DCC Bajhang-जिसस बझाङ

DCC Bajhang-जिसस बझाङ यो जि.वि.स.को कार्यालय ,बझाङको आधिकारि?

11/01/2016
Vacancy Vacancy Vacancyजिल्ला स्थित सामाजिक तथा प्राविधिक विकास सेवा समूहमा केहि कर्मचारी आवश्यक्ता सम्बन्धि सूचना ।सूचन...
11/01/2016

Vacancy Vacancy Vacancy
जिल्ला स्थित सामाजिक तथा प्राविधिक विकास सेवा समूहमा केहि कर्मचारी आवश्यक्ता सम्बन्धि सूचना ।

सूचना पढ्न यो लिंक क्लिक गर्नुहोस।
https://drive.google.com/open?id=0B5MP7AHu6ei5VGctNjg0QWNTQ3M

Google Drive is a free way to keep your files backed up and easy to reach from any phone, tablet, or computer. Start with 15GB of Google storage – free.

मिति २०७२ साल पौष १२ गते बझाङ् जिल्ला पूर्ण खोप युत्त जिल्ला घोष्णा भएको छ।
31/12/2015

मिति २०७२ साल पौष १२ गते बझाङ् जिल्ला पूर्ण खोप युत्त जिल्ला घोष्णा भएको छ।

10/11/2015

आज २०७२ साल कार्तिक २४ गते मंगलबार, तदअनुसार नोभेम्बर १०, २०१५
आजको महान बाणी
"मानिस असल गुणले उत्तम हुन्छ न की उच्च आसनमा बसेर, महलको छानामा बस्दैमा काग गरूढ बन्छ र?" -- चाणक्य

हिन्दु धर्मावलम्बीहरुले वडा दशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाड हो- तिहार अर्थात यमपञ्चक। सम्पूर्ण नेपालीहरुलाई हामी जि.वि.स.बझाङ् को तर्फबाट हार्दिक हार्दिक शुभकामना।

आज तिहारको दोस्रो दिन- कुकुर तिहार ।
आज कुकुरलाई मिठो खानेकुरा दिएर माला लगाई दिने र पूजा गर्ने गरिन्छ । कुकुर स्वामीभक्त र इमान्दार प्राणी भएकाले यसको आज सवैले पूजा गरेका हुन् । कुकुरले आफु आश्रय लिएको घरको सँधै देखभाल र खासगरी रात्री समयमा सचेततापूर्वक सूरक्षा प्रदान गर्दछ । त्यस्तै अन्य हिंस्रक जीवजन्तु, चोर, लुटेराहरुबाट धनमाल र घर मालिकको सूरक्षा गर्दछ । चाणक्य नीतिमा कुकुर धेरै खान सक्ने जनावर भएर पनि थोरै खाएर सन्तुष्टि लिनसक्ने, चिर निन्द्रामा नपरि तुरुन्तै ब्युँझन सक्ने, घ्राणशक्ति तेज भएको, सुरो र अत्यन्तचनाखो प्राणी भनेर उल्लेख गरिएको छ । धार्मिक ग्रन्थहरु अनुसार कुकुर यमराजको द्वारपाल हो । कुकुर तिहारका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नाम गरेका कुकुरले यमलोक जाँदाबाटो छाडिदिने धार्मिक विश्वास रहेको छ । महाभारत पुराणको कथा अनुसार धर्मराज युधिष्ठिरले आफू स्वर्ग जाँदा संगै कुकुरलाई पनि लगेको उल्लेख गरिएको छ ।
कुकुरघरपालुवा आज्ञाकारी, रक्षक एवं गुनिलो जनावर हो । कुकुरले विनासकारी प्राकृतिक प्रकोप तथा दैवीविपत्तिका बेला पुर्वसुचित भई भुकेर त्यसको संकेत गर्न सक्छ भन्ने विश्वास छ ।आधुनिक समयमा कुकुरका बिभिन्न नश्ल र जातहरुको विकास गरी सौखका निमित्त समेत कुकुरपाल्ने चलन बढेको छ । शहर बजारमा महंगा मुल्यमा कुकुरहरु खरिद बिक्री हुने गर्दछन्। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भन्ने विश्वास छ ।
कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, यसलाई घ्राँण शक्तिका कारण अपराध अनुसन्धानमा महत्वपूर्ण साधनका रुपमा प्रयोग गरिन्छ ।सुँध्ने शक्ति अत्याधिक भएका कारण कुकुरले अपराधी पत्ता लगाउन ठुलो मद्दतपुर्याउँदछ । अपराध अनुसन्धानमा संलग्न रहेका तालिमप्राप्त कुकुरको दर्जा अनुसार मर्यादा गरेर पूजा गर्ने र सलामी समेतदिइन्छ ।
कुकुर तिहारमा हरेक नेपालीले आफ्नो घर आगनमा कुकुरलाई टीकातथा विभिन्न खालका माला लगाइदिएर खानेकुरा खान दिई पूजा गर्दछन् । कुकुरको पूजानगरी खाना खाएमा पाप लाग्ने र यमराजको दण्डको भागि हुनुपर्ने शास्त्रीय भनाई रहेकोछ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर इमान्दार र वफादार जनावर भएकोलेकुकुर तिहारका दिन इमान्दारिताको सम्मानस्वरुप यसको पूजा गरिन्छ । यमपञ्चकभरिपशुपंक्षीको सम्मानपूर्वक पूजा गर्नु भनेको प्रकृतिका सबै जीवजन्तुसंग मानव जातिकोसहअस्तित्व रहेको छ भन्ने सन्देश दिनु पनि हो ।
तन्त्र साधनामा कुकुरलाई भयरहित भैरवको बाहनका रुपमा पूजा गरिन्छ । पुराणहरूमा कुकुरलाई दैनिक पूजागर्नुपर्छ भनिए पनि यस्तो गरिंदैन । तर ग्रिस रइजिप्टमा भने अहिलेपनि कुकुरको दैनिकपूजा हुने गरेको अनुसन्धानकर्ताहरुले बताएकाछन् । कुकुर रुनुलाई अनिष्ठको संकेतका रुपमा लिने गरिन्छ । कुकुर रुएमा कसैको मृत्यु हुन्छ भन्ने जनविश्वास छ ।
आजको दिन मासको पातको तरकारी खाने चलन रहेको छ । लिङ्गपुराणअनुसार मासको पातको साग खाँदा मानिसले जीवनकालमा गरेका पापहरु नास हुन्छन्भन्ने जनश्रुति कायमै छ । त्यस्तै पाप नास गर्न तथा नरकलाई खुशी पार्न नरक नुहाउनेचलन पनि छ । यसरी नरक नुहाइसके पछि दीप दान गर्ने तथा आलसको बोट बालेर आगो तापिन्छ। यसोगर्दा पापहरु नास भई मरेपछि स्वर्गको बास हुने विश्वास छ । कुकुर तिहारका दिनबिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शनगर्नु नपर्ने धार्मिक विश्वास छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ।

22/09/2015
16/09/2015

आज वि.सं. २०७२ साल भदौ ३०, सनातन हिन्दुहरूको महान् पर्व तीज। आध्यात्मिक तवरले प्रकृति र पुरुषको मेल गराउनुका साथै पति–पत्नी, माइती–चेली र दिदीबहिनीहरूको सुमधुर सम्बन्ध कायम राख्ने पवित्र सांस्कृतिक पर्व हरितालिका (तीज)का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
हिन्दू नारीहरूले भाद्र शुक्ल द्वीतियादेखि पञ्चमिसम्म लगातार मनाउने महत्त्वपूर्ण चाड हरितालिका तीज हो । हिमालय पर्वतले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसंग गरिदिने भएपछि पार्वतीले आफुले मन पराएका शिवशंकरभोलेनाथ महादेव वर पाउँ भनि जङ्गल गएर तपस्या गर्नथालिन् । पार्वतीले एकसय बर्षसम्म तपस्या गरेपनि तपस्या पुरा नभएपछि उनले शिवलिङ्गको स्थापना गरी पानी समेत नपिईकन निराहार ब्रत बसिन् । उक्त दिन भाद्र शुक्लतृतीया तिथी परेको थियो । पार्वतीको कठोर व्रतका कारण शिवजी प्रकट भई 'चिताएकोपुगोस्' भनी आशिर्वाद प्राप्त भएको र शिवसंगै पार्वतीको विवाह भएकाले उक्त तिथीदेखि हिन्दू नारीहरूले पनि आफ्ना पतिको सुस्वास्थ्य रदिर्घायुको कामना गर्दै यस दिन उत्सवका रूपमा तिजको ब्रत बस्न थालेको पौराणिक कथनरहेको छ ।
महिलाहरु पानी समेत नखाईकनदिनभर ब्रत बस्दछन् । ब्रत बसेका महिलाहरुले नजिकका शिवमन्दिरमा भेला भई दिनभरनाचगान रमाईलो गर्ने गर्दछन् । आज बिहानैदेखी महिलाहरुसौभाग्यसुचक रातो कपडा, धागो, चुरा-पोते, टीका र गरगहनासहित रातो कपडामा पहिरिएर शिव मन्दिरहरुमा पूजा आराधाना गर्नेगर्दछन् ।

15/09/2015

आज २०७२ भदौ २९ गते मंगलबार, राष्ट्रिय बाल दिवस
यस वर्ष "पुननिर्माण र संविधानः बाल अधिकारको संरक्षण हाम्रो अभियान" भन्ने मूल नाराका साथ राष्ट्रियबाल दिवस मनाइदैछ।

13/09/2015

पितृदेवो भवः
आज बुवाको मुख हेर्ने अर्थात् पितृसम्मान दिवसका अवसरमा समस्त सन्ततिका जनक सृष्टिकर्ता,कर्मप्रदायक, संरक्षक तथा दयावान् सम्पूर्ण पिताहरुलाई लाख-लाख प्रणाम। सबै सन्तानहरुलाई माता-पिताप्रतीको कर्तव्य पालना गरी वहाँहरुलाई सधैं खुसी राख्न आग्रह गर्दै सबै पिताहरुलाई वहाँहरुको सुस्वास्थ्य, सदैव सन्तानका साथ अपार खुसी र सुखमय दीर्घजीवनका लागी हार्दिक मंगलमय शुभकामना व्यत्त गर्दछौं।
----------जि.वि.स.बझाङ् परिवार

03/09/2015

आज भदौ १७ बिहिबार बिरूणा पंञ्चमी, बिरूणा भिजाउन्या दिन ।
बिरूणा ( गुँरूस,कलौऊ,मास,गौऊ,गहत ) पाँचवटा गेडागुडीको समिश्रण
आज बाट विधिवत रुपमा सुदुरपश्चिमेलीहरुको महान चाँड गौरा पर्व सुरु भएको छ।
उत्त अवसरमा सम्पूर्ण सुन्दर सुदुरपश्चिमेलीहरुलाई गौरा पर्वको हार्दिक मङ्गलमय शुभकामना।

27/08/2015
04/08/2015
02/08/2015

पेट्रोल, डिजल, मट्टितेल, ग्याँस र हवाई इन्धनको मुल्य घट्यो
Posted: Sunday, Aug 02, 2015
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमै भाउ घटेकाले निगमले, पेट्रोल, डिजेल, मट्टितेल, ग्यास र हवाई इन्धनको मुल्य घटाएको हो ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । मुल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर १ सय ६ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र मट्टितेल लिटरको ८४ रुपैयाँ पर्ने छ ।
यसैगरी खाना पकाउने एलपी ग्यासको मुल्य प्रतिसिलिण्डर ३५ रुपैयाँ घटाएर १ हजार ४ सय ३५ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धनपनि आन्तरिकतर्फ लिटरको १५ रुपैयाँ घटाईएको छ । अब आन्तरिकतर्फ हवाई इन्धनको मुल्य १ सय १८ पर्छ । यस्तै अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिकिलोलिटर ७५ डलर घटेर १३ सय २५ डलर कायम भएको छ । नयाँ मुल्य आइतबार राती १२ बजेपछि लागु हुने छ ।

Address

Bajhang

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97792421057

Alerts

Be the first to know and let us send you an email when DCC Bajhang-जिसस बझाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to DCC Bajhang-जिसस बझाङ:

Share