा लाग्ने विभिन्न किसिमका रोग तथा किराहरुको व्यस्थापन
-भिन्डिमा लाग्ने विभिन्न किसिमका झारहरुको व्यवस्थापन
-भिन्डीको उत्पादन बृद्दिको लागि रासायनिक (NPK) तथा फर्मेन्टेड FYM को उचित र मात्रानुसारको प्रयोग।
-खुर्सानी तथा टमाटरको बेर्ना बैज्ञानिक तरिकाले (रोगकिराबाट मुक्त) कोकोपिट र ट्रेको प्रयोग गरेर उत्पादन।
-धानका विभिन्न पाइपलाईन भेराईटिको ब्याड उत्पाद्न र रिसर्च ट्राईलमा प्रयोग ।
-बगैचामा रहेका विभिन्न फलफुलमा गोड्मेल तथा मलखादको मात्रानुसारको प्रयोग।

सिकाईहरु
-मेन्थामा रासायनिक मल टपड्रेस गर्न।
-मेन्थामा विभिन्न किसिमका intercultural operation को प्रयोगले उत्पाद्न पर्ने असरहरु थाहा पाउन।
-साना हाते मेसिन (dibbling machine) को प्रयोग गरेर मकै रोप्न।
-मकैमा मलखादको basal dose र split doses को सहि तरिका र सहि मात्राले प्रयोग गर्न सिक्न।
-मकैलाई असर पार्ने रोग किरा तथा झारहरुको पहिचान गरि व्यवस्थापन गर्न ।
-बीउ उपचार गर्दा र नगर्दाबेला germination percentage बिचको फरक थाहा पाउन र germination मा असर पार्ने रोग damping offले पार्ने असरहरु व्यवस्थापन गर्न।
-भिन्डिमा हुने रोगकिराहरु को पहिचान तथा व्यवस्थापन गर्न।
-भिन्डिमा gap filling तथा thinning out को आवश्यकताको बारेमा जानकारी लिन।
-बेर्ना उत्पादनका लागि ट्रे तथा कोकोपिटको आवश्यकताको बारेमा जानकारी
-बैज्ञानिक तरीकाले धानको व्याड राख्न तथा व्याड व्यवस्थापन गर्न।
-ट्रपिकल रीजनमा उपलब्ध हुने फलफुलमा बर्षेनी आवश्यक पर्ने मलखादको उमेरनुसारको मात्रा हाल्न र प्रयोग गर्ने तरिकामा सिकाई।

07/07/2023
यस बिधालयको फिल्ड मा भएको मेन्था आज कटानी हुँदै ।
22/06/2023

यस बिधालयको फिल्ड मा भएको मेन्था आज कटानी हुँदै ।

Address

Banke

Telephone

+9779858070016

Website

Alerts

Be the first to know and let us send you an email when Laxmi Ma Vi , Madui , Technical stream , Plant science posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share