27/05/2026
आज मिति २०८३ जेष्ठ १३ गते यस कार्यालय अन्तर्गत स्वास्थ्य शाखामा कार्यरत शाखा प्रमुख श्री चिरञ्जीवी प्रसाद शाहज्यूको विदाई तथा फेरि भेटौँला कार्यक्रम एक समारोहका बीच सम्पन्न भयो। उक्त कार्यक्रम त्रिवेणी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बुद्धिप्रसाद उपाध्यायज्यूको अध्यक्षता तथा नगर प्रमुख श्री कर्णबहादुर थापाज्यूको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको थियो।
कार्यक्रममा वडा अध्यक्षज्यूहरू, शाखा प्रमुखज्यूहरू, स्वास्थ्य संस्थाका इञ्चार्जज्यूहरू, स्वास्थ्यकर्मी साथीहरू, विभिन्न संघ–संस्थाहरूमा कार्यरत कर्मचारीहरू एवं सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो।
उहाँले मिति २०६२ जेष्ठ १६ गतेबाट बाजुरा अस्पतालमा स्वास्थ्य सेवाको यात्रा प्रारम्भ गरी, २०६२ मंसिर १५ गतेदेखि त्रिवेणी नगरपालिका अन्तर्गतको कैलाशमाण्डौ स्वास्थ्य चौकीमा रही जनस्वास्थ्य सेवामा निरन्तर योगदान पुर्याउनुभएको थियो। तत्पश्चात उहाँले नगरपालिका अन्तर्गत स्वास्थ्य शाखा प्रमुख तथा त्रिवेणी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो।
जनस्वास्थ्य अधिकृत श्री चिरञ्जीवी प्रसाद शाहज्यूको आगामी जीवन सुखद, स्वस्थ, दीर्घायु तथा सफल रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।