01/06/2026
विश्व दुध दिवस २०२६ को अवसरमा बन्दीपुर गाउँपालिका Bandipur Rural Municipality को पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा दूध वितरण तथा दूधको पोषण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न।
कार्यक्रमअन्तर्गत विभिन्न विद्यालय तथा बालगृहमा दूध वितरण गरिएको साथै दूधको पोषणात्मक महत्त्व, स्वस्थ जीवनशैली र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा यसको भूमिकाबारे जानकारी प्रदान गरिएको थियो।