बुङ्गल नगरपालिका - Bungal Municipality

  • Home
  • Nepal
  • Bajhang
  • बुङ्गल नगरपालिका - Bungal Municipality

बुङ्गल नगरपालिका - Bungal Municipality Bungal Municipality is one of the natural beautiful tourism places in Nepal Bajhang district.

कुनै पनि गाडीले बढी भाडा लिएको पाइएमा ,ट्राफिक प्रहरी तथा प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर 985-8417777 सम्पर्क गरि ग...
17/10/2024

कुनै पनि गाडीले बढी भाडा लिएको पाइएमा ,ट्राफिक प्रहरी तथा प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर 985-8417777 सम्पर्क गरि गाडी नम्बर टिपाउनु होला ।

माननीय गृहमन्त्री रमेश लेखक ज्यु काे निर्देशनमा आजैबाट बुङ्गल नगरपालिकाकाे बिजगडामा ट्राफिक प्रहरीकाे ब्यबस्था भएको छ। ज...
16/10/2024

माननीय गृहमन्त्री रमेश लेखक ज्यु काे निर्देशनमा आजैबाट बुङ्गल नगरपालिकाकाे बिजगडामा ट्राफिक प्रहरीकाे ब्यबस्था भएको छ। जसले गर्दा यातायात ब्यबस्थापनमा बुङ्गली जनतालाई धेरै सहज हुने भएको छ । जय बुङ्गल !!!

यहि मिति  २०८१ साल  कार्तिक महिनाको  २ र ३ गतेका दिन ६ महिना देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन `ए´ तथा  जुकाको औ...
15/10/2024

यहि मिति २०८१ साल कार्तिक महिनाको २ र ३ गतेका दिन ६ महिना देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन `ए´ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको हुदा आ-आफ्ना बालबालिकाहरुलाई नजिकको सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए तथा जुकाको औषधि खुवाउन हुन अनुरोध छ ।


/3

हार्दिक श्रद्धाञ्जली 🙏🙏
15/10/2024

हार्दिक श्रद्धाञ्जली 🙏🙏

10/09/2024

के तपाईलाई थाहा छ डायलाइसिस गर्दा रातो नली मार्फत रगत निकालिन्छ, त्यसपछि डायलाइसिस मेसिन मार्फत जान्छ र नीलो ट्यूब (नलि) मार्फत शरीरमा फिर्ता...

यो प्रक्रिया पूरा हुन चार घण्टा लाग्छ र बिरामी ओछ्यानमा स्थिर रहन्छ।

यो प्रक्रिया हप्तामा तीन पटक हुन्छ, जसको मतलब एक महिनामा १२ पटक हुन्छ, र प्रत्येक पटक चार घण्टा लाग्छ, जसको अर्थ ४८ घण्टा…

मृगौलाको कुनै रोगबाट पीडित नभएका र स्वस्थ व्यक्तिको लागि उनीहरूको मिर्गौलाले दिनमा छत्तीस पटक कुनै समस्या बिना यो काम गर्छ।

यदि तपाइँ यो पढ्दै हुनुहुन्छ भने, रक्सी पिउन बन्द गर्नुहोस्, प्रशोधित खाना खान बन्द गर्नुहोस्, जङ्क फुडहरू खान बन्द गर्नुहोस्, अनावश्यक मिठाईहरू खान बन्द गर्नुहोस् र सबैभन्दा महत्त्वपूर्ण कुरा शारीरिक मिहिनेत र व्यायाम गर्नुहोस्…!

हामी लाई लाग्छ कि यी सबै विकल्पहरू तपाईंको लागि धेरै सस्तो र सजिलो हुनेछ।

🙏🙏🙏

बुङल नगरपालिकाको आ व २०८०/०८१ को स्वास्थ्य संस्था स्तरीय कार्यक्रमहरूको वार्षिक समिक्षा गोष्ठी विशेष तरिकाले आगामी दिनहर...
07/09/2024

बुङल नगरपालिकाको आ व २०८०/०८१ को स्वास्थ्य संस्था स्तरीय कार्यक्रमहरूको वार्षिक समिक्षा गोष्ठी विशेष तरिकाले आगामी दिनहरुमा थप सेवालाई गुणस्तर र सेवामुखी बनाउने गरि मिति २०८१/०५/२० र २१ गते सम्पन्न भएको छ ।

बुङल नगरपालिकाको आ.ब. 2080/081 को दोस्रो सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । यो सार्बजनिक सुनुवाइ कार्यक्रममा...
31/08/2024

बुङल नगरपालिकाको आ.ब. 2080/081 को दोस्रो सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । यो सार्बजनिक सुनुवाइ कार्यक्रममा सहभागी भई यस कार्यालय र अन्तरगतका कार्यालयबाट सेवाग्राहीको सेवा लाई पारदर्शी, चुस्त दुरुस्त र छिटो छरितो बनाउन आफ्नो अमुल्य सुझाव दिई सहयोग गर्ने सम्पुर्ण उपस्थित पाटी प्रतिनिधि, जिल्ला नागरिक समाजका संयोजन, जिल्ला पत्रकार माहासङका प्रतिनिधि तथा सम्पुर्ण उपस्थित पत्रकार लगायत उपस्थित आम जनसमुदाय र सुरक्षा मित्रहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ । तपाईहरुको अमुल्य सुझावलाई मनन गर्दै आगामी दिनहरुमा थप यस कार्यालय र अन्तरगतका कार्यलयबाट दिईने सेवा लाई अझ थप प्रभावकारी तरिकाले कार्य सम्पदन गर्ने प्रतिबद्धता व्यक्त गरिन्छ । धन्यवाद ।

यहि मिति २०८१ साल भदौ महिनाको १५ गते शनिबारका दिन बुङल नगरपालिकाको आ.ब २०८०/०८१ को दोस्रो पटक सार्बजनिक सुनुवाइ कार्यक्र...
28/08/2024

यहि मिति २०८१ साल भदौ महिनाको १५ गते शनिबारका दिन बुङल नगरपालिकाको आ.ब २०८०/०८१ को दोस्रो पटक सार्बजनिक सुनुवाइ कार्यक्रम हुने भएकाले बुङल नगरपलिका सङ सरोकार राख्ने सम्पुर्ण आम जनसमुदायहरु लाई उपस्तिथितिका लागि हार्दिक अनुरोध गर्दछौ ।
स्थान : सरस्वती माध्यमिक विद्यालयको बिजगडा बझाङ ।

27/08/2024

यहि मिति २०८१ साल भदौ महिनाको १५ गते शनिबारका दिन बुङल नगरपालिकाको आ.ब २०८०/०८१ को दोस्रो पटक सार्बजनिक सुनुवाइ कार्यक्रम हुने भएकाले बुङल नगरपलिका सङ सरोकार राख्ने सम्पुर्ण आम जनसमुदायहरु लाई उपस्तिथितिका लागि हार्दिक अनुरोध गर्दछौ ।

स्थान : सरस्वती माध्यमिक विद्यालयको बिजगडा बझाङ ।

दुखद घटना! घाइतेको सिग्र स्वास्थ्य लाबको कामना । मृतक प्रती गहिरो दुख व्यक्त गर्दै बाकी परिवारमा धैर्यधारण गर्ने शक्ति म...
20/08/2024

दुखद घटना! घाइतेको सिग्र स्वास्थ्य लाबको कामना । मृतक प्रती गहिरो दुख व्यक्त गर्दै बाकी परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस हार्दिक श्रद्धाञ्जली ।
गए रातीकाे अविरल बर्षाका कारण घरमाथी नै आएकाे पहिराेमा परी बुङ्गल नगरपालिका वडा नं १० टुमेडामा एकै घरका चार जनाले ज्यान गुमाएका छन्। यसमा ज्यान गुमाउनु हुने चारै जनालाई हार्दिक श्रद्धाञ्जली , घाइतेहरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै शाेख शन्तप्ध परिवार प्रति गहिराे समवेदना प्रकाट गर्दछौ । यश घटनामा रातारात आएर उद्धार कार्यमा सहयाेग गर्नुहुने सुरक्षाकर्मी , टुमेडावासी दाजुभाई दिदीबहिनीहरु, नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीकाे टिम र अन्य ठाउबाट आउने मानवभावहरु धन्यवाद दिनुका साथै जिल्ला प्रशासन कार्यालयबाट, जिल्ला प्रहरी कार्यालय र जिल्ला रेडक्रस साेसाईटी चैनुर बझाङ्गबाट राहत ल्याएर तुरुन्तै घटनास्थलमा पुग्नुभएका सहायक प्रमुख जिल्ला अधिकारी, DSP र जिल्ला रेडक्रस साेसाईटीका कार्मचारी साथीहरुलाई सहयोग गर्ने प्रदेश सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । एकदमै गरिव परिवार भएकाले अझै पनि सहयाेगी मनहरुलाई सहयाेगकाे अपेक्षा गरेका छाै।

बुङल नगरपालिका वडा न १० को पहिरोमा परि प्रभावित ९ जनाको परिवार मध्य बिरा धामी, उज्जल धामी, रोसन धामी, कमला धामी र शान्ति...
19/08/2024

बुङल नगरपालिका वडा न १० को पहिरोमा परि प्रभावित ९ जनाको परिवार मध्य बिरा धामी, उज्जल धामी, रोसन धामी, कमला धामी र शान्ति धामीको सकुशल उद्दार भईसकेको र बाकी 4 जना काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामी को उदार भैरहेकोमा स्थानीयबासी र प्रहरीहरुले सहयोगले ४ जनाकै शब फेला परेको बाकि थप नगरपालिका उद्दार टोलि र बिराबगर APF को टोलि उद्दार सामग्री र राहत सामग्री सहित घटना स्तल तिर गएको कुरा जनकारि गरिन्छ । घाइतेहरुको स्वास्थ्य लाभको कामना र मृतक आत्माको चिर सान्तिको कामना ।

सम्बन्धित सबैको जानकारीको लागी 🙏🙏🙏
14/08/2024

सम्बन्धित सबैको जानकारीको लागी 🙏🙏🙏

बुङल नगरपालिकाको निर्माणाधीन १५ शया अस्पतालको भवन बिजगडा बझाङ ।
05/08/2024

बुङल नगरपालिकाको निर्माणाधीन १५ शया अस्पतालको भवन बिजगडा बझाङ ।

सम्बन्धित सबैको जानकारीको लागी
03/08/2024

सम्बन्धित सबैको जानकारीको लागी

06/07/2024

अत्यन्त जरुरी सूचना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले एक विशेष मौसम बुलेटिन जारी गर्दै पश्चिम क्षेत्रमा मनसुन थप सक्रिय हुने र ठाउँठाउँमा भारी वर्षा हुने जनाएको छ । बझाङलाई रेड जोनमा राखिएकाले सम्भाब्य घटना घट्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिरहेको छ । यस अवस्था बझाङबासी तथा छिमेकी जिल्लाबासी सबैले घर वरिपरि पहिरो संकेत भए नभएको विचार गर्ने, यात्रा गर्दा सडक तथा सवारीको अवस्था बुझेर मात्रै यात्रा गर्ने, रेडियो मोबाइल जस्ता सञ्चार माध्यम सुन्ने हेर्ने, खोलानाला तथा नदी तटिय क्षेत्रमा सकभर जाँदै नजाने र जानै परे सहयोगी लिएर जाने, बाढी पहिरो आए वा आपत बिपत परे हटलाइन नम्बर १०० र सम्बन्धित वडा कार्यलयमा जानकारी दिऔं ।

आर्थिक वर्ष २०८१/०८२ को लागि नविकरणका लागि Biometric Verification को माध्यमबाट नविकरण गर्नु पर्ने भएकाले सामाजिक सुरक्षा...
06/06/2024

आर्थिक वर्ष २०८१/०८२ को लागि नविकरणका लागि Biometric Verification को माध्यमबाट नविकरण गर्नु पर्ने भएकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पुर्ण लाभग्राहिहरुले अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउनु हुन यो सुचना मार्फत जानकारी गराइन्छ ।

व्यक्तिगत घटना दर्ता समय मै गरौ र गरा‌‍औ
14/04/2024

व्यक्तिगत घटना दर्ता समय मै गरौ र गरा‌‍औ

12/04/2024

Address

Bungal Municipality/6
Bajhang
10510

Alerts

Be the first to know and let us send you an email when बुङ्गल नगरपालिका - Bungal Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share