Hemanta Rai

Hemanta Rai Exploring Nepal

28/03/2026

र्यापर र DJ को DJ-ing मा, अब हामी सबै नेपाली नाचौँ है ।
जय देश जय नेपाली ❤️

भदौ २३ र २४ गतेको घटनापछि गठन गरिएको गौरीबहादुर कार्की आयोग को प्रतिवेदन सार्वजनिक भएपछि आम जनमानसमा गम्भीर प्रश्नहरू उठ...
27/03/2026

भदौ २३ र २४ गतेको घटनापछि गठन गरिएको गौरीबहादुर कार्की आयोग को प्रतिवेदन सार्वजनिक भएपछि आम जनमानसमा गम्भीर प्रश्नहरू उठिरहेका छन् । विशेषगरी, प्रतिवेदनमा केही व्यक्तिहरूको नाम उल्लेख गरिँदा अन्य चर्चित तथा सरोकारवाला व्यक्तिहरू किन छुटाइए भन्ने विषयले ठूलो जिज्ञासा र बहस सिर्जना गरेको छ ।

किन राजु पाण्डे, सुशिला कार्की, रवि लामिछाने, बालेन साह, मनिष झा, सोभिता गौतम, सुमना श्रेष्ठ, हरि ढकाल, निश्चल बस्नेत लगायतका अन्य व्यक्तिहरूको नाम प्रतिवेदनमा समेटिएन ? के उनीहरू घटनासँग पूर्णतः असम्बन्धित थिए, वा अनुसन्धान प्रक्रियामा कुनै पक्षपात भयो ?

यस्ता प्रश्नहरू अहिले जनमानसमा गहिरो रूपमा उठिरहेका छन् ।
यदि कुनै अनुसन्धान प्रतिवेदनले सबै पक्षलाई समान रूपमा समेट्न सकेन भने, त्यसले विश्वसनीयतामाथि नै प्रश्न उठाउँछ । एकतर्फी, पूर्वाग्रहीपूर्ण वा अपूर्ण देखिने प्रतिवेदनहरूले केवल कानुनी वा राजनीतिक असर मात्र पार्दैनन्—यसले समाजमा मनोवैज्ञानिक असर पनि गहिरो पार्छ । जनतामा निराशा, आक्रोश, अन्योलता र संस्थाप्रति अविश्वास बढ्दै जान्छ ।

अझ गम्भीर कुरा के हो भने, जब नागरिकले न्याय प्रणाली र छानबिन संयन्त्रलाई निष्पक्ष ठान्न छोड्छन्, तब लोकतान्त्रिक संरचनामै असर पर्न थाल्छ । त्यसैले यस्ता आयोगहरूले पारदर्शिता, निष्पक्षता र पूर्णता कायम गर्नु अत्यन्त आवश्यक हुन्छ ।

27/03/2026

मध्यावधि निर्वाचन, नतिजा, कार्की आयोगको प्रतिवेदन र अहिलेको मन्त्रिमण्डल देखेर उदेख लागेको छ, कठै !
सबै सबै लाई बधाई
हाम्रो प्यारो नेपाल
❤️❤️❤️

15/03/2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका दिवंगत पिताज्यूप्रति हार्दिक श्रद्धाञ्जलि !
शोकाकुल परिवार तथा समस्त आफन्तजनमा पनि गहिरो समवेदना व्यक्त गर्दछु ।

09/03/2026

मान्य ज्यु के भन्दै हुनुहुन्छ 🤔🤔🤔

साथिले चटकै देखाउन थाले थोईट् 🤣🤣
16/02/2026

साथिले चटकै देखाउन थाले थोईट् 🤣🤣

चितवनको सडकमा बनाइएको रास्वपाको चुनाव चिन्ह्र घण्टी ढोगेर रवि लामिछानेले थाले चुनाव प्रचार

10/02/2026
30/12/2025

राजनीतिक नीतिहरू नै नीति निर्माणका आधार हुन् र ती नै देश विकासका मेरुदण्ड हुन् । तर दुर्भाग्यवश, नेपालमा राजनीतिलाई विकासको साधनका रूपमा होइन, डम्पिङ साइटनै बनाईएको छ । जो–कोही (बिभिन्न फण्डावाला), राजनीतिमा लागेको छन् जसले राजनीतिप्रति वितृष्णा बड्नुको साथै राजनीति आफैँ फोहोरी भएको अनुभूति जनतामा गहिरिँदै गएको छ ।

नीति, सिद्धान्त, विचार र संस्कारविहीन राजनीतिक दलहरूले देशलाई कसरी सही दिशा दिन सक्छन्? तर नेपालमा बाटोमै नाङ्लो पसल थापेझैँ राजनीतिक दल खोल्ने प्रवृत्ति मौलाएको छ । यसले गणतन्त्रको सुन्दरतालाई नै प्रश्नको घेरामा ल्याएको छ । के गणतन्त्रमा संस्कार हुँदैन? के राजनीतिक दलहरू नीति, सिद्धान्त र विचारमा स्पष्ट हुनु आवश्यक छैन?

पछिल्लो समय नेपालमा ‘नयाँ’ भनेर चिनिएका पात्रहरूको कृत्रिम छवि निर्माण र उनीहरूलाई जबर्जस्ती प्रोजेक्ट गर्ने प्रवृत्तिले अवस्था झन् चिन्ताजनक बनेको छ । यसले नयाँ भनिएकाहरूको महत्वाकांक्षा अस्वाभाविक रूपमा बढाएको देखिन्छ, जसको परिणामस्वरूप सिधा टेक्नुपर्ने खुट्टासमेत जबर्जस्ती बाङ्गो टेकेको दृश्य देखिन थालेको छ ।

रवि लामिछाने नयाँ दल खोलेर राजनीति सिक्दै थिए तर केपी ओलीले उनलाई सिधै गृहमन्त्रीसँगै उपप्रधानमन्त्रीको जिम्मेवारी थम्याईदिएपछी उसलाई राजनीति सिक्ने आवश्यकता नै रहेन । उनी आफैँ सर्वेसर्वा बने । पहिलो पटक गृहमन्त्रालय छोड्दा मिडियामाथि ‘१२ भाइ’ सहितको सत्तोसराप गर्नु, र त्यसपछिका निरन्तर अभिव्यक्तिहरू—यी सबै कुरा जनताले प्रत्यक्ष देखेकै छन् ।

अहिले ‘लुसिफर’ उपनामले चिनिएका बालेनलाई पनि यसैगरी राजनीतिका केन्द्रबिन्दु झैँ स्थापित गर्ने प्रयास भइरहेको छ । उनका गतिविधि र अभिव्यक्तिहरू हामी सबैले नियालिरहेकै छौँ । तर प्रश्न उठ्छ—किन यति धेरै नेपाली जनतालाई बारम्बार उल्लु बनाइँदैछ? किन नेपाललाई प्रयोगशालाजस्तो बनाइँदैछ?

साँचो नेपालीले यो राजनीतिक खेलको वास्तविकता आखिर कहिले बुझ्ने होला? 🤔

हार्दिक बधाई !नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट खोटाङ जिल्लाबाट केन्द्रीय सदस्यहरुमा विणादेवी राई, विशाल भट्टराई...
18/12/2025

हार्दिक बधाई !

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट खोटाङ जिल्लाबाट केन्द्रीय सदस्यहरुमा विणादेवी राई, विशाल भट्टराई, उषाकला राई, भोला पोखरेल तथा केन्द्रिय आयोग सदस्यमा कर्ण घले र ११औं महाधिवेशनबाट निर्वाचत सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

04/12/2025

साकेला उधौली (५०८६) को सबैमा हार्दिक शुभकामना 🙏🏻

Address

Balaju

Telephone

+9779851001946

Website

Alerts

Be the first to know and let us send you an email when Hemanta Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hemanta Rai:

Share

Category